पोखरा । नेपाल एशोसिएसन अफ टुर एण्ड ट्राभल एजेन्टस (नाट्टा) गण्डकी प्रदेश पोखरासँग आबद्ध सदस्य, कर्मचारी र आश्रित परिवारका सदस्यलाई सर्वसुलभ स्वास्थ्य सेवा प्रदान गर्ने उद्देश्यका दुईवटा स्वास्थ्य संस्थासँग सम्झौता गरिएको छ ।
पोखरा महानगरपालिका वडा नं ९ स्थित मेडिट्रष्ट प्याथोलोजी प्रा.लि. एवम् पोखरा–५ स्थित रिजनल हस्पिटल प्रा.लि. र नाट्टा गण्डकी प्रदेशबीच आज सम्झौतापत्रमा हस्ताक्षर गरिएको हो ।
सम्झौतापत्रमा नाट्टा गण्डकी प्रदेशका अध्यक्ष सञ्जयकान्त सिग्देल र महासचिव कमला गिरी तथा मेडिट्रष्ट प्रा.लि एवम् रिजनल हस्पिटलको तर्फबाट ट्रष्ट एवम् हस्पिटलका अध्यक्ष डा. जगतबहादुर खड्का, प्रबन्ध निर्देशक सुजन पराजुली, व्यवस्थापक अर्जुनप्रसाद शर्मा, सञ्चालक समिति सदस्य चन्द्रकान्त पौडेलले हस्ताक्षर गर्नु भएको हो ।
सम्झौतासँगै नाट्टा गण्डकीमा आवद्ध १८१ संस्थाका सदस्य, कर्मचारी र आश्रित परिवारका झण्डै एक हजार भन्दा बढी व्यक्तिहरू लाभान्वित बन्ने अध्यक्ष सञ्जयकान्त सिग्देलले जानकारी दिनुभयो ।
कार्यक्रममा नाट्टा गण्डकी प्रदेशका कार्यसमितिका पदाधिकारी, पूर्व अध्यक्ष परिषद्का संयोजक ओमप्रकाश पाण्डे, निवर्तमान अध्यक्ष सन्तोष पोखरेल, मेडिट्रष्ट प्याथोलोजि र रिजनल हस्पिटल सञ्चालक समितिका पदाधिकारी एवम् सदस्यहरूको उपस्थिति थियो । स्वास्थ्य परीक्षण गराउँदा विभिन्न शीर्षकमा छुट दिइने सम्झौतापत्रमा उल्लेख छ ।
'समाजको ऐना, हामी सत्यमा विश्वास गर्छौं।' गण्डकी प्रेस पोखराबाट सञ्चालित अनलाइन न्युज पोर्टल हो । यस न्युज पोर्टल मार्फत हाम्रो समाज हुने गरेका विकृति, विसंगति, सामाजिक विषयवस्तु, विकास एवं विभिन्न घटनाहरुको सम्प्रेषण गर्दै समुदायलाइ सु-सुचित गर्ने हाम्रो उदेश्य हो ।
गण्डकी प्रेस प्रा.लि. द्वारा संचालित
सूचना तथा प्रशारण विभाग दर्ता नं. २६१४/०७७-०७८


























प्रतिक्रिया लेख्नुहोस्:-