२०८३ कार्तिक १५, शनिबार
प्रिती बाट युनिकोड
Gandaki Press
lJMN6.gif
  • गृहपृष्ठ
  • समाचार
  • अपराध
  • समाज
  • राजनिती
  • अर्थ
  • खेलकुद
  • शिक्षा/स्वास्थ्य
  • साहित्य/मनोरञ्जन
  • अन्तर्वार्ता
  • अन्तराष्ट्रिय
  • यस भित्र
    • पर्यटन
    • विचार
    • राशिफल
कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्
  • गृहपृष्ठ
  • समाचार
  • अपराध
  • समाज
  • राजनिती
  • अर्थ
  • खेलकुद
  • शिक्षा/स्वास्थ्य
  • साहित्य/मनोरञ्जन
  • अन्तर्वार्ता
  • अन्तराष्ट्रिय
  • यस भित्र
    • पर्यटन
    • विचार
    • राशिफल
कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्
Gandaki Press
कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्

हतारमा मात्रै तिब्र काम हुने पोखरा फुटबल एरिना

बिजय नेपाली
पुस ९, २०७८ १०:०१ मा प्रकाशित
खेलकुद, प्रमुख समाचार, समाचार
हतारमा मात्रै तिब्र काम हुने पोखरा फुटबल एरिना
56
SHARES
Share on FacebookShare on Twitter


पोखरा रंगशाला भित्र छिरेपछि सबैको आखाँ जाने भनेकै फुटबल कमैदान तिर हो । नजाओसपनि कसरी पहिलो पटक त्यति ठुलो प्यारापिट सहितको मैदाना जो बनेको छ ।

१७ हजार पाँच सय दर्शक क्षमता सहितको प्यारापिट निमार्ण भइसकेको छ । जहाँ दर्शकले अब अन्तराष्ट्रिय स्तरका कुनैपनि खेल हेर्न पाउनेछन् । विडम्बना प्यारापिट बन्न थालेको ३ वर्षसम्म पनि सम्पन्न भइसकेको भने छैन । शनिबार मात्रै उक्त फुटबल एरिनामा नेपालको लिगको ऐतिहासिक खेल भयो । राष्ट्रिय ए डिभिजन लिग पहिलो पटक राजधानी छाड्दै गर्दा त्यसको अभिभावकत्व पोखराले गर्‍यो ।

दर्शकको उपस्थिति पनि रामै्र थियो । तर, खेल हुँदै गर्दा खेलाडी तथा रेफीले भने निकै सकस भोग्न बाध्य भए । कारण थियो चेन्जिङ रुम र शौचालय नहुनु ।

बाहिरबाट हेर्दा च्याट्ट देखिएको रंगशाला भित्रबाट भने खोक्रो छ । अझ लिगका खेल नहुने भएको भए त बाकीँ काम पनि अहिले नै हुने छाँटकाट थिएन । ‘हामीले निकै आग्रह गरेर यतिको बनाएका हौँ’ कास्की जिल्ला फुटबल संघका अध्यक्ष मिलन गुरुङले भने । फुटबल संघकै आग्रहमा त्यतिको काम सम्पन्न भएको कुरा चाहिँ सत्य हो । निकै कछुवा गतिमा हिडको काममा यस अघिपनि नेपाली पुरुष राष्ट्रिय टोलीको बन्द प्रशिक्षण हुँदा केहि कामहरु भएका थिए त्यस लगत्तै काम निकै सुस्त थियो । अहिले पनि लिगका खेल हुनेभएपछि मात्रै बाहिरका कामहरु भएका हुन् ।

‘यहाँ विदेशी टिमसंगको मैत्रीपूर्ण खेल ल्याने तयारीमा छौँ । त्यसका लागि खेलाडी र रेफ्रीले लुगा परिवर्तन गर्ने रुम र शौचालय हुन आवस्यक छ’ गुरुङले भने । २०७५ सालमा निमार्ण सुरु गरिएको मैदान ६ महिनामा सकिने बनाइएपनि ३ वर्षसम्म पनि सकिएको छैन । अहिले प्यारापिट समेत निमार्ण भइसकेको छ । अफिसियल भवन, चेन्जिङ रुम, शौचालय तथा वाथरुम लगायतको कामहरु बाकिँ रहेका छन् । अहिले फुटबल एरिना वरिपरि बाटो बनाउने काम चलिरहेको छ । तर, रकम निकासी नहुँदा काम गर्न ढिलाई भएको प्रोजेक्ट म्यानेजर दिपक बरालले जानकारी दिए । काममा ढिला भएको स्विकारर्दै बरालले रकम निकासी नहुँदा समस्या परेको बताए ।

