२०८३ कार्तिक २१, शुक्रबार
प्रिती बाट युनिकोड
Gandaki Press
lJMN6.gif
  • गृहपृष्ठ
  • समाचार
  • अपराध
  • समाज
  • राजनिती
  • अर्थ
  • खेलकुद
  • शिक्षा/स्वास्थ्य
  • साहित्य/मनोरञ्जन
  • अन्तर्वार्ता
  • अन्तराष्ट्रिय
  • यस भित्र
    • पर्यटन
    • विचार
    • राशिफल
कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्
  • गृहपृष्ठ
  • समाचार
  • अपराध
  • समाज
  • राजनिती
  • अर्थ
  • खेलकुद
  • शिक्षा/स्वास्थ्य
  • साहित्य/मनोरञ्जन
  • अन्तर्वार्ता
  • अन्तराष्ट्रिय
  • यस भित्र
    • पर्यटन
    • विचार
    • राशिफल
कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्
Gandaki Press
कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्

सेनाको ‘क्याप्टेन हुँ’ भन्दै, किसान दुई करोड रुपैयाँभन्दा धेरै ठगी

गण्डकी प्रेस
माघ १२, २०७८ ०९:२७ मा प्रकाशित
अपराध, समाचार, समाज
इँटा प्रहार गरी गम्भीर घाइते बनाउने पक्राउ

Man in prison hands of behind hold Steel cage jail bars. offender criminal locked in jail.

9
SHARES
Share on FacebookShare on Twitter


सेनाको ‘क्याप्टेन हुँ’ भन्दै किसानसँग खसी ठगी गर्ने सोलुखुम्बु लिखुपिके– २ का २८ वर्षीय दिपेश बस्नेत पक्राउ परेका छन् । उनलाई अहिले महानगरीय प्रहरी वृत्त बालाजुको हिरासत कक्षमा राखिएको छ ।

सेनाको विभिन्न ब्यारेकमा आवश्यक परेको भन्दै उनले किसानसँग उन्नत जातको खसी मगाउँथे । बदलामा किसानलाई रकम नभएको चेक थमाउँथे । अनि आफू सम्पर्कविहीन बन्थे । पीडितका अनुसार उनले दुई सय ४१ भन्दा धेरै किसानसँग दुई करोड रुपैयाँभन्दा धेरै मूल्यबराबरको खसी ठगी गरेको खुलेको छ ।

खसी दिएर दुई लाख २८ हजार गुमाएका कालिकोट सानी त्रिवेणीका मदन साउदले भने, ‘सेनाको ब्यारेकमा हिमाली खसी आवश्यक परेको भन्यो । परिचय माग्दा सेनाको क्याप्टेन हुँ भन्थ्यो । गाउँबाट खसी खोजेर काठमाडौं ल्याएँ । उसलाई दिएँ । चेक दियो, तर कहीँ साटिएन । दुई लाख २८ हजार ठगिएँँ । मजस्तै अन्य दुई सय ४१ जना किसानबाट यसले दुई करोड रुपैयाँभन्दा धेरै ठगेका सूचना पाएको छु ।’

कालिकोट तिलगुफा– २ का भीमबहादुर बोहरासँग दिपेशले २६ वटा हिमाली खसी मगाए । भीमबहादुरले गाउँभरको खसी जम्मा गरेर काठमाडौं ल्याए । बाफलचोक आइपुगेपछि खसी बुझे । ब्यारेकको लेखा अधिकृत भन्दै विश्वास तामाङको नाममा रहेको रकम नभएको चेक काटे । भीमबहादुरलाई चेक दिए । अनि खसी लिएर सम्पर्कविहीन बने ।

१२ लाख ८६ हजार ठगीमा परेका भीमबहादुरले नयाँ पत्रिकासँग भने, ‘सेनाको क्याप्टेन हुँ भन्थ्यो । बालुवाटारस्थित ब्यारेकमा खसी आवश्यक परेको भन्यो । मैले गाउँबाट खसी ल्याएँ । बाफलचोकमा आइपुगेपछि उसलाई बोलाएँ । खसी दिएँ । मलाई अर्कैको नामको चेक दियो । तर, चेक अझैसम्म साटिएको छैन ।’

