२०८३ साउन २, शनिबार
प्रिती बाट युनिकोड
Gandaki Press
lJMN6.gif
  • गृहपृष्ठ
  • समाचार
  • अपराध
  • समाज
  • राजनिती
  • अर्थ
  • खेलकुद
  • शिक्षा/स्वास्थ्य
  • साहित्य/मनोरञ्जन
  • अन्तर्वार्ता
  • अन्तराष्ट्रिय
  • यस भित्र
    • पर्यटन
    • विचार
    • राशिफल
कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्
  • गृहपृष्ठ
  • समाचार
  • अपराध
  • समाज
  • राजनिती
  • अर्थ
  • खेलकुद
  • शिक्षा/स्वास्थ्य
  • साहित्य/मनोरञ्जन
  • अन्तर्वार्ता
  • अन्तराष्ट्रिय
  • यस भित्र
    • पर्यटन
    • विचार
    • राशिफल
कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्
Gandaki Press
कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्

स्थानीय तहको निर्वाचनमा सक्षम उम्मेद्बार छनोट गर्नुपर्नेमा जोड

गण्डकी प्रेस
चैत्र २२, २०७८ १५:२९ मा प्रकाशित
प्रमुख समाचार, समाचार, समाज
स्थानीय तहको निर्वाचनमा सक्षम उम्मेद्बार छनोट गर्नुपर्नेमा जोड
31
SHARES
Share on FacebookShare on Twitter

