पोखरा । गण्डकी प्रदेश सरकार कानून, संचार तथा प्रदेश सभा मामिला मन्त्री विन्दु कुमार थापाले प्रदेशमा लगानी मैत्री वातावरण बनाउन प्रदेश सरकार प्रतिबद्ध रहेको बताए । आरकेडी होल्डीङ्ग कम्पनीको ५ औं साधारण सभा तथा दोस्रो अधिवेशन कार्यक्रममा बोल्दै उनले व्यवसायीको लगानीलाई सुरक्षा गर्ने जिम्मेबारी सरकारको समेत रहेको उल्लेख गरे ।
‘प्रदेशमा व्यवसायीलाई लगानीमैत्री वातावरण बनाउन हामी प्रतिबद्ध छौं’, उनले भने, ‘व्यवसायी र लगानीकर्ताको हित विपरितको ऐनलाई परिमार्जित गर्दै नियमानुसार सहज र सरल बनाउने छौं ।’
मन्त्री थापाले आरकेडी होल्डीङग कम्पनीले स्थानीय जनतालाई स्वरोजगार तर्फ केन्द्रीत गराइरहेको उल्लेख गरे । कम्पनीले मुनाफा कमाउने हेतुले मात्र नभई सामाजिक सेवा समेत प्रवाहगरिरहेको भनाई उनको थियो ।
‘आरकेडी होल्डीङ्ग कम्पनीले लगानी मात्र गरेको छैन । सामाजिक सेवा समेत प्रवाह गरिरहेको भान हुन्छ । आफु मात्रै कमाउने आफु मात्रै रमाउने नभई जनतालाई नै स्वरोजगार हुन सिकाउने बाटोमा आरकेडी लागेको देख्दा खुशी लागेको छ ।’, उनले भने ।
मन्त्री थापाले व्यवसायी क्षेत्रबाट आफु राजनीतिमा आएको र व्यवसायीको पीरमर्कालाई नजिकबाट बुझेको बताउँदै जनताको हितबमोजिम नै व्यवसाय क्षेत्रको वृति विकासका लागि सरल कानून निर्माणमा ध्यानदिने उल्लेख गरे ।
उनले गण्डकी प्रदेशमा पर्यटकको आकर्षण बढाउन थप लगानीको आवश्यकता रहेको बताए । प्रदेशमा सम्भावना भएका पर्यटकीय क्षेत्रको विकास र संरक्षणमा सरकारलाई सहयोग गर्न उनको आग्रह छ । सबै मिलेर नै प्रदेशको आर्थिक स्थरमा सुधार ल्याउन सकिने धारणा उनको छ ।
मन्त्री थापाले व्यवसायीले लगानी गरेर मात्र नहुने र लगानी अनुसारको उत्पादनमा समेत ध्यानपुर्याउनुपर्ने आवश्यकता रहेको बताए । ‘व्यवसायीले लगानी गरेर मात्र हुँदैन । लगानी सही ठाउँमा छ वा छैन त्यसको ख्याल गर्नुपर्छ । उत्पादनमुखी क्षेत्रमालगानीगर्दै त्यसको बजारीकरणमा समेत ध्यानदिएको खण्डमा स्वरोजगारलाई बढ्वादिन सकिन्छ ।’
'समाजको ऐना, हामी सत्यमा विश्वास गर्छौं।' गण्डकी प्रेस पोखराबाट सञ्चालित अनलाइन न्युज पोर्टल हो । यस न्युज पोर्टल मार्फत हाम्रो समाज हुने गरेका विकृति, विसंगति, सामाजिक विषयवस्तु, विकास एवं विभिन्न घटनाहरुको सम्प्रेषण गर्दै समुदायलाइ सु-सुचित गर्ने हाम्रो उदेश्य हो ।
गण्डकी प्रेस प्रा.लि. द्वारा संचालित
सूचना तथा प्रशारण विभाग दर्ता नं. २६१४/०७७-०७८



























प्रतिक्रिया लेख्नुहोस्:-