नुवाकोट ककनीका गणेश घिमिरेसँग दिपेशले तीनवटा खसी ठगी गरेका छन् । उनलाई पनि सेनाको ब्यारेकमा आवश्यक परेको भन्दै खसी मागे । घरमै उनले खसी पालेका थिए । तीनवटा खसी लगेर उनले दिपेशलाई दिए । बदलामा चेक बुझे । जब साट्न बैंक पुगे, खातामा रकम नभएको तथ्य बल्ल थाहा पाए ।

झन्डै वर्ष दिनअघि काटिएको ६८ हजार ६ सयको चेक देखाउँदै उनले भने, ‘घरमै पालेको थिएँ खसी । सेनाको क्याप्टेन हुँ भन्दै सम्पर्कमा आयो । खसी आवश्यक परेको भन्यो । मैले लगेर दिएँ । क्यासको सट्टा चेक दियो । मैले बुझेँ । तर, बैंकमा साटिएन । रकम थोरै भएको हुँदा मैले फलो गरिनँ । तर, यसले मजस्तै धेरै किसानबाट करोडौँ रुपैयाँ मूल्यबराबरको खसी ठगेको मैले सूचना पाएको छु ।’

भक्तपुर बस्ने बर्दियाका सन्तोष गिरीसँग पनि उनले एक लाख ५२ हजार मूल्यबराबरको खसी ठगी गरेका छन् । उनलाई पनि सेनाको ‘क्याप्टेन हुँ’ भन्दै दिपेशले खसी मगाएका थिए । बदलामा रकम नभएको अरूकै नामको चेक दिएका थिए । त्यसपछि सम्पर्कविहीन बनेका थिए ।

नयाँ पत्रिकासँगको संवादमा गिरीले भने, ‘सेनाको क्याप्टेन हुँ भन्यो । ब्यारेकमा खसी आवश्यक परेको भनेपछि मैले बर्दियाबाट खसी ल्याएर दिएँ । चेक दियो । तर, उक्त चेक अझै साटिएको छैन ।’

प्रहरीमा मात्रै २० किसानको उजुरी

सेनाका ब्यारेकमा खसी आवश्यक परेको भन्दै नेपाल प्रहरीको महानगरीय अपराध महाशाखामा मात्रै २० किसानको उजुरी परेको छ । सोही उजुरीका आधारमा महाशाखाको टोलीले महिना दिनअघि उनलाई काठमाडौंबाट पक्राउ गरेको थियो । महानगरीय प्रहरी वृत्त नयाँ बानेश्वर वृत्तको हिरासतमा राखिएका उनलाई काठमाडौं जिल्ला अदालतले धरौटीबापतको रकम तिर्न नसकेपछि पुर्पक्षका लागि केन्द्रीय कारागारमा पठाएको थियो । धरौटी रकम तिरेपछि उनी लगत्तै छुटेका थिए । पुन: ठगी गरेको उजुरी बढ्न थालेपछि उनलाई बालाजु वृत्तले केही दिनअघि पक्राउ गरेको थियो ।

महाशाखा प्रमुख एसएसपी वसन्त कुँवरले भने, ‘यसले धेरै किसानसँग खसी ठगेको उजुरी परेको छ । अनुसन्धानपछि हामीले त्यसलाई पक्राउ गर्‍यौँ । अदालतको आदेशपछि जेल गएको थियो । धरौटी तिरेर छुटेछ । यसविरुद्ध ठगीका उजुरी आउन थालेपछि पुन: पक्राउ परेको सूचना छ ।’

प्रहरीका अनुसार दिपेश सेनाका कारबाहीप्राप्त सिपाही हुन् । सेनामा भर्ना गरिदिने भन्दै सर्वसाधारणसँग रकम उठाउन थालेपछि सेनाले उनलाई कारबाही गरेको थियो । त्यसपछि उनी ठगी धन्दामा सक्रिय भएको प्रहरीको भनाइ छ । कतिपय किसानको गोठ नै रित्याएको महाशाखाका प्रवक्ता एसपी कृष्ण कोइरालाले बताए । उनले भने, ‘बदमासी गरेपछि सेनाले यसलाई पहिले नै कारबाही गरेर निकालेको रहेछ । त्यसपछि खसी ठगी धन्दामा लागेको देखिन्छ । यस क्रममा कतिपय किसानको त गोठ नै रित्याएको सूचना आएको छ । अनुसन्धान हुँदै छ । नयाँ तथ्य खुल्दै जाला ।’

