पृथ्वीनारायण क्याम्पस पोखरामा गत वर्ष झैँ यस वर्ष पनि अमेरिकी एक मिलियन डलरको ग्लोबल स्टार्टअप पुरस्कार राषी बोकेको (हल्ट प्राइज) को नयाँ संस्करण २०२१/२०२२ – HULT PRIZE At PNC 2021/2022 हुने भएको छ ।
हल्ट प्राइज विद्यार्थीहरूको नोबल पुरस्कार उपनामले पनि प्रख्यात छ । हल्ट प्राइज फाउन्डेसनका संस्थापक अहमद अस्कर हुनुहुन्छ भने प्रयोजक बटृन हल्ट छन् । क्याम्पस डाइरेक्टर दिपिका पराजुली र डिपुटी क्याम्पस डाइरेक्टरमा रसिक न्यौपाने र प्रचण्ड शक्ति गुरुङ लगायतको २३ सदस्यीय आयोजक समिती गठन भएको छ ।
हरेक वर्ष विभिन्न विश्वव्यापी चुनौतीहरु जस्तै खाद्य सुरक्षा, पानी पहुँच, ऊर्जा, शिक्षा जस्ता विषयहरू वरिपरि दबाबपूर्ण सामाजिक समस्या समाधान र न्यूनिकरण गर्नको लागि विश्वविद्यालय स्तरका विद्यार्थीहरूको नविनतम उद्घमशिल विचारलाई विश्वव्यापी रुपमा प्रतिस्पर्धा गराइ उनिहरुको उत्कृष्ट बिचारमार्फत सामाजिक उद्घमशिलताको वातावरण सृजना गर्नु नै यस कार्यक्रमको उद्देश्य रहेको छ ।
विश्वका १२५ बढी देशमा हुने यस प्रतियोगितामा ३५०० बढी विश्वविद्यालय तथा क्याम्पसहरु आवद्ध रहने छन । विल क्लिन्टन फाउन्डेसन द्वारा सन् २००९ देखि सुरु भएको यस प्रतियोगिताका लागि यो वर्षको चुनौतीका रुपमा कोभिड १९ को प्रभावका कारण रोजगारी गुमेका र अर्थतन्त्र नै डामाडोल एवम् भताभुङ्ग भएको बेला कसरी भरपर्दो रोजगारी सिर्जना गरि, जिवनस्तर उकासी एउटा बलियो जगको निमार्ण गरि खस्किएको अर्थतन्त्रलाई एकढिक्का बनाइ सन् २०२४ सम्ममा कम्तीमा २००० जनालाई रोजगारी सिर्जना गर्नु रहेको छ ।
गत वर्ष हल्ट प्राइज पृथ्वीनारायण क्याम्पसको प्रवर्द्धकको रुपमा आफ्नो जिम्मेवारी समाल्नु भएकी पराजुलीले यस वर्ष थप जिम्मेवारी सहित क्याम्पस डाइरेक्टरमा आफुलाइ स्थापित गर्नु भएको छ । क्याम्पसको यस वर्षको लागी आयोजक समितिमा रहनुभएका सम्पुर्ण सदस्यहरुलाई आफ्नो जिम्मेवारीहरुलाई नजिकबाट निगाली तोकेको मिति भन्दा ढिलासुस्ती नहुने । आफ्नो काम कदमहरु चालन निर्देशन दिनुभएको छ । उहाँले केही समयपछि निर्णायक मण्डलमा पाल्नुहुने निर्णायकहरुले निस्पक्ष ढ्ङ्ग्ले र कुनै पुरवाग्रह नराखी आफ्नो दायित्व पूरा गर्ने र आफुले जिम्मेवारी बहन गर्दै गर्दा कहि कतै गल्तीहरु नछाड्ने प्रतिवधत्ता पनि जिकिर गर्नुभएको छ ।


























प्रतिक्रिया लेख्नुहोस्:-