पछिल्लो २४ घण्टामा देशभर थप एक हजार १२८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
देशभरका विभिन्न प्रयोगशालामा २० हजार ९८९ जनाको नमुना परीक्षण गर्दा थप एक हजार १२८ जनामा संक्रमण पुष्टि भएको हो ।
यसैगरी थप १४ जना कोरोना संक्रमितले ज्यान गुमाएका छन् । यससँगै हालसम्म कोरोनाबाट ज्यान गुमाउनेहरूको संख्या ११ हजार ८७८ पुगेको छ ।
पछिल्लो २४ घण्टामा २ हजार २१५ जना संक्रमणमुक्त हुँदा हाल सक्रिय संक्रमितको सङ्ख्या २७ हजार ४४१ रहेको छ । पछिल्लो २४ घण्टामा १ लाख ४५ हजार २६५ डोज खोप लगाइएको छ ।


























प्रतिक्रिया लेख्नुहोस्:-