पोखरा । गण्डकी प्रदेश स्वास्थ्य मन्त्रालयले आइतबारदेखी निशुल्क रक्त सेवा सुरुसंगै स्वास्थ्य नीति सार्वजानिक गरेको छ । मन्त्रालयले आइतबार एक कार्यक्रमकाबीच सार्वजानिक गरेको हो । आइतबारदेखी निशुल्क रगत वितरण समेत सुरु भएको छ । विरामीले रगत किन्नुपर्ने बाध्यतालाई मध्येनजर गर्दै प्रदेश सरकारले नै आवस्यक रकम विनियोजन
कार्यक्रमको सम्बोधन गर्दै मुख्यमन्त्री कृष्णचन्द्र नेपालीले प्रदेश सरकार आएसंगै कार्यान्वयनमा ल्याएको मानव सेवा कोसेढुङ्गा सावित हुने विश्वास रहेको बताए । उनले प्रदेश सरकारको पहिलो घोषणाको रुपमा रहेको पाठेघर र क्यान्सर पिडितको निशुल्क उपचारका लागि भरतपुर क्यान्सर अस्पतालसंग अबको एक हप्ताभित्र समन्वय गरेर कार्यान्वयनमा ल्याउने काम गर्न निर्देशन समेत दिए । उनले सबै प्रक्रिया पुरा भई सकेपनि अस्पतालसंग सम्झौताको काम बाकिँ रहेको बताए ।
स्वास्थ्य मन्त्री मधु अधिकारीले प्रदेश स्वास्थ्य नीतिले आम प्रदेशवासीको हित गर्ने बताइन् । उनले प्रदेशको सबै क्षेत्रमा आधारभुत स्वास्थ्य सेवाको सहज पहुँच पुर्याउन नसकिएको बताइन् । स्वास्थ्य मन्त्रालयका सचिव श्रीराम तिवारीले प्रदेशले एक चिकित्सक एक अस्पताल गर्ने योजना अघि सारेको बताए । उनले प्रदेशले मानविय कामलाई अघि सार्नु ठुलो उपलब्धि रहेको बताए ।


























प्रतिक्रिया लेख्नुहोस्:-