पोखरा । नेपाली काग्रेसका नेता डा शेखर कोईरालाले स्थानीय तहमा औचित्तता आबश्यकता अनुसार अगाडी बढन कार्यकर्तालाई निर्देशन दिएका छन ।
नेपाली काग्रेस गण्डकी प्रदेशद्धारा पोखरामा सोमवार आयोजित कार्यकर्ता भेटधाट कार्यक्रममा बोल्दै उनले चुनावी तालमेल गर्ने अधिकार प्रदेश, जिल्ला,नगर र वडालाई भएकाले औचित्तता आबश्यकता अनुसार निर्णय लिन कार्यकर्तालाई निर्देशन दिए ।
नेता कोईरालले जथाभावी टिकट वितरण गर्ने होईन सक्षम र योग्य उमेदावरलाई निर्वाचनमा टिकट दिनुपर्छ र प्रदेशले काग्रेसको विधान अनुसार प्रदेश भर समन्वयकारी भूमिका निर्वाहा गर्ने पर्ने बताए ।
काग्रेसका केन्द«ीय सदस्य समेत रहेका कोईरालाले तालमेलका नाममा विगतमा चितवनको भरतपुर महानगरपालीमा जस्तो तालमेल नगर्ने आग्रह गरे । उनले ०७४ को निर्वाचनमा माओवादी सँग गठबन्धन गरेका ठाँउमा काग्रेसले हारेको तर माओवादीलाई काग्रेसले जिताएको यर्थतता कार्यकर्ता माझ प्रस्तुत गरे ।
काग्रेसका केन्द«ीय सदस्य नेता कोईरालाले नयाँ मतदातालाई ,रुख बाहेक अन्य चिन्हमा कसरी मतदान गर्ने लगाउने त्यो कुरा काग्रेसका लागी चुनौती हुदै भएको वताए ।
नेता कोईरालाले भन्नु भने “पहिलो पटक ३६ लाख मतदाताले मत दिँदैछन् ,उनीहरूलाई हसिया हथौडामा भोट हाल भन्यौं भने आमनिर्वाचन र त्यसपछिका चुनावमा रुखमा मत हाल भनेर कसरी भन्ने ? यो गम्भीर विषय हो,’ उनले थपे ‘यो कुरालाई कसरी म्यानेज गर्ने ? तालमेल गर्ने कुरालाई म खराब भन्दिनँ । तर, यो कुरालाई पनि हामीले मध्यनजर गर्नुपर्छ । एकातिर घरघर जाऔं कांग्रेस जिताऔं भनेका छौं । अर्कोतिर माओवादीलाई भोट हाल भनेका छौं । यो त मिलेन,ब्यवस्थापन कसरी गर्ने । ”
यसै गरी काग्रेस केन्द«ीय सदस्य मधु आर्चायले काग्रेसको एजेन्डामा गएर अन्य दलहरुपनि चुनाव लडन तयार हुनु पर्ने बताए ।
काग्रेस गण्डकी प्रदेशका सभापती शुक्रराज शर्माले काग्रेसले स्थानिय तहमा उत्साह दिने किसीमको उमेदवार सिफारीस हुनु पर्ने र त्यस्ताले टिकट पाउनु पर्ने बताए ।
सभापती शर्माले स्थानिय तहमा आबश्यकता अनुरुप मात्र तालमेल हुन सक्ने दावी गरे । नेता शर्माले घोषणा पत्रमा नैतिक शिक्षा,गुणस्तरीय शिक्षा र निशुल्क स्वास्थ्थलाई समेटन जोड दिए । कार्यक्रमा काग्रेस नेता जगदिश नरसिंह केसि,गण्डकी प्रदेशका उपसभापती कल्पना तिवारी, महामन्त्री किरणबाबु क्षेष्ठ लगाएतले स्थानिय तहको निवाचन र तालमेलका बारेमा धारण राखेका थिए ।






























प्रतिक्रिया लेख्नुहोस्:-