पोखरा । पोखरा महानगरपालिकाको मेयरमा राप्रपाबाट राप्रपा कास्की क्षेत्र नं १ का अध्यक्ष तिर्थराज सुवेदीले आकांक्षा देखाएका छन।
राप्रपा बाट सुवेदीको बलियो दाबेदारी देखिएको छ । उनी लगातार तीन कार्यकाल क्षेत्रीय अध्यक्ष हुँदै आएका छन्। बिद्यार्थीकाल बाट राजनीति सुरु गरेका सुवेदी २०६१ मा पृथ्वीनारायण क्याम्पसमा स्वबियु सभापतिमा पनि लडेका थिए।
बिद्यार्थी राजनीति गर्दै क्षेत्रीय अध्यक्ष सम्म भएका सुवेदी केन्द्रिय नेता सम्म पहुँच भएका मानिन्छ । उनको दाबीले अब पार्टीमा अरु नेताले पनि चासोका साथ हेरेका छन।पोखरा एक सुन्दर नगर भए पनि भित्र भित्र धेरै बेथिति र अराजकता रहेको छ ।
त्यसलाई निर्मुल पार्न आफू सक्षम रहेको जानकारी गराए । उनी आफू पार्टीको केन्द्रिय नीति अनुसार भ्रष्टाचार विरुद्धको अभियानलाई सार्थकका साथ अगि लैजानको लागि आफ्नी उम्मेदवारी राखेको कुरा पनि जानकारी गराए ।
राप्रवाट नै यस भन्दा अघि पोखराको मेयरमा राप्रपाबाट रास्ट्रिय प्रजातान्त्रिक युवक संगठनका कास्कीका अध्यक्ष बिजय बहादुर भण्डारीले आकांक्षा देखाइ सेकेका छन ।
पोखरा १४ का भण्डारी भण्डारी राप्रपा कास्कीका प्रख्यात सस्थापक नेता पुर्ब केन्द्रिय सदस्य रोमबहादुर भण्डारीका नाति हुन् ।






























प्रतिक्रिया लेख्नुहोस्:-