काठमाडौं । सर्लाही, पर्सा गाउँपालिका ३ नारायणपुर चोकमा प्रदेश ०३-००१ त २४३९ नम्बरको ट्याक्टरको ठक्करबाट सोही ठाउँ बस्ने जोगिन्द्र साहको छोरा २ वर्षीय रितिक साहको मृत्यु भएको छ । आफ्नै घर अगाडि खेलिरहेको अवस्थामा उक्त ट्याक्टरले ठक्कर दिँदा स्थानीय मेडिकल बौधिमाई पोलि क्लिनिक हुँदै प्रादेशिक अस्पताल मलंगवामा थप उपचारको क्रममा मृत्यु उनको भएको हो । हाल फरार ट्याक्टर चालकको प्रहरीले खोजी गरिरहेको छ ।
रौतहट, चन्द्रपुर नगरपालिका २ स्थित सडकमा हाल नम्बर नखुलेको सवारी साधनको ठक्करबाट हाल हाल नाम, थर वतन नखुलेका पदैलयात्री ६० वर्षीय पुरुषको गएराति मृत्यु भएको छ । ठक्करबाट गम्भीर घाइते भएका उनको बारा निजगढ सामुदायिक अस्पतालमा उपचारको क्रममा मृत्यु भएको हो । हाल फरार ठक्कर दिने सवारी साधनको प्रहरीले खोजी गरिरहेको छ ।






























प्रतिक्रिया लेख्नुहोस्:-