काठमाडौं । डोटी, पूर्वीचौकी गाउँपालिका १ दौडिकोटस्थित सडकमा से १ ज ८३९ नम्बरको जिप सडकबाट करिब ६ सय मिटर तल खोलामा खसेर आइतबार साँझ दुर्घटना हुँदा जिपमा सवार २ जनाको घटनास्थलमै मृत्यु भएको छ । मृत्यु हुनेहरुमा सोही गाउँपालिका ३ गैरागाउँ बस्ने २९ वर्षीय खेम बोहरा र ४५ वर्षीय पुरन बोहरा रहेका छन् । साथै दुर्घटनामा घाइते भएका जिपमा सवार अन्य ७ जनाको जिल्ला अस्पताल डोटीमा उपचार भइरहेको छ । जिप चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
मोरङ, बुढिगंगा गाउँपालिका २ टंकिचोकस्थित सडकमा को १७ प ७६७२ नम्बरको मोटरसाइकल आफै अनियन्त्रित भई आइतबार बेलुकी दुर्घटना हुँदा मोटरसाइकल चालक सुनसरी ईटहरी उपमहानगरपालिका १९ खनार बस्ने २२ वर्षीय अनिस कार्कीको मृत्यु भएको छ । दुर्घटनामा गम्भीर घाइते भएका उनको विराट मेडिकल गंगा चोकमा उपचारको क्रममा मृत्यु भएको हो । साथै दुर्घटनामा घाइते भएका अन्य २ जनाको सोही अस्पतालमा उपचार भइरहेको छ ।






























प्रतिक्रिया लेख्नुहोस्:-