पोखरा । नेपाल क्योकुसिन कान कराँते संघ कास्की शाखाको आयोजनमा पेटी परिक्षा आज शनिबार सम्पन्न भएको छ । पोखरा रंगशालमा भएको परिक्षामा पिएन क्याम्पस डोजो, रंगशाला डोजो, लेखनाथ डोजो र बागमारा डोजोका १ सय २० भन्दा धेरै खेलाडीहरु सहभागी भएका थिए ।
सो अवसरमा नेपालमै पहिलो पटक नेपाल क्योकुसिन कान कराँते भित्राउने राजेन्द्र सुबेदी, केन्द्रिय उपाध्यक्ष धनबहादुर तामाङ, कास्की शाखाका सल्लाहाकार दिपक बहादुर गोदार लगातले कार्याक्रममा भनाइ राखेका थिए । नेपाल क्योकुसिन कान कराँते संघ कास्की शाखा अध्यक्ष लक्षुमण कुँवरको अध्यक्षतामा कार्याक्रम सम्पन्न भएको थियो । सेतो बेल्डबाट पहेलोमा जाने, पहेलोबाट वरेन्ज बेल्टमा जाने, वरेन्जबाट हरियो बेल्टमा जाने हरियोबाट निलो बेल्टमा जाने, निलो बेल्टबाट खैरो बेल्टमा जाने र खैरो बेल्टमा क्यू बढाउने खेलाडी सहभागी भएका थिए ।






























प्रतिक्रिया लेख्नुहोस्:-