नेपालमा पछिल्लो पटक २४ जनामा कोरोनाभाइरसको ओमिक्रोन भेरियन्ट पुष्टि भएको छ। ओमिक्रोन संक्रमितमध्ये केही स्थानीयसमेत रहेको इपिडियोमोलोजी तथा रोग नियन्त्रण महाशाखाका प्रमुख डा। कृष्णप्रसाद पौडेलले बताएका छन्।
स्वास्थ्य तथा जनसंख्या मन्त्रलायले शुक्रबार एक विज्ञप्ति निकालेर पुस लागेयता संकलित ११४६ पोजेटिभ नमुनाहरूको एस जिन स्क्रिनिङ गर्दा उक्त संख्यामा ओमिक्रोन भेरियन्ट देखिएको पुष्टि गरेको छ।
‘देशभरबाट संकलित नमुनाहरुमध्ये उक्त संख्यामा ओमिक्रोन भेरियन्ट देखिएको हो,’ डा। पौडेलले नेपालखबरसँग भने, ‘देखिएकामध्ये केही विदेशबाट आएका र केही स्थानीय पनि छन्। यसको संकेत समुदायस्तरमा पनि ओमिक्रोन देखिन थाल्यो भन्ने हो।’
कोरोनाभाइरसको नयाँ भेरियन्ट ओमिक्रोनलाई एकदमै संक्रामक भाइरस मानिन्छ। छिमेकी भारतमा यही भेरियन्टका कारण दैनिक एक लाखको हाराहारीमा संक्रमण देखिन थालिसकेको छ।
नेपालमा पनि ओमिक्रोनको संक्रमण देखिएपछि शुक्रबार कोरोनाभाइरस संकट व्यवस्थापन समिति ९सीसीएमसी० निर्देशक समितिको बैठक समेत बसिरहेको छ।
यो बैठकले कोरोनाको नयाँ लहर फैलिन नदिने सम्भावित विकल्प र कदमहरू चाल्न सक्नेछ। यो बैठक अहिले प्रधानमन्त्री शेरबहादुर देउवाको अध्यक्षता बसिरहेको छ। छिमेकी भारतबाट आएका सयौँ नागरिकमा पनि कोरोना संक्रमण देखिन थालेपछि सरकारले सतर्कताका उपाय खोज्न थालेको हो।




























प्रतिक्रिया लेख्नुहोस्:-