२०८३ कार्तिक १९, बुधबार
प्रिती बाट युनिकोड
Gandaki Press
lJMN6.gif
  • गृहपृष्ठ
  • समाचार
  • अपराध
  • समाज
  • राजनिती
  • अर्थ
  • खेलकुद
  • शिक्षा/स्वास्थ्य
  • साहित्य/मनोरञ्जन
  • अन्तर्वार्ता
  • अन्तराष्ट्रिय
  • यस भित्र
    • पर्यटन
    • विचार
    • राशिफल
कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्
  • गृहपृष्ठ
  • समाचार
  • अपराध
  • समाज
  • राजनिती
  • अर्थ
  • खेलकुद
  • शिक्षा/स्वास्थ्य
  • साहित्य/मनोरञ्जन
  • अन्तर्वार्ता
  • अन्तराष्ट्रिय
  • यस भित्र
    • पर्यटन
    • विचार
    • राशिफल
कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्
Gandaki Press
कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्

आयोजक सहारा क्लबलाई हराउँदै एपिएफको विजयी सुरुवात

२० औं आहा !रारा गोल्डकप

बिजय नेपाली
माघ ६, २०७८ २१:०१ मा प्रकाशित
खेलकुद, प्रमुख समाचार, समाचार
आयोजक सहारा क्लबलाई हराउँदै एपिएफको विजयी सुरुवात
22
SHARES
Share on FacebookShare on Twitter


पोखरामा आजदेखी सुरु भएको २० औं संस्करणको आहा! रारा गोल्डकप फुटबल प्रतियोगितामा एपिएफ क्लबले विजयी सुरुवात गरेको छ । पोखरा रंगशाला स्थित फुटबल एरिनामा भएको उद्घाटन खेलमा आयोजकलाई २–० को गोलले हराएको हो ।

खेलको ५ औं मिनेटमा एपिएफको प्रहारमा सहाराका डिफेन्डर पिटर सेगुन बाधक बने । कप्तान नविन लामाको लामो पासलाई नियन्त्रणमा लिदैँ प्रदिप लामाले अर्मान्ड बिडोनलाई क्रमपास दिने क्रममा सेगुनले उत्कृष्ट बचाउँ गर्दै गोल हुनबाट जोगाए ।

खेलको १४ औँ मिनेटमा आवास लामिछानेले गोल गर्दै एपिएफलाई अग्रता दिलाए । आवास र अर्मान्डको वान टु वान मुभमा अर्मान्डको पासमा आवासले २ डिफेन्डरलाई बिट गर्दै सेकेन्डबारमा गरेको प्रहार गोल हुन पुग्योक ।

२१ औं मिनेटमा अर्मान्डको पासमा विकी तामाङको प्रहार बाहिरीदाँ एपिएफ अग्रता दोब्बर पार्नबाट चुक्यो । २५ औँ मिनेटमा पहिलो पटक विपक्षिको पोष्टमा बल पुर्‍याएको सहाराले बराबरी गर्नबाट चुक्यो । अजय मार्टिनको पासमा साहिल गुरुङको प्रहार बाहिरियो । लगत्तै २६ औं मिनेटमा एपिएफका अर्मान्डले पाएको गतिलो अवसरमा गोल सृर्जना गर्न नसक्दा अग्रता दोब्बर गर्नबाट चुक्यो । ४२ औं मिनेटमा एपिएफका विकी तामाङको प्रहार पोष्ट नजिकैबाट बाहिरियो । सहाराले पहिलो हाफमा थप गरेको २ मिनेटमा फ्रिकिकको अवसर प्राप्त गरेपनि गोल गर्न भने सकेन । कप्तान मनबहादुर तामाङले प्रहार गरेको फ्रिकिक प्रहारमा अजय मार्टिनको हेड प्रहारमा रिवाउन्ड भएको बलमा मुकुन्दा न्युरेको प्रहार एपिएफका जापानी गोलरक्षक कुरीयामा युयाले बचाउ गरे । सोहि क्रममा कर्नरको अवसर प्राप्त गरेपनि गोल गर्न सकेनन् । पहिलो हाफ १–० ले आफ्नो पक्षमा पारेको एपिएफले दोस्रो हाफमा थप १ गोल गर्दै जित निश्चित गरेको थियो । ४६ औं मिनेटमा विकिको प्रहार बाहिरियो । ४७ औं मिनेटमा सहाराले पुन: फ्रिकिकको अवसर पाएको थियो । कप्तान मनबहादुरले नै प्रहार गरेको फ्रिकिक सोझै विपक्षि गोलरक्षकको हातमा पुगेको थियो ।

