नेपाली बजारमा सुनको भाउ शुक्रबार पनि बढेको छ। साताको सुरुदेखि नै बढ्दै आएको सुनको भाउमा शुक्रबार समान्य वृद्धि देखिएको हो।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बिहीबारको तुलनामा सुनको भाउ प्रतितोला १ सय रुपैयाँले बढेको हो। यससँगै छापावाल सुनको भाउ प्रतितोला ९३ हजार ८ सय रुपैयाँ पुगेको छ। तेजावी सुन पनि प्रतितोला ९३ हजार ३ सय रुपैयाँमा कारोबार भइरहेको छ। शुक्रबार चाँदीको भाउ पनि प्रतितोला १० रुपैयाँले बढेको छ। चाँदी प्रतितोला १३२५ रुपैयाँमा पुगेको छ।


























प्रतिक्रिया लेख्नुहोस्:-