काठमाडौं । काठमाडौं महानगरपालिका २७ मांकालस्थित सडकमा बागमती प्रदेश ०३-००१ क ०५५१ नम्बरको ग्याँस बुलेटले बा ६४ प ६३८० नम्बरको मोटरसाइकललाई बिहीबार साँझ ठक्कर दिँदा मोटरसाइकल चालक सोही महानगरपालिका १ बस्ने ६४ वर्षीय गुलाम महमदको मृत्यु भएको छ । दुर्घटनामा गम्भीर घाइते भएका उनको वीर अस्पतालमा उपचारको क्रममा मृत्यु भएको हो । ग्याँस बुलेट चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
पर्सा, पोखरिया नगरपालिका ४ नहर छेउ नजिक सडकमा ना ३ प १०२६ नम्बरको मोटरसाइकल र प्रदेश २-०३-००४ प ७४७६ नम्बरको मोटरसाइकल एकआपसमा ठक्कर खाई बिहीबार बिहान दुर्घटना हुँदा दुवै मोटरसाइकल चालकको घटनास्थलमै मृत्यु भएको छ । साथै दुर्घटनामा घाइते भएका दुवै मोटरसाइकलमा सवार ३ जनाको नारायणी अस्पतालमा उपचार भइरहेको छ ।
सप्तरी, खड्क नगरपालिका ५ रंजितपुरस्थित सडकमा विद्युत कार्यालय बोदेबर्साईनको प्रदेश २-०१-००१ च ०३३४ नम्बरको बोलेरो गाडीलाई ना ७ ख २६५८ नम्बरको टिपरले बिहीबार दिउँसो ठक्कर दिँदा बोलेरोमा सवार विद्युत कार्यालयको कर्मचारी हाल वतन नखुलेका शिवराज यादवको मृत्यु भएको छ । दुर्घटनामा गम्भीर घाइते भएका उनको नोबेल अस्पताल बिराटनगरमा उपचारको क्रममा मृत्यु भएको हो । साथै दुर्घटनामा घाइते भएका अन्य ५ जनाको युनिभर्सल अस्पताल कल्याणपुरमा उपचार भइरहेको छ । टिपर चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
मोरङ, विराटनगर महानगरपालिका १४ स्थित सडकमा हाल नम्बर नखुलेको सवारी साधनको ठक्करबाट पैदलयात्री सोही महानगरपालिका ९ बस्ने ४२ वर्षीय पुष्पराज देउजाको शुक्रबार बिहान मृत्यु भएको छ । ठक्करबाट गम्भीर घाइते भएका उनको कोशी अस्पताल बिराटनगरमा उपचारको क्रममा मृत्यु भएको हो । ठक्कर दिने सवारी साधनको प्रहरीले खोजी गरिरहेको छ ।
रूपन्देही, सिद्धार्थनगर नगरपालिका ९ मिश्रवलीयास्थित सडकमा लु १ च ६७९८ नम्बरको भ्यान आफै अनियन्त्रित भई बिहीबार दिउँसो दुर्घटना हुँदा चालक ओमसतिया गाउँपालिका २ बस्ने ४५ वर्षीय रामशरण भुजको मृत्यु भएको छ । दुर्घटनामा गम्भीर घाइते भएका उनको मेडिकल कलेज भैरहवामा उपचारको क्रममा मृत्यु भएको हो ।
प्युठान, नौबहिनी गाउँपालिका ४ खवाङ कुलेलीस्थित सडकमा लु १ ख ७०२१ नम्बरको बसको ठक्करबाट सोही ठाउँ बस्ने टुकमान पुनको छोरा ८ वर्षीय सरोज पुनको शुक्रबार बिहान मृत्यु भएको छ । ठक्करबाट गम्भीर घाइते भएका उनको जिल्ला अस्पताल बिजुवारमा उपचारको क्रममा मृत्यु भएको हो । बस चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।






























प्रतिक्रिया लेख्नुहोस्:-