काठमाडौँ — प्रहरी चेकजाँचको क्रममा आफूलाई प्रहरी सहायक निरीक्षक (असई) भनी छलछाम गर्ने एक व्यक्ति पक्राउ परेका छन् ।
प्रहरीका अनुसार बुधबार काठमाडौं महानगर–२८ भद्रकालीमा चेकजाँचका क्रममा आफू असई हुँ भनी बताउने भक्तपुर सूर्यविनायक नगरपालिका–८ डोलेश्वरका २६ वर्षीय सोनाम तामाङ पक्राउ परेका हुन् ।
उनको साथमा प्रहरी पोशाक र दर्ज्यानी समेत लगाएको ८ वटा पासपोर्ट साइजको फोटोसमेत फेला परेको काठमाडौं प्रहरी प्रवक्ता एसपी दिनेशराज मैनालीले बताए । थप अनुसन्धानका लागि तामाङलाई महानगरीय प्रहरी वृत्त सिंहदरबार पठाइएको प्रहरीले जनाएको छ । असईको आवरणमा ठगी गरेको वा धन्धा चलाएको हुनसक्ने प्रहरीको आशंका छ । यद्यपि यसबारे कुनै विवरण सार्वजनिक भएको छैन ।


























प्रतिक्रिया लेख्नुहोस्:-