५२ औं मिनेटमा एपिएफका कप्तान नविन लामाको फ्रिकिकमा अर्मान्डले हेड गरेको बल सहाराका गोलरक्षकले बाहिर गएको भन्दै छाडिरहँदा बारमा लाग्न पुगेको थियो । ५६ औं मिनेटमा प्रदिप लामाको हेडर प्रहारलाई सहाराका गोलरक्षक अभिषेक बरालले पन्च गर्दै खर्च टारे । ६० औं मिनेटमा प्रदिपले नै गोल गर्दै अग्रता दोब्बर पारे । त्यो बाहेक दुबै टिमले खासै गतिलो अवसर सृर्जना गर्न भने सकेन ।

एपिएफका मुख्य प्रशिक्षक कुमार थापाले खेलाडी सोचेअनुसारको नतिजा निकाल्न नसकको प्रतिक्रिया दिए । ‘उद्घाटन खेल हो रमाइलो हुन्छ । तर सहारा स्थानीय टिम भएकाले हामीलाई सहज थियो’ उनले भने,‘सहाराले खेलाडी अन्तबाट ल्याएको हुनाले हामीलाई सहज भयो तर गोल भने कम भयो ।’

उता सहाराका प्रशिक्षक प्रशिक्षक प्रलाद हिराचनले टिममा समन्वय नहुँदा हार व्यहोर्न बाध्य भएको बताए । उनले खेलाडीले १ दिनमात्र प्रशिक्षण गर्दा समस्या आएको बताए ।

विष्टलाई सहारा वर्ष उत्कृष्ट खेलाडी सम्मान

राष्ट्रिय टिमका फरवार्ड अञ्जन विष्टलाई सहारा क्लब पोखराले वर्ष उत्कृष्ट खेलाडी २०७८ बाट सम्मान गरेको छ ।

नेपाली फुटबल खेलको विकासमा लाग्ने खेलाडीको सम्मान स्वरुप क्लबले वर्षेनी प्रदान गर्दै आएको वर्ष उत्कृष्ट खेलाडी पुरस्कारबाट यो वर्ष भने विष्टलाई सम्मान गरिएको हो । उनलाई नगद ३५ हजार रुपैँया, दोसल्ला तथा सम्मानपत्रले सम्मान गरिएको हो । उक्त सम्मानबाट भरत खवास, किरण चेम्जोङ र सुजल श्रेष्ठ सम्मानित भइसकेका छन् ।

सम्बन्धित समाचार

लेखनाथको पर्यटन विकासमा पूर्वाधार, संरक्षण र स्थानीय अर्थतन्त्रलाई जोड दिनुपर्ने
अर्थ

लेखनाथको पर्यटन विकासमा पूर्वाधार, संरक्षण र स्थानीय अर्थतन्त्रलाई जोड दिनुपर्ने

२ राउण्ड हवाई फायर गरि २०९ किलो गाँजासहित ५ पक्राउ
अपराध

२ राउण्ड हवाई फायर गरि २०९ किलो गाँजासहित ५ पक्राउ

चोरीको रकम चिहानघाटमा लुकाउने पक्राउ
अपराध

चोरीको रकम चिहानघाटमा लुकाउने पक्राउ

साल नालसहित ट्वाइलेटमा शिशु फाली फरार आमा पक्राउ
अपराध

साल नालसहित ट्वाइलेटमा शिशु फाली फरार आमा पक्राउ

मौरीको पोलमा लातिले हान्दा विवाद, संगै मापसे इगोले लियो ज्यान
अपराध

मौरीको पोलमा लातिले हान्दा विवाद, संगै मापसे इगोले लियो ज्यान

बेगनास तालमा फिस फेस्टिभल सुरु
पर्यटन

बेगनास तालमा फिस फेस्टिभल सुरु

प्रतिक्रिया लेख्नुहोस्:-





हाम्रो बारे

'समाजको ऐना, हामी सत्यमा विश्वास गर्छौं।' गण्डकी प्रेस पोखराबाट सञ्चालित अनलाइन न्युज पोर्टल हो । यस न्युज पोर्टल मार्फत हाम्रो समाज हुने गरेका विकृति, विसंगति, सामाजिक विषयवस्तु, विकास एवं विभिन्न घटनाहरुको सम्प्रेषण गर्दै समुदायलाइ सु-सुचित गर्ने हाम्रो उदेश्य हो ।

गण्डकी प्रेस प्रा.लि. द्वारा संचालित
सूचना तथा प्रशारण विभाग दर्ता नं. २६१४/०७७-०७८ 

हाम्रो समूह

समाचार प्रमुख सुरेशराज अधिकारी
कानूनी सल्लाहाकार  बिमल प्र. लामिछाने
सम्पादक  सुशीलराज अधिकारी
संवाददाता  विष्णु प्र. बसौला
बिनिता सुनार
राज कुमार घिमिरे
ऋषि खतिवडा

सामाजिक सञ्जाल

Facebook Twitter Instagram RSS

सम्पर्क

गण्डकी प्रेस प्रा.लि.
पोखरा -०९, कास्की
gndakipress@gmail.com
सम्पर्क : +977 - 9856000233

© 2021 All Right Reserved With Gandaki Press - Designed by MPG Solution.