एन्फाले दुख गर्‍यो केन्द्र सरकारले बदमासी : राजीव गुरुङ

गण्डकी प्रदेशका युवा तथा खेलकुद मन्त्री राजिव गुरुङ (दिपक मनाङे) ले केन्द्र सरकारको बदमासीले काम सम्पन्न हुन नसकेको बताए । मन्त्री गुरुङले निमार्णको जिम्मा केन्द्र सरकारमा रहेकाले विनियोजित रकम खाएको कारण काममा ढिलासुस्ती भएको आरोप लगाए ।

‘केन्द्र सरकार भनेको यतिसारो फटाहा देखिसके मैले । के गरेको तीनिहरुले ? बजेट रातो किताबमा लेखेर पठाउँछ बजेट झारिदिन्न’ उनले भने,‘ठेकेदारहरुलाई एक रुपैँया झारिदिन्न अनि कसरी गर्छ काम ? यहि तालले गयो भने सायद अर्को चुनावमा मात्रै यो सम्पन्न हुन्छ ।’

फुटबल एरिनाको काम जति सम्पनन भयो त्यसमा एन्फाको हात रहेको बताए । ‘यो अहिले जतिपनि गरिरहेको छ यो एन्फाले नै दु्ख गरेको हो । एन्फाले आफ्नो पैसामा काम गरिरहेको छ’, उनलेभने, ‘हामीले कुनैपनि काम गर्न सकिरहेका छैनौँ । सरकारले त महाधिवेश र अधिवेशन गर्दागर्दै ठिक्क छ । अब अर्को वर्ष आइहाल्छ र चुनावमा जान्छ ।’ ठेकेदारलाई गालि गर्ने कुनै ठाउँ नरहेको बताए । एमालेको सरकार हुँदा विनियोजित रकम समेत अझै आइनपुगेको बताउँदै सम्पन्न हुन अझ ढिला हुने अवस्था देखिएको सुनाए ।

पाँच महिना भइसक्यो हामी आएको पहिलेको सरकारले पठाएको रकमको त अहिलेसम्म साइन भएको छैन । नयाँ कहिले दिन्छ ? जस्तो लाइटको लागि ५–६ करोड रुपैँया छ उनले भने । ‘ठाउँठाउँमा रकम विनियोजन भएको छ १६ करोड चानचुने रकम आएको छ आउन त आयो कहाँ आयो ? ३ पटकसम्म त म आँफै केन्द्रमा पुगेको छु’, ‘२ पटकसम्म त आफैले गराउन लगाए छिटो गर्नुस भनेर वहाँहरुले के कुरीरहनुभएको छ मैले बुझेको छैन् ।’ अहिले प्यारापिट सहितको मैदानको करिब ९८ प्रतिशत काम सकिएको छ । तर खेलाडी तथा रेफ्रीका लागि आवस्यक पर्ने चेन्जिङ रुम र शौचालय भने निमार्ण भइसकेको छैन् ।

२०७५ साल फागुन २६ गते फुटबल मैदान तथा दुईवटा प्यारापिट भत्काई नयाँ संरचना निर्माणको शिलान्यास गरिएको थियो । युवा तथा खेलकुद मन्त्री जगतबहादुर विश्वकर्माले शिलान्यास गर्नुभएको थियो । भारतीय ग्रेट स्पोर्टस इन्फ्रा तथा एम.ए कन्ट्रक्सन ललितपुर(संयुक्त)ले मैदानसहित प्यारापिट निर्माणको जिम्मेवारी पाएको थियो । राष्ट्रिय खेलकुद परिषदले कम्पनीसँग १ अर्ब २८ करोड लागतमा निर्माण गर्ने गरी सम्झौतामा गरेको हो। १६ हजार ५ सय दर्शक क्षमताको प्यारापिट तयारी भइसकेको छ। ३ हजार ५ सय सिट थप्दै २० हजार पुर्‍याउने योजना छ ।

