पोखरा । कास्की माछापुच्छ्रे गाउँपालिका अध्यक्ष एवं स्थानीय स्काउट संरक्षक कर्ण बहादुर गुरुङ र पालिकाका उपाध्यक्ष एवं स्थानीय स्काउट प्रमुख कृष्ण कुमारी पौडेल दवाडी दिक्षित भएका हुन ।
नेपाल स्काउट राष्ट्रिय तदर्थ समिति सदस्य शिव बहादुर भण्डारी, नेपाल स्काउट गण्डकी प्रदेश तदर्थ समितिका संयोजक आर्शिवाद सुवदी, गाउँपालिकाका वडा अध्यक्षहरुको प्रतिनिधित्व गर्दै ३ का वडाअध्यक्ष सुर्य प्रसाद लम्साल, माछापुच्छे गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत विष्णुप्रसाद पोखरेल, नेपाल स्काउट माछापुच्छ्रे गाउँपालिकाका प्रमुख स्काउट एवं उपाध्यक्ष कृष्ण कुमारी दवाडी, स्थानीय स्काउट संरक्षक एवं पालिकाका अध्यक्ष कर्णबहादुर गुरुङ लगायतले कार्याक्रम भनाइ राख्दै स्काउटको महत्वबारे भनाइ राखेका थिए ।
माछापुच्छ्रे गाउँपालिका स्काउट तदर्थ समितिका संयोजक कानुन लामिछानेको अध्यक्षतामा भएको कार्यक्रम कार्यक्रम संचालन माछापुच्छ्रे गाउँपालिकाका शिक्षा अधिकृत सम्झना पोखरेलले गरेकी थिइन । तथा अन्य सदस्यहरूको उपस्थिति देखिन्थ्यो ।






























प्रतिक्रिया लेख्नुहोस्:-