छिमेकी राष्ट्र भरतले नेपाली भुमी लिपुलेक, लिम्पियाधुरामा पछिल्लो समयमा बाटो बिस्तारको कार्या तिव्र अघि बढाएको छ । तर यस विषयमा नेपाल सरकार मौन रहेको छ । अर्केतिर पेट्रोलियमपदार्थको मुल्य बृद्धि पनि बढदै गएको छ । यस्मा विषयमा जनस्तरबाट नै आवाज उठ्दैआएको छ । पछिल्लो समयमा यसै विरुद्धमा हाम्रो परिर्वतन नेपालले आवाज उठाउदै आएको छ ।
मुल्य बृद्धि र नेपाली भुमीमा बाटो निर्माणकोे विरुद्धमा आइतबार देखी पोखराको विभिन्न चोकमा हाम्रो परिर्वतन नेपालले हस्ताक्षर संकलन कार्याक्रम गदै आएको छ । परिवतन नेपालका अध्यक्ष डाक्टर ढाका कुमार श्रेष्ठले १ लाख भन्दा बढि हस्ताक्षर संकलन गर्ने योजना रहेको सुनाए । गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्ण चन्द्र पोख्रोल नेपालीलाई बुझाउने बताए । उनी मार्फत हस्ताक्षण प्रधानमन्त्रीलाई हस्ताक्षर बुझाइने छ । कार्यक्रम संयोजक आभास जंग शाहीले १ हप्ता सम्म हस्ताक्षर संकलन गर्ने योजना रहेको जानकारी दिए ।
यस भन्दा अघि परिर्वतन नेपालले विभिन्न सामाजिक काम गर्दै आएको छ । कोरोना महामारको समयमा निशुल्क स्वाब संकलन, औषधी खाध्यन बितरण गरेको थियो । पोखरा १०, ११ र १२ विचमा पर्ने प्रहरी बिटको पुर्ननिर्माण, भ्रष्चार विरुद्धको कार्याक्रम लगायतको काम संस्थाले गरेको छ ।


























प्रतिक्रिया लेख्नुहोस्:-