पोखरा । माओवादी केन्द्र निकट अखिल क्रान्तिकारी विद्यार्थी संगठन पृथ्वी नारायण क्याम्पसले एसिसिको बिरुद्धमा आयोजना गरेको जुलुस सपन्न भएको छ ।
अखिल क्रान्तिकारी विद्यार्थी संगठन पृथ्वीनारायण क्याम्पस, अखिल क्रान्तिकारी विद्यार्थी संगठन कास्की, अखिल क्रान्तिकारी विद्यार्थी संगठन प्राकृतिक स्रोत व्यवस्थापन क्यापस पुरनचौर पृथ्वीनायण क्याम्पस देखी गण्डकी प्रदेश सभाको भवन सम्म जुलुस गरेका थिए ।
जुलुसमा एमसिसि चाहिदैन देश बेच्न पाइदैन, अमेरिकी सामराज्यवाद मुर्दाबाद, हाम्रो देश हामीलाई प्राण भन्दा प्यारो छ, आदेश देउ प्रचण्ड मोर्न मार्न तयार छौ विर सहिद लाम सलाम लयातका नारा लगाएका थिए ।

जुलुसको क्रममा प्रहरी संग सामान्य झडप भएको थियो । झडपको क्रममा विद्यार्थी र केही प्रहरी पनि घाइते भएका छन् । साथै शुक्रबार नै वाइसिइल गण्डकी प्रदेश र अखिल क्रान्तिकारी कास्कीको आयोजना एमसिसिको विरोध सभा भएको थियो ।































प्रतिक्रिया लेख्नुहोस्:-