पोखरा २२ । प्रकाश रसाइलीको सब्दमा रहेको ‘‘दुखी जिबन ’’ बोलको लोक दोहोरी गीत बजारमा आएको छ ।
गितमा स्वर रामु बिसि र तेजा रसाइलीको रहेको छ । प्रकाश रसाइली र बिष्णु रसाइलीले गीतमा सब्द भरेका छन । बिष्णु रसाइली र प्रकाश रसाइली दाजु भाइ मिलेर गीतका सब्दलाई अझै मर्मस्पर्शी र मार्मिक गराएका छ दुखी जिबन गीतलाइ संगीत सुरेशरमन अधिकारीले गरेका छन ।
गितको एरेन्ज हेमन्त कान्छा रसाइलीले गरेका छन । धुर्ब हिमाली र जुना गुरुङको अभिनय रहेको छ । बिजय लामाले छायांकन गरेको छन । गितमा निर्देशन र सम्पादन रमेश बि क रसाइली गरेका छन । यो भन्दा अगाडि ‘आँटो ढीडो ’ र ‘कर्मै रुनी छ ’ गीतको सफलतापछी रसाइली दाजु भाइले ‘‘दुखी जिबन’’ बजारमा ल्याएका हुन ।
रसाइलीले नरोउ नरोउ हेर, हाम्रो रगत, अर्कैको नासो, मत तिम्रो फ्यान, काउछो चिलाउनेको हुँदै पछिल्लो समयमा दुखी जिबन बोलका गितमा शब्द कोरेका हुन। प्रकाश रसाइली बिगत ७ बर्ष यता संचार क्षेत्रमा प्रबेशिए सँगै लोकसाँगितिक यात्रामा पाईला चाल्न झनै उत्प्रेरणा जागेको बताउने रसाईलीले अरुले दिएका कथा बस्तुमा सजिलै शब्द उन्दै आएका छन ।






























प्रतिक्रिया लेख्नुहोस्:-