पोखरा । शान्तिका लागि नागरिक समाजको सञ्जाल कास्कीले २०७९ बैशाख ३० मा हुने स्थानीय तहको निर्वाचनमा सक्षम उम्मेदबार छनोट गर्नुपर्नेमा जोड दिएका छन् ।
चैत २१ गते पोखरामा पत्रकार सम्मेलनको आयोजना गरी सञ्जालले राजनैतिक दलहरुका लागि १२ बुँदे अपिल जारी गर्दै आसन्न निर्वाचनमा स्वच्छ उम्मेदबारलाई मात्र उठाउन आग्रह गरेको छ ।
पत्रकार सम्मेलनमा बोल्दै गैरसरकारी संस्था महासंघका केन्द्रिय अध्यक्ष रामप्रसाद सुवेदीले कुनैपनि निर्वाचनलाई स्वच्छ,निष्पक्ष र धाँधली रहित वातावरणमा सम्पन्न गर्ने प्रमुख दायित्व राजनीतिक दलहरुकै हुने हुँदा सक्षम र नागरिकहरुले विश्वास गर्ने कुनैपनि कसुर नलागेको, भ्रष्ट आचारण नभएको व्यक्तिहरुलाई उम्मेदवारको रुपमा दलहरुले टिकट दिनुपर्ने विचार व्यक्त गर्नुभयो ।
शान्तिका लागि नागरिक समाजको सञ्जाल कास्कीका संयोजक विना सिलवालले दलहरुले सर्वस्वीकार्य उम्मेदवारलाई छनोट गर्नुपर्ने बताउनुभयो ।
उहाँले स्थानीय तहहरुले नागरिकहरुका आधारभुत आवश्यकताहरुलाई पहिलो प्राथमिकतामा राख्नुपर्नेमा जोड दिनुभयो।
राष्ट्रिय निर्वाचन पर्यवेक्षण समिति गण्डकीका संयोजक तथा शान्तिका लागि नागरिक समाजको सञ्जालका पूर्व संयोजक विष्णु प्रसाद वरालले नागरिक अपिल बाचन गर्दै भ्रष्ट आचरण भएका कुनैपनि व्यक्तिलाई दलहरुले उम्मेद्वार बनाउन नहुने बताउनुभयो ।
निर्वाचनलई स्वच्छ बनाउन दलहरुसंगै नागरिकहरुको भुमिका पनि उत्तिकै महत्वपूर्ण रहने उहाँको भनाई थियो ।
अनौपचारिक क्षेत्र सेवा केन्द्र इन्सेक गण्डकीका संयोजक शिव खकुरेलले निर्वाचनलाई स्वच्छ,निष्पक्ष र धाँधली रहित बनाउन नेपाली कांग्रेस र नेकपा एमालेको पार्टी कार्यालयमा नागरिक अपिल बुझाइसकिएको र अन्य दलहरुलाई पनि बुझाइने जानकारी दिनुभयो ।
उहाँले राजनीतिक दलहरुले मानवअधिकार उल्लंघन घटनाका दोषीहरुलाई कुनैपनि हालतमा उम्मेद्वारको रुपमा अगाडी सार्न नहुने बताउँदै जनप्रतिनिधीहरुले मानवअधिकारका सवालहरुलाई प्राथमिकतामा राख्नुपर्नेमा जोड दिनुभयो।
कार्यक्रममा अधिवक्ता गीरधारी सुवेदी, गैरसरकारी संस्था महासंघ नेपाल गण्डकीका अध्यक्ष गोपाल खड्काले सक्षम र नागरिकप्रति जवाफदेहि भएका योग्य व्यक्तिहरुलाई उम्मेदवार बनाउन राजनीतिक दलहरुलाई आग्रह गर्नुभयो ।
‘पार्टीले उमेदवार छनौट गर्दा आफ्नो दलीय सिद्धान्त, नीति, उपगुट, आर्थिक सहयोग, चन्दा, निर्वाचन खर्च गर्न सक्ने क्षमता तथा जसरी पनि जित्न सक्ने व्यक्तिलाई उमेदवार वनाउने अभ्यास संस्थागत रुपमा स्थापित हुदै जान थालेको छ । धन (पैसा) हुनेले दलहरुवाट उमेदवार वन्न सक्ने, पैसाल नहुने इमान्दार, त्यागी नेता कार्यकर्ता उमेदवारी वितरण गर्ने नेता तथा पदाधिकारीको नजरमा नपर्ने अभ्यास हावी रहेको छ । यस अर्थमा आसन्न निर्वाचनका सम्पुर्ण राजनैतिक दलहरु प्रति स्वच्छ, स्वतन्त्र र निस्पक्ष निर्वाचनका लागि स्वच्छ उमेदवार खडा गर्न अपील गर्दैै निम्न विषयमा ध्यानर्कषण गराउन चाहान्छौ।’, अपिलमा भनिएको छ ।
यस्तै वडा तथा पालिकाहरुका अध्यक्ष, उपाध्यक्ष, मेयर उपमेयर पदमा महिलाहरुलाई कम्तीमा ३३% नघट्ने गरि उमेदवारी कायम गर्न दलहरु सामु जोडद्धार माग गरिएको ।
अपिलमा रायमाझी आयोगले दोषी किटान गरेका तथा विगतमा मानवअधिकार उल्लंघनकर्ता, विभिन्न सामाजिक संघ संस्थाहरुमा रहेर आर्थिक हिनामिना गरी उजुरी परेका व्यक्ति, सार्वजनिक खरिद ऐन नियमावली उल्लंघनकर्ता, फौजदारी मुद्दामा सजाय पाएका व्यक्तिहरुलाई उम्मेदवार नबनाउन आग्रह गरिएको छ ।

सम्बन्धित समाचार

मुस्ताङमा युरेनियम उत्खनन गर्न सम्झौता भएको छैन : परराष्ट्रमन्त्रीको
प्रमुख समाचार

मुस्ताङमा युरेनियम उत्खनन गर्न सम्झौता भएको छैन : परराष्ट्रमन्त्रीको

पोखरा ३२ सार्वजनिक सुनुवाइ सम्पन्न, वडाको मुहार परिर्वतन भएको छ अध्यक्ष: कार्की
प्रमुख समाचार

