पोखरा । गण्डकी प्रदेश अन्र्तरगतको गण्डकी विश्रविद्यालयमा कक्षा १२ पछी ५ वर्षे कानून बि.ए.एल.एल.बि. र ४ वर्षे बि.बि.ए.विषय पढाई सुरु हुने भएको छ ।
यस वर्ष देखी नयाँ कक्षा संचालन गर्न लागिएको विश्रविद्यालयका डिन डा. कपिल अधिकारीले जानकारी दिए । ५ वर्षे बि.ए.एल.एल.बि. १० सेमेस्टरमा पढाइ हुने छ । बि.ए.एल.एल.बि.का लागि १२ कक्षामा सि प्लस ग्रेड ल्याएका जुन सुकै विषयबाट उत्तिण गरेका विद्यार्थिले प्रवेश परिक्षाको आवेदन दिन पाउने छन् ।
दुवै संकायलमा ४० जना सिट संख्या तोकिएको अधिकारीले जानकारी दिएका छन् । प्रवेश परिक्षाको लागि माघ २१ गते शुक्रबार देखी फागुन १३ गते सम्मको लागि आवेदन खुल्ला गरेको छ ।
विश्रविद्यालयले यस भन्दा अघि बि.आइटी, ब्याचलर इन स्पोर्टस् मेनेजमेन्ट, ब्याचलर इन फार्मेसी लायतका विषयमा अध्यापन गराउदै आएको छ ।
'समाजको ऐना, हामी सत्यमा विश्वास गर्छौं।' गण्डकी प्रेस पोखराबाट सञ्चालित अनलाइन न्युज पोर्टल हो । यस न्युज पोर्टल मार्फत हाम्रो समाज हुने गरेका विकृति, विसंगति, सामाजिक विषयवस्तु, विकास एवं विभिन्न घटनाहरुको सम्प्रेषण गर्दै समुदायलाइ सु-सुचित गर्ने हाम्रो उदेश्य हो ।
गण्डकी प्रेस प्रा.लि. द्वारा संचालित
सूचना तथा प्रशारण विभाग दर्ता नं. २६१४/०७७-०७८




























प्रतिक्रिया लेख्नुहोस्:-