पोखरा । गण्डकी प्रदेश सरकारले स्वास्थ्यको क्षेत्रमा ठुलो काम गरिरहेको बताइरहँदा मानसिक रोगिहरुलाई भने अझै निशुल्क औषधीको अभाव हुने गरेको छ ।
मानसिक रोगको उपचारका लागि संरचना र डाक्टरको अभावसंगै सबै जिल्लामा औषधी नपुग्ने समस्या देखिएको छ । शुक्रबार एक अभिमुखि कार्याक्रममा बक्ताहरुले अझैपनि राज्यले मनोसामाजिक र मानसिक रागिका लागि काम गर्न नसकेको गुनासो गरेका छन् ।
राष्ट्रिय मानसिक स्वास्थ्य स्वालम्बन संगठनको सहकार्यमा गण्डकी प्रदेशका सञ्चारकर्मीहरुका लागि मानसिक स्वास्थ्य तथा मनोसामाजिक अपाङ्गता सम्बन्धी अभिमुखीकरण कार्यक्रममा बोल्दै गण्डकी प्रदेश स्वास्थ्य निर्देशनालयका निर्देसक खिम बहादुर खड्काले प्रदेशका सबै जिल्लामा औषधी वितरण गर्न नसकेको बताए । उनले मानसिक रोगको उपचारमा सरकारको आवस्यक ध्यान नपुगेको स्विकार गर्दै आफुले निरन्तर यसका लागि प्रयास गरिरहेको प्रतिक्रिया दिए । ‘अहिले पनि मानसिक विरामीका लागि आवस्यक पर्ने औषधी हामीले सहज रुपमा वितरण गर्न सकिरहेका छैनौ । जुन रुपमा प्रदान गर्नुपर्ने हो त्यो हुन सकिरहेको छैन्’ उनले भने,‘हामी संग निशुल्क वितरण गर्ने औषधी आइसक्यो तर वितरण गर्न सकिएको छैन् । यस्लाई हामी स्थानीय स्वास्थ्य चौकीबाट समेत वितरण गर्ने गरी योजना बनाइरहेका छौँ ।’
उनले जिल्ला अस्पतालबाट मात्रै सेवा प्रदान गर्दै आइरहँदा विरामीले निकै समस्या पाउने गरेको सुनाए । निर्देशक खड्काले गण्डकीका मानसिक रोगिको उपचारमा पनि प्रसस्त डाक्टर नभएको कारण सबै समस्या भएको उनले सुनाए । ‘मैले भरर्खरै ठुलो पुर्वाधार निमार्ण गरेर उपचारका लागि सहज बनाउन सक्छु भनेर झटो भाषण गर्दिन । हामीसंग समस्या धेरैछन् । अहिले भनेको औषधी कसरी विरामीलाई सहज बनाउन सकिन्छ भन्ने नै मुख्य कुरा हो ।’ मानसिक विरामीका लागि परिवार भन्दा ठुलो औषधी केहिपनि नरहेको उनको धारणा थियो । उनले परिवारको साथविना औषधीले मात्रै पनि काम नगर्ने बताए ।
प्रदेश स्वास्थ्य आपुर्ति प्रमुख रोशन न्यौपानेले पछिल्लो समयमा मानसिक रोगि बढिरहेको जानकारी दिए । उनले भएको पुर्वाधार समेत उपचारका लागि उचित नभएको गुनासो गरे ।
राष्ट्रिय मानसिक स्वास्थ्य स्वाबलम्बन संगठनका कार्याकारी निर्देशक मात्रिका प्रसाद देवकोटाले कतिपय ठाउँमा मानसिक रोगिलाई पनि झाँक्रिकोमा लैजाने प्रचलन रहेको बताए । रोगीलाई नेपालमा मानसिक परामर्श दिने प्रचलन कम भएकाले आत्महत्याको घटना बढिरहेको उनले बताए । मानसिक रोगिले आफुमा भएको पिडा अरुलाई नसुनाउदा समस्या थप बढ्ने उनले सुनाए । २० वर्ष अघिको संरचनामा काम गर्दा संरचना अपुग हुनाका साथै ५० प्रतिशत कर्मचारी लिएर काम गर्दा प्रभावकारी हुन कठिन भएको उनको भनाई थियो ।
मनोसामाजिक डाक्टर लिपा विद्याले पोखरा स्वास्थ्य विज्ञान प्रतिठान एउटा कोठामा ५ जना डाक्टरले मानसिक रोगिको उपचार गर्नुपर्ने बाध्यता रहेको सुनाइन । उनले कोठामा पनि अन्य कोठाका होहल्ला आउने र गापनीयताको भंग हुने गरेको कारण उपचारमा पनि समस्या आइरहेको बताइन ।
कोभिडका कारण पनि मानसिक रोगिको संख्या बढ्दै गएको हुनसक्ने उनको अनुमान रहेको छ । आत्महत्या गर्ने मध्ये ९५ प्रतिशत मानसिक रोगि रहेको उनले जानकारी दिइन । मानसिक रोगिले खुलेर आफ्ना समस्या नभन्ने र राम्रो उपचार नपाएका कारण यस्ता समस्या आउनेगरेको विद्याले बताइन ।
आत्महत्या रोकथाम र न्युनिकरणका लागि प्रदेशको हेल्पलाइन १०९२ चौविसै घण्टा खुल्ला रहने छ ।






























प्रतिक्रिया लेख्नुहोस्:-