पोखरा ३२ सार्वजनिक सुनुवाइ सम्पन्न, वडाको मुहार परिर्वतन भएको छ अध्यक्ष: कार्की

निर्वाचन प्रक्रियामाथि प्रश्न उठाउँदै पूजा वास्तोलाद्वारा सर्वोच्च जाने घोषणा
प्रमुख समाचार

निर्वाचन प्रक्रियामाथि प्रश्न उठाउँदै पूजा वास्तोलाद्वारा सर्वोच्च जाने घोषणा

पोखरामा पूर्वीय वाङ्मय ज्योतिष सम्मेलन सम्पन्न
समाचार

पोखरामा पूर्वीय वाङ्मय ज्योतिष सम्मेलन सम्पन्न

रास्वपा गण्डकीको सभापति दौडमा डा. हरि कार्की ?
राजनिती

रास्वपा गण्डकीको सभापति दौडमा डा. हरि कार्की ?

सन्तु हत्या आराेपमा जाेडिए रास्वपा नगर अध्यक्ष श्रेष्ठ
अपराध

सन्तु हत्या आराेपमा जाेडिए रास्वपा नगर अध्यक्ष श्रेष्ठ

प्रतिक्रिया लेख्नुहोस्:-

हाम्रो बारे

'समाजको ऐना, हामी सत्यमा विश्वास गर्छौं।' गण्डकी प्रेस पोखराबाट सञ्चालित अनलाइन न्युज पोर्टल हो । यस न्युज पोर्टल मार्फत हाम्रो समाज हुने गरेका विकृति, विसंगति, सामाजिक विषयवस्तु, विकास एवं विभिन्न घटनाहरुको सम्प्रेषण गर्दै समुदायलाइ सु-सुचित गर्ने हाम्रो उदेश्य हो ।

गण्डकी प्रेस प्रा.लि. द्वारा संचालित
सूचना तथा प्रशारण विभाग दर्ता नं. २६१४/०७७-०७८ 

हाम्रो समूह

समाचार प्रमुख सुरेशराज अधिकारी
कानूनी सल्लाहाकार  बिमल प्र. लामिछाने
सम्पादक  सुशीलराज अधिकारी
संवाददाता  विष्णु प्र. बसौला
बिनिता सुनार
राज कुमार घिमिरे
ऋषि खतिवडा

सामाजिक सञ्जाल

Facebook Twitter Instagram RSS

सम्पर्क

गण्डकी प्रेस प्रा.लि.
पोखरा -०९, कास्की
gndakipress@gmail.com
सम्पर्क : +977 - 9856000233

© 2021 All Right Reserved With Gandaki Press - Designed by MPG Solution.

  • Privacy Policy
  • गण्डकी प्रेस
  • प्रिती बाट युनिकोड
  • राशिफल
  • समाचार
  • सम्पर्क
  • सामाजिक सञ्जाल बाट
  • हाम्रो बारे
  • हाम्रो समूह

कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्
  • गृहपृष्ठ
  • समाचार
  • अपराध
  • समाज
  • राजनिती
  • अर्थ
  • खेलकुद
  • शिक्षा/स्वास्थ्य
  • साहित्य/मनोरञ्जन
  • अन्तर्वार्ता
  • अन्तराष्ट्रिय
  • यस भित्र
    • पर्यटन
    • विचार
    • राशिफल

© 2026All Right Reserved WithGandaki Press - Designed by MPG Solution.

