लमजुङ-गण्डकी प्रदेशको लमजुङ्ग जिल्लामा रहेको दूधपोखरी गाउँपालिकाले आगामी चैत्र महिनामा हुन लागेको शिक्षक सेवा आयोग परीक्षालाई लक्षित गरी तयारी कक्षा सञ्चालन गरेको छ । गाउँपालिकाकी अध्यक्ष छुपीमाया गुरुङले शिक्षामा स्थानिय शिक्षकको भूमिका महत्वपूर्ण रहने र बाहिरबाट आउने जाने शिक्षक हुने गरेका जसका कारण शिक्षा क्षेत्र एवं विद्यालयको पठन पाठन समेत प्रभावित भएकाले स्थानीय करार र राहत शिक्षकहरुलाई आयोगमा सफल गराउन यो प्रयास थालिएको जानकारी गराएकी छन् । महिला शिक्षकलाई प्रोत्साहन गर्न महिला लक्षित तयारी कक्षा सञ्चालन गरिएको जसले अस्थायी, करार, राहत शिक्षकहरू विस्तापित नगराई स्थायी सेवामा प्रवेश गराउन सफलता मिल्ने विश्वास व्यक्त गरी गरिएको छ ।
दुधपोखरी गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत रामबहादुर अधिकारीले शिक्षकहरूको सफलताका लागि गाउँपालिकाले महत्वपूर्ण निर्णय गरी कार्यक्रम सञ्चालन गरेकाले पालिकाको अपेक्षा समेत पूरा हुनेगरी तयारीमा लाग्न थप उत्प्रेरणा मिलोस भन्दै सफलताको शुभकामना व्यक्त गरेका थिए ।
शिक्षा शाखा प्रमुख सुशिल नरालले शिक्षाको विकासका लागि शिक्षक स्वयम खटिनुपर्ने र त्यसका लागि शिक्षकको आफ्नै स्थायित्व महत्वपूर्ण हुने भएकाले समय सान्दर्भिक आयोग तयारि महत्वपूर्ण ठानी नेपालकै एक पृथक एवं नमुना कार्यक्रमको रुपमा शिक्षक सेवा आयोग तयारी कक्षा सञ्चालन गरिएकाले यसपालिकामा कार्यरत अस्थायी, करार, राहत करिब ६५ जना शिक्षकहरु प्रत्यक्ष लाभान्वित हुने जानकारी गराएका छन् । शाखा प्रमुख नेपालले गाउँ पालिकामा रहेका ३० वटा विद्यालयहरुमा ६५जना भन्दाबढी करार शिक्षकहरु रहेकाले उनीहरूको सफलताका लागि शुक्रबार र शनिवार प्रत्येक हप्ता कक्ष सञ्चालन गरिने साथै प्रत्येक सहभागीहरुलाई तयारीका लागि पुस्तक समेत प्रदान गरिएको जानकारी गराएका छन् । साथै नेपालमै प्रख्यात प्रशिक्षकहरूद्वारा प्रशिक्षण गराइने समेत जानकारी गराइएको छ ।
माघ २८ र २९ गते संचालित प्रशिक्षण कार्यक्रमको उद्घाटनमा दूधपोखरी गाउँपालिकाका अध्यक्ष छुपीमाया गुरुङ, उपाध्यक्ष कमल प्रसाद धिताल, प्रमुख प्रशासकीय अधिकृत रामबहादुर अधिकारी, वडा नम्बर चारका वडा अध्यक्ष धनप्रसाद गुरुङ्ग समेतको उपस्थिति रहेको थियो भने union एजुकेसनका प्रशिक्षक रमेशबाबु भट्टराई, टच स्काई एजुकेशन नेटवर्कका प्रशिक्षक श्रीकृष्ण आचार्य एवं मिनबहादुर नेपालीले प्रशिक्षण गराएका थिए ।
दुधपोखरी गाउं पालिका शिक्षा शाखाको आयोजनामा ४ दिने गणित शिक्षण सामग्री निर्माण कार्यशाला समेत यसै महिना सम्पन्न गरिएको थियो। शिक्षा क्षेत्रमा भएका यस्ता समसामयिक कार्यक्रमहरु अन्य पालिकाहरुले पनि अनुकरण गर्न योग्य रहेको पाउन सकिन्छ ।




























प्रतिक्रिया लेख्नुहोस्:-