पोखरा । मादी गाउँपालिका प्रमुख पदका लागि अटेरी उम्मेदवारी घोषण भएको छ । २४ वर्षिय सुनिल ढकालले अध्यक्ष पदका लागि अटेरी उम्मेदवारी घोषण भएको हो ।
पोखराबाट सुरु भएर देशव्यापी बनेको अटेरी अभियान पोखरा महानगर प्रमुखमा उम्मेदवारी दिएर गनेस पौडेलले सुरुआत गरेका थिए । हाल देशभर २ सय बढीको अटेरी उम्मेदवारी परि सकेको छ ।
कास्की वडा प्रमुखमा उम्मेदवारी परे पनि ४ गाउँपालिकामध्ये मादी गाउँपालिका प्रमुखमा पहिलो उम्मेदवारी घोषण भएको हो । स्थानीय तह दलरहित बनाउनुपर्ने माग सहित सुरुआत भएको यो अभियान अहिले चुनाव लक्षित कार्यक्रममा लागेको छ ।
पोखराका विभिन्न वडामा अभियानका अभियन्ताहरु छलफलका लागि जुटी रहेका छन् । आउँदो २६ गते अटेरी अभियानका अभियन्ताहरुको संयुक्त उम्मेदवारी घोषणा कार्यक्रम रहेको अभियानका निर्वाचन अभियान संयोजक हरि कार्कीले जानकारी दिए ।






























प्रतिक्रिया लेख्नुहोस्:-