काठमाडौं । बिहिबार ईलाम, मनाङ, कैलाली, बर्दिया, पाल्पा, झापामा शव भेटिएको छ । ईलाम, माङसेबुङ गाउँपालिका ६ चिसापानी बस्ने ६८ वर्षीय सिद्दिमान राई घर नजिकै बाटोबाट करिब २ सय मिटर मुनी बिहीबार मृत अवस्थामा फेला परेका छन् ।
मनाङ, नासों गाउँपालिका ९ दानक्युस्थित सडकबाट ५० मिटर तल भिरमा सोही गाउँपालिका ८ ताचै बस्ने ६५ वर्षीय रतन घले बिहीबार मृत अवस्थामा फेला परेका छन् ।
कैलाली, गोदावरी नगरपालिका २ अत्तरीया पहाड रोडस्थित होटलको कोठामा अछाम वतन भएका ५५ वर्षीय दीर्ख कठायत बिहीबार मृत अवस्थामा फेला परेका छन् ।
बर्दिया, गुलरिया नगरपालिका ३ बस्ने २२ वर्षीय सुन्दर रैदास आएको भे १ ख ३७०८ नम्बरको बसको सिटमा बिहीबार मृत अवस्थामा फेला परेका छन् । काठमाडौंबाट बर्दियाको लागि आउँदै गरेको उक्त बस गुलरिया नगरपालिका ५ मतङ्गा चोकमा पुगेर यात्रु झार्ने क्रममा उनलाई मृत फेला पारिएको हो ।
पाल्पा, रैनादेबी छहरा गाउँपालिका २ दिग बस्ने ५८ वर्षीय नर बहादुर राना सोही गाउँपालिका आरीमगैरास्थित कच्ची बाटो मुनी रुखको फेदमा बिहीबार मृत अवस्थामा फेला परेका छन् । गत शनिबार स्याङ्जास्थित दिदीको घरबाट आफ्नो घर फर्किएका उनी घरमा नपुगी हराएपछि खोजी गर्नेक्रममा उक्त स्थानमा उनको शव फेला परेको हो ।
झापा, कन्काई नगरपालिका ४ स्थित कोटिहोम संस्थाको आश्रममा बस्दै आएकी यकिन नाम, थर, वतन नखुलेकी करिब ६५ वर्षीया महिला सोही संस्थामा बुधबार मृत अवस्थामा फेला परेकी छन् ।


























प्रतिक्रिया लेख्नुहोस्:-