काठमाडौं । भक्तपुर जिल्ला प्रशासन कार्यालयले कोरोना संक्रमित भएको बेला सार्वजनिक कार्यक्रममा सहभागी भएका पूर्वप्रधानमन्त्री तथा नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीविरूद्ध उजुरी दर्ता गरेको छ।
यसअघि आइतबार उनीबिरुद्ध आएको उजुरी प्रजिअ कार्यालयमा नभएको भन्दै दर्ता गरिएको थिएन। सहायक प्रजिअ सीता परियारका अनुसार संक्रामक ऐन २०२० अनुसार पूर्वप्रधानमन्त्री ओलीलाई कारबाही गर्न माग गर्दै उजुरी आएको हो।
गत माघ ९ गते कोभिड संक्रमित भएका थिए ओली । एमालेको भ्रातृ संगठन युवा संघले बुधबार माघ १२ गते आयोजना गरेको रक्तदान कार्यक्रममा कोरोना संक्रमित ओली पुगेका थिए । युवा संघले भक्तपुर बालकोटस्थित ओलीको निवास नजिकै रक्तदान कार्यक्रम आयोजना गरेको थियो । कोभिड संक्रमित भएका बेला कम्तीमा पाँच दिनसम्म आइसोलेसनमा बस्न सरकारले निर्देशन दिएको छ। सरकारको निर्देशनको अवज्ञा गर्दै पूर्वप्रधानमन्त्री ओली कोभिड संक्रमित हुँदाहुँदै कार्यक्रममा सहभागी भएको भिडियो सार्वजनिक भएको थियो।


























प्रतिक्रिया लेख्नुहोस्:-