पोखरा बोल्छ युथ् थिङकर्स सोसाईटी, पोखराको प्रस्तुतिकरणका रुपमा आयोजित कार्यक्रम हो ।
पोखरा बोल्छ कार्यक्रम पोख्रेली युवामाझ वैचारिक सशक्तीकरणको रेखा कोर्दै सभ्य र सम्मुनत समाज निर्माणका लागी युवाहरुको स्वयंसेवी प्रयास हो । यस अन्तरक्रियात्मक कार्यक्रममा वातावरण, युवा तथा महिला सशक्तिकरण, उद्देमशीलता, कला, शिक्षा, साहित्य, राजनीति जस्ता समसामयिक स्थानीय र राष्ट्रिय सवालमा विषयगत ज्ञाता र अध्येतासंग प्यानल छलफल शैलीमा सुन्दर नगरी पोखरामा प्रत्यक्ष संवाद गरिन्छ ।
संघीयता सँगै नेपालमा धेरै आर्थिक, राजनीतिक, शैक्षिक सामाजिक परिवर्तनहरु भए । त्यस सँगै राजनीतिमा महिला नेतृत्वको सवाल पनि सबल बन्दै आयो । कानुनी तहमै महिलालाई ३३ प्रतिशत भनेर संविधानले राष्ट्रिय सभा सहितको संघीय संसदमा हरेक दलबाट गरी महिलाको सहभागिता हुनुपर्ने व्यवस्था गरेको छ । जसमा स्थानीय तह अन्तर्गत ४० प्रतिशत सुनिश्चित गरिएको छ । तर पनि निर्णायक तहमा महिला नेतृत्व यहाँ साह्रै न्युन छ । जुन वर्तमान परिपेक्षमा थप सुद्दढिकरण हुन औचित्यपूर्ण छ ।
यस्तै पूर्वअमेरिकी राष्ट्रपति बाराक ओबामाले सन् २०२१ नजिकिनै लाग्दा सिंगापुरमा भएको एउटा कार्यक्रममा भनेका थिए, ञञ म के कुरामा विश्वस्त छु भने विश्वको प्रत्येक राष्ट्र दुई वर्षसम्म महिलाहरूबाट सञ्चालित हुन सके मानिसको जीवनस्तर र त्यसको प्रतिफलमा महत्त्वपूर्ण सुधार देखिनेछ । त्यसैले पनि राजनीतिमा महिला नेतृत्व ज्यादै महत्वपूर्ण छ ।
पोखरा बोल्छले आफ्नो ४१औं श्रृङ्खलामा यिनै विषयबस्तुमा रहेर छलफल तथा बहस गर्दै छ । कार्यक्रममा वक्ताको रुपमा प्यालनमा : विद्या भट्टराई संघिय सांसद नेकपा एमाले, दुर्गा बि क (केन्द्रिय सदस्य) नेकपा माओवादी केन्द्र , लक्ष्मी क्षेत्री पाण्डे ( महाधिवेशन प्रतिनिधि) नेपाली कांग्रेस केन्द्र, गजकुमारी गुरुङ (केन्द्रिय सदस्य) एकीकृत समाजवादी केन्द्र, बाट सहभागिता जनाउदै हुनुहुन्छ ।
यहि चैत्र २६ गते रिडर्स कर्नर, न्युरोड, पोखरामा संचालन हुन गहिरहेको छ ।






























प्रतिक्रिया लेख्नुहोस्:-