सम्बन्धित समाचार

साल नालसहित ट्वाइलेटमा शिशु फाली फरार आमा पक्राउ
अपराध

साल नालसहित ट्वाइलेटमा शिशु फाली फरार आमा पक्राउ

मौरीको पोलमा लातिले हान्दा विवाद, संगै मापसे इगोले लियो ज्यान
अपराध

मौरीको पोलमा लातिले हान्दा विवाद, संगै मापसे इगोले लियो ज्यान

बेगनास तालमा फिस फेस्टिभल सुरु
पर्यटन

बेगनास तालमा फिस फेस्टिभल सुरु

अकल्पनीय दुर्घटनाले उब्जिएको प्रश्न कहाँ गयो महानगरको कागजी मापदण्ड ?
प्रमुख समाचार

ओख्ले बस दुर्घटना थप एक विद्यार्थीको मृत्यु

कारागारबाट फरार कैदी  होटलमा लुकेर बसेको अवस्थामा पक्राउ
अपराध

कारागारबाट फरार कैदी  होटलमा लुकेर बसेको अवस्थामा पक्राउ

पोखरामा मोटरसाइकल पड्काउँदै भाग्ने युवा पक्राउ
अपराध

पोखरामा मोटरसाइकल पड्काउँदै भाग्ने युवा पक्राउ

प्रतिक्रिया लेख्नुहोस्:-





हाम्रो बारे

'समाजको ऐना, हामी सत्यमा विश्वास गर्छौं।' गण्डकी प्रेस पोखराबाट सञ्चालित अनलाइन न्युज पोर्टल हो । यस न्युज पोर्टल मार्फत हाम्रो समाज हुने गरेका विकृति, विसंगति, सामाजिक विषयवस्तु, विकास एवं विभिन्न घटनाहरुको सम्प्रेषण गर्दै समुदायलाइ सु-सुचित गर्ने हाम्रो उदेश्य हो ।

गण्डकी प्रेस प्रा.लि. द्वारा संचालित
सूचना तथा प्रशारण विभाग दर्ता नं. २६१४/०७७-०७८ 

हाम्रो समूह

समाचार प्रमुख सुरेशराज अधिकारी
कानूनी सल्लाहाकार  बिमल प्र. लामिछाने
सम्पादक  सुशीलराज अधिकारी
संवाददाता  विष्णु प्र. बसौला
बिनिता सुनार
राज कुमार घिमिरे
ऋषि खतिवडा

सामाजिक सञ्जाल

Facebook Twitter Instagram RSS

सम्पर्क

गण्डकी प्रेस प्रा.लि.
पोखरा -०९, कास्की
gndakipress@gmail.com
सम्पर्क : +977 - 9856000233

© 2021 All Right Reserved With Gandaki Press - Designed by MPG Solution.

  • Privacy Policy
  • गण्डकी प्रेस
  • प्रिती बाट युनिकोड
  • राशिफल
  • समाचार
  • सम्पर्क
  • सामाजिक सञ्जाल बाट
  • हाम्रो बारे
  • हाम्रो समूह

कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्
  • गृहपृष्ठ
  • समाचार
  • अपराध
  • समाज
  • राजनिती
  • अर्थ
  • खेलकुद
  • शिक्षा/स्वास्थ्य
  • साहित्य/मनोरञ्जन
  • अन्तर्वार्ता
  • अन्तराष्ट्रिय
  • यस भित्र
    • पर्यटन
    • विचार
    • राशिफल

© 2026All Right Reserved WithGandaki Press - Designed by MPG Solution.

ताजा खबरहरु

साल नालसहित ट्वाइलेटमा शिशु फाली फरार आमा पक्राउ

साल नालसहित ट्वाइलेटमा शिशु फाली फरार आमा पक्राउ

मौरीको पोलमा लातिले हान्दा विवाद, संगै मापसे इगोले लियो ज्यान

मौरीको पोलमा लातिले हान्दा विवाद, संगै