  • Privacy Policy
  • गण्डकी प्रेस
  • प्रिती बाट युनिकोड
  • राशिफल
  • समाचार
  • सम्पर्क
  • सामाजिक सञ्जाल बाट
  • हाम्रो बारे
  • हाम्रो समूह

कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्
  • गृहपृष्ठ
  • समाचार
  • अपराध
  • समाज
  • राजनिती
  • अर्थ
  • खेलकुद
  • शिक्षा/स्वास्थ्य
  • साहित्य/मनोरञ्जन
  • अन्तर्वार्ता
  • अन्तराष्ट्रिय
  • यस भित्र
    • पर्यटन
    • विचार
    • राशिफल

© 2026All Right Reserved WithGandaki Press - Designed by MPG Solution.

ताजा खबरहरु

लेखनाथको पर्यटन विकासमा पूर्वाधार, संरक्षण र स्थानीय अर्थतन्त्रलाई जोड दिनुपर्ने

लेखनाथको पर्यटन विकासमा पूर्वाधार, संरक्षण र स्थानीय अर्थतन्त्रलाई जोड दिनुपर्ने

२ राउण्ड हवाई फायर गरि २०९ किलो गाँजासहित ५ पक्राउ

२ राउण्ड हवाई फायर गरि २०९ किलो गाँजासहित ५ पक्राउ

चोरीको रकम चिहानघाटमा लुकाउने पक्राउ

चोरीको रकम चिहानघाटमा लुकाउने पक्राउ

साल नालसहित ट्वाइलेटमा शिशु फाली फरार आमा पक्राउ

साल नालसहित ट्वाइलेटमा शिशु फाली फरार आमा पक्राउ

मौरीको पोलमा लातिले हान्दा विवाद, संगै मापसे इगोले लियो ज्यान

मौरीको पोलमा लातिले हान्दा विवाद, संगै मापसे इगोले लियो ज्यान

बेगनास तालमा फिस फेस्टिभल सुरु

बेगनास तालमा फिस फेस्टिभल सुरु

अकल्पनीय दुर्घटनाले उब्जिएको प्रश्न कहाँ गयो महानगरको कागजी मापदण्ड ?

ओख्ले बस दुर्घटना थप एक विद्यार्थीको मृत्यु

कारागारबाट फरार कैदी  होटलमा लुकेर बसेको अवस्थामा पक्राउ

कारागारबाट फरार कैदी  होटलमा लुकेर बसेको अवस्थामा पक्राउ

पोखरामा मोटरसाइकल पड्काउँदै भाग्ने युवा पक्राउ

पोखरामा मोटरसाइकल पड्काउँदै भाग्ने युवा पक्राउ

चर्चित खबरहरु

मौरीको पोलमा लातिले हान्दा विवाद, संगै मापसे इगोले लियो ज्यान

मौरीको पोलमा लातिले हान्दा विवाद, संगै मापसे इगोले लियो ज्यान

साल नालसहित ट्वाइलेटमा शिशु फाली फरार आमा पक्राउ

साल नालसहित ट्वाइलेटमा शिशु फाली फरार आमा पक्राउ

कास्कीको मर्दी खोलाले खतराको तह नाघ्यो

कास्कीको मर्दी खोलाले खतराको तह नाघ्यो

बेगनास तालमा फिस फेस्टिभल सुरु

बेगनास तालमा फिस फेस्टिभल सुरु

चोरीको रकम चिहानघाटमा लुकाउने पक्राउ

चोरीको रकम चिहानघाटमा लुकाउने पक्राउ

२ राउण्ड हवाई फायर गरि २०९ किलो गाँजासहित ५ पक्राउ

२ राउण्ड हवाई फायर गरि २०९ किलो गाँजासहित ५ पक्राउ

धनगढी उपमहानगरपालिकामा पनि बदर मत धेरै

पाेखरा महानगर ५० हजार मत गणना काे अगाडि काे पछाडि

पोखरामा होटल संचालकको रहस्यमय मृत्यु, नजिकै रहेको होटलमा किन पुगे ग्राहक बनेर

पोखरामा होटल संचालकको रहस्यमय मृत्यु, नजिकै रहेको होटलमा किन पुगे ग्राहक बनेर

Privity of Contract and its Specifications with Reference to Nepal

Socialist Legal System: An Assessment of Theory and Practice With Special Reference to Nepal