पछिल्लोपटक भने दिपेशलाई बैंकिङ कसुरमा प्रहरीले पक्राउ गरेको छ । आठ लाख रुपैयाँ मूल्यबराबरको चेक बाउन्स भएपछि उनलाई बालाजु वृत्तले सात दिनअघि पक्राउ गरेको थियो । उक्त चेक पनि खसी ठगीमा परेका किसानहरूकै रहेको प्रहरीले जानकारी दिएको छ ।

बालाजु वृत्त प्रमुख डिएसपी गौतम मिश्रले भने, ‘दिपेशलाई बैंकिङ कसुरअन्तर्गत पक्राउ गरिएको छ । काटेको चेक बाउन्स भएको रहेछ । उजुरी परेपछि हामीले पक्राउ गरेका हौँ । यसले धेरै किसानलाई खसी ठगी गरेको सूचना आएको छ । त्यसतर्फ पनि हामी अनुसन्धान गर्दैै छौँ ।’

सम्बन्धित समाचार

लेखनाथको पर्यटन विकासमा पूर्वाधार, संरक्षण र स्थानीय अर्थतन्त्रलाई जोड दिनुपर्ने
अर्थ

लेखनाथको पर्यटन विकासमा पूर्वाधार, संरक्षण र स्थानीय अर्थतन्त्रलाई जोड दिनुपर्ने

२ राउण्ड हवाई फायर गरि २०९ किलो गाँजासहित ५ पक्राउ
अपराध

२ राउण्ड हवाई फायर गरि २०९ किलो गाँजासहित ५ पक्राउ

चोरीको रकम चिहानघाटमा लुकाउने पक्राउ
अपराध

चोरीको रकम चिहानघाटमा लुकाउने पक्राउ

साल नालसहित ट्वाइलेटमा शिशु फाली फरार आमा पक्राउ
अपराध

साल नालसहित ट्वाइलेटमा शिशु फाली फरार आमा पक्राउ

मौरीको पोलमा लातिले हान्दा विवाद, संगै मापसे इगोले लियो ज्यान
अपराध

मौरीको पोलमा लातिले हान्दा विवाद, संगै मापसे इगोले लियो ज्यान

बेगनास तालमा फिस फेस्टिभल सुरु
पर्यटन

बेगनास तालमा फिस फेस्टिभल सुरु

प्रतिक्रिया लेख्नुहोस्:-





हाम्रो बारे

'समाजको ऐना, हामी सत्यमा विश्वास गर्छौं।' गण्डकी प्रेस पोखराबाट सञ्चालित अनलाइन न्युज पोर्टल हो । यस न्युज पोर्टल मार्फत हाम्रो समाज हुने गरेका विकृति, विसंगति, सामाजिक विषयवस्तु, विकास एवं विभिन्न घटनाहरुको सम्प्रेषण गर्दै समुदायलाइ सु-सुचित गर्ने हाम्रो उदेश्य हो ।

गण्डकी प्रेस प्रा.लि. द्वारा संचालित
सूचना तथा प्रशारण विभाग दर्ता नं. २६१४/०७७-०७८ 

हाम्रो समूह

समाचार प्रमुख सुरेशराज अधिकारी
कानूनी सल्लाहाकार  बिमल प्र. लामिछाने
सम्पादक  सुशीलराज अधिकारी
संवाददाता  विष्णु प्र. बसौला
बिनिता सुनार
राज कुमार घिमिरे
ऋषि खतिवडा

सामाजिक सञ्जाल

Facebook Twitter Instagram RSS

सम्पर्क

गण्डकी प्रेस प्रा.लि.
पोखरा -०९, कास्की
gndakipress@gmail.com
सम्पर्क : +977 - 9856000233

© 2021 All Right Reserved With Gandaki Press - Designed by MPG Solution.

