तनहुँ ।
बन्दीपुर गाउँपालिका १ रिमाल्नीस्थित सडकमा ग १ ख ८२०८ नम्बरको ट्रकमा बा ३ क २६९४ नम्बरको ईस्काभेटर ट्रकबाट झार्ने क्रममा करेन्ट लागेर ट्रकका सहचालक ऋषिङ गाउँपालिका ५ सतङ्गु बस्ने २४ वर्षीय सोमबहादुर मगरको सोमबार बिहान मृत्यु भएको छ । करेन्ट लागेर गम्भीर घाइते भएका उनको लक्ष्मी सिटी अस्पताल डुम्रेमा उपचारको क्रममा मृत्यु भएको हो । ट्रक चालकलाई नियन्त्रणमा लिई यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।






























प्रतिक्रिया लेख्नुहोस्:-