ताजा खबरहरु

मुस्ताङमा युरेनियम उत्खनन गर्न सम्झौता भएको छैन : परराष्ट्रमन्त्रीको

मुस्ताङमा युरेनियम उत्खनन गर्न सम्झौता भएको छैन : परराष्ट्रमन्त्रीको

पोखरा ३२ सार्वजनिक सुनुवाइ सम्पन्न, वडाको मुहार परिर्वतन भएको छ अध्यक्ष: कार्की

पोखरा ३२ सार्वजनिक सुनुवाइ सम्पन्न, वडाको मुहार परिर्वतन भएको छ अध्यक्ष: कार्की

निर्वाचन प्रक्रियामाथि प्रश्न उठाउँदै पूजा वास्तोलाद्वारा सर्वोच्च जाने घोषणा

निर्वाचन प्रक्रियामाथि प्रश्न उठाउँदै पूजा वास्तोलाद्वारा सर्वोच्च जाने घोषणा

पोखरामा पूर्वीय वाङ्मय ज्योतिष सम्मेलन सम्पन्न

पोखरामा पूर्वीय वाङ्मय ज्योतिष सम्मेलन सम्पन्न

रास्वपा गण्डकीको सभापति दौडमा डा. हरि कार्की ?

रास्वपा गण्डकीको सभापति दौडमा डा. हरि कार्की ?

सन्तु हत्या आराेपमा जाेडिए रास्वपा नगर अध्यक्ष श्रेष्ठ

सन्तु हत्या आराेपमा जाेडिए रास्वपा नगर अध्यक्ष श्रेष्ठ

प्रथम महिला फुटसल लिग विवाद सहमतिमा टुंगियो, बौद्ध क्लबले दियो धन्यवाद

प्रथम महिला फुटसल लिग विवाद सहमतिमा टुंगियो, बौद्ध क्लबले दियो धन्यवाद

‘एसईई डान्स र किड्स डान्स च्याम्पियनसिप तथा ‘स्रष्टा सम्मान’ सम्पन्न

‘एसईई डान्स र किड्स डान्स च्याम्पियनसिप तथा ‘स्रष्टा सम्मान’ सम्पन्न

पोखरा महिला फुटसल लिग विवादमा, आयोजकको गम्भिर लापरवाहिले टिमलाई ठूलो मर्का

पोखरा महिला फुटसल लिग विवादमा, आयोजकको गम्भिर लापरवाहिले टिमलाई ठूलो मर्का

चर्चित खबरहरु

४ दिन कैद सजाए भोग्न बाँकी रहेका राई पक्राउ

रसिया पठाइदिन्छु भनी ठगी गर्ने व्यक्ति पक्राउ

बर्डफ्लुका कारण ११ वर्षिया बालकको मृत्यु

पोखरा १९ पुरचौरमा पहिरोमा परि ७ जनाको मुत्यु

सगरमाथा आरोहणका लागि चार सय १४ जनाले अनुमति लिए

सगरमाथा आरोहणका लागि चार सय १४ जनाले अनुमति लिए

४ दिन कैद सजाए भोग्न बाँकी रहेका राई पक्राउ

अवैध लागूऔषध सहित ५ जना पक्राउ

पोखरामा ASEZ द्वारा ‘निलो कार्बन’ संरक्षण अभियान र सरसफाई कार्यक्रम सम्पन्न

पोखरामा ASEZ द्वारा ‘निलो कार्बन’ संरक्षण अभियान र सरसफाई कार्यक्रम सम्पन्न

४ दिन कैद सजाए भोग्न बाँकी रहेका राई पक्राउ

मेयर प्रेमलालको सट्टामा एसईई दिंदै गरेका कमल साह पक्राउ

एमाले नेता प्रदीपको देउवाप्रति खरो प्रहार, पहिले श्री ५ ले अहिले श्रीमान ५ ले प्रधानमन्त्री बनाए

एमाले नेता प्रदीपको देउवाप्रति खरो प्रहार, पहिले श्री ५ ले अहिले श्रीमान ५ ले प्रधानमन्त्री बनाए

२ करोडको लगानीमा पोखरामा क्लासिक चुलो

२ करोडको लगानीमा पोखरामा क्लासिक चुलो

राज्यले सुकुमबासीको समस्या समाधान गर्नुपर्छ : संसद श्रेष्ठ

राज्यले सुकुमबासीको समस्या समाधान गर्नुपर्छ : संसद श्रेष्ठ