काठमाडौं । पाल्पा, रैनादेवी छहरा गाउँपालिका-६ धारापानीस्थित सडकमा ग १ ख ४९०२ नम्बरको बस सडकबाट अन्दाजी ४ सय मिटर तल खसेर शुक्रबार दिउँसो दुर्घटना हुँदा बस चालक सोही गाउँपालिका-६ पानीडाँडा बस्ने ४० वर्षीय बेद बहादुर जिसी र बसमा सवार सोही ठाउँ बस्ने होम बहादुर रासकोटीको छोरा ७ वर्षीय अशोक रासकोटीको घटनास्थलमै मृत्यु भएको छ । दुर्घटनामा घाइते भएका बसमा सवार ३ जनाको लुम्बिनी मेडिकल कलेज प्रभाष पाल्पामा र १ जनालाई सोही अस्पताल हुँदै थप उपचरको लागि मेडीकल कलेज भैरहवातर्फ पठाइएको छ ।
पर्सा, वीरगंज महानगरपालिका-१५ बाईपासस्थित ब्रहम चोकमा प्रदेश ३-०१-०२४ च ७९८४ नम्बरको कार र बिआर ०५ एआर ६८९८ नम्बरको मोटरसाइकल शुक्रबार राति एक-आपसमा ठक्कर खाँदा मोटरसाइकल चालक भारत बिहार राज्य पुर्वी चम्पारण रक्सौल मौजे बस्ने २१ वर्षीय नितेश कुमार पासवानको मृत्यु भएको छ । दुर्घटनामा गम्भीर घाइते भएका उनको उपचारको लागि न्यूरो अस्पताल वीरगंजतर्फ लैजाने क्रममा बाटोमै मृत्यु भएको हो । साथै दुर्घटनामा घाइते भएका मोटरसाइकलमा सबार १ जनाको सोही अस्पतालमा उपचार भइरहेको छ । हाल फरार कार चालकको प्रहरीले खोजी गरिरहेको छ ।
सुर्खेत, भेरीगंगा नगरपालिका-१० तालबारीस्थित सडकमा भे.१ त २२३१ नम्बरको ट्याक्टर अनियन्त्रित भई शुक्रबार राति दुर्घटना हुँदा ट्याक्टर चालक सोही नगरपालिका-४ दमारगाउँ बस्ने २७ वर्षीय अतिराम बिकको मृत्यु भएको छ। दुर्घटनामा गम्भीर घाइते भएका उनको कर्णाली प्रदेश अस्पताल कालागाउँ सुर्खेतमा उपचारको क्रममा मृत्यु भएको हो । साथै दुर्घटनामा घाइते भएका ट्याक्टरमा सवार १ जनाको सोही अस्पतालमा उपचार भइरहेको छ ।






























प्रतिक्रिया लेख्नुहोस्:-