  • Privacy Policy
  • गण्डकी प्रेस
  • प्रिती बाट युनिकोड
  • राशिफल
  • समाचार
  • सम्पर्क
  • सामाजिक सञ्जाल बाट
  • हाम्रो बारे
  • हाम्रो समूह

कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्
  • गृहपृष्ठ
  • समाचार
  • अपराध
  • समाज
  • राजनिती
  • अर्थ
  • खेलकुद
  • शिक्षा/स्वास्थ्य
  • साहित्य/मनोरञ्जन
  • अन्तर्वार्ता
  • अन्तराष्ट्रिय
  • यस भित्र
    • पर्यटन
    • विचार
    • राशिफल

© 2026All Right Reserved WithGandaki Press - Designed by MPG Solution.

ताजा खबरहरु

लेखनाथको पर्यटन विकासमा पूर्वाधार, संरक्षण र स्थानीय अर्थतन्त्रलाई जोड दिनुपर्ने

लेखनाथको पर्यटन विकासमा पूर्वाधार, संरक्षण र स्थानीय अर्थतन्त्रलाई जोड दिनुपर्ने

२ राउण्ड हवाई फायर गरि २०९ किलो गाँजासहित ५ पक्राउ

२ राउण्ड हवाई फायर गरि २०९ किलो गाँजासहित ५ पक्राउ

चोरीको रकम चिहानघाटमा लुकाउने पक्राउ

चोरीको रकम चिहानघाटमा लुकाउने पक्राउ

साल नालसहित ट्वाइलेटमा शिशु फाली फरार आमा पक्राउ

साल नालसहित ट्वाइलेटमा शिशु फाली फरार आमा पक्राउ

मौरीको पोलमा लातिले हान्दा विवाद, संगै मापसे इगोले लियो ज्यान

मौरीको पोलमा लातिले हान्दा विवाद, संगै मापसे इगोले लियो ज्यान

बेगनास तालमा फिस फेस्टिभल सुरु

बेगनास तालमा फिस फेस्टिभल सुरु

अकल्पनीय दुर्घटनाले उब्जिएको प्रश्न कहाँ गयो महानगरको कागजी मापदण्ड ?

ओख्ले बस दुर्घटना थप एक विद्यार्थीको मृत्यु

कारागारबाट फरार कैदी  होटलमा लुकेर बसेको अवस्थामा पक्राउ

कारागारबाट फरार कैदी  होटलमा लुकेर बसेको अवस्थामा पक्राउ

पोखरामा मोटरसाइकल पड्काउँदै भाग्ने युवा पक्राउ

पोखरामा मोटरसाइकल पड्काउँदै भाग्ने युवा पक्राउ

चर्चित खबरहरु

मौरीको पोलमा लातिले हान्दा विवाद, संगै मापसे इगोले लियो ज्यान

मौरीको पोलमा लातिले हान्दा विवाद, संगै मापसे इगोले लियो ज्यान

साल नालसहित ट्वाइलेटमा शिशु फाली फरार आमा पक्राउ

साल नालसहित ट्वाइलेटमा शिशु फाली फरार आमा पक्राउ

कास्कीको मर्दी खोलाले खतराको तह नाघ्यो

कास्कीको मर्दी खोलाले खतराको तह नाघ्यो

बेगनास तालमा फिस फेस्टिभल सुरु

बेगनास तालमा फिस फेस्टिभल सुरु

चोरीको रकम चिहानघाटमा लुकाउने पक्राउ

चोरीको रकम चिहानघाटमा लुकाउने पक्राउ

२ राउण्ड हवाई फायर गरि २०९ किलो गाँजासहित ५ पक्राउ

२ राउण्ड हवाई फायर गरि २०९ किलो गाँजासहित ५ पक्राउ

पोखरामा होटल संचालकको रहस्यमय मृत्यु, नजिकै रहेको होटलमा किन पुगे ग्राहक बनेर

पोखरामा होटल संचालकको रहस्यमय मृत्यु, नजिकै रहेको होटलमा किन पुगे ग्राहक बनेर

धनगढी उपमहानगरपालिकामा पनि बदर मत धेरै

पाेखरा महानगर ५० हजार मत गणना काे अगाडि काे पछाडि

Privity of Contract and its Specifications with Reference to Nepal

Socialist Legal System: An Assessment of Theory and Practice With Special Reference to Nepal