काठमाडौं । राष्ट्रियसभा सदस्यको १९ सिटका लागि आज बुधबार निर्वाचन हुँदै छ । कोरोना संक्रमणको उच्च जोखिमलाई ध्यानमा राखी स्वास्थ्य सुरक्षा मापदण्ड पालना गराउँदै सातवटै प्रदेशको राजधानीमा तोकिएको मतदानस्थलमा आज बिहान ९ बजेदेखि अपराह्न ३ बजेसम्म निर्वाचन हुने निर्वाचन आयोगले जनाएको छ ।
प्रदेश १ बाट तीन, मधेस प्रदेशबाट दुई, वागमतीबाट दुई, गण्डकीबाट तीन, लुम्बिनीबाट तीन, कर्णालीबाट तीन र सुदूरपश्चिम प्रदेशमबाट तीनजना निर्वाचित हुनेछन् । त्यसका लागि नौ राजनीतिक दलबाट ४३ जना उम्मेदवार प्रतिस्पर्धामा रहेका छन् ।
उक्त सिटका लागि प्रमुख प्रतिपक्ष दल नेपाल कम्युनिस्ट पार्टी ९एमाले० ले एक्लै प्रतिस्पर्धा गर्नेछ भने सत्ता गठबन्धनमा रहेका दलले भने आपसमा भागबण्डा गरेका छन् । जसअनुसार कांग्रेसले ६, माओवादी केन्द्र र एकीकृत समाजवादीले ५/५, जनता समाजवादीले २ र जनमोर्चाले एक सिटमा प्रतिस्पर्धा गर्नेछन् ।
निर्वाचनका लागि प्रदेशसभा सदस्य तथा पालिका प्रमुख र उपप्रमुख गरी २ हजार २५ मतदाता रहेका छन् । निर्वाचनमा प्रदेशसभा सदस्यको मतभार ४८ र पालिका प्रमुख र उपप्रमुखको मतभार १८ हुनेछ । निर्वाचनमा स्थानीय तहका एक हजार ४ सय ९३ र प्रदेशसभाका ५ सय ३२ मतदाता रहेका छन् ।


























प्रतिक्रिया लेख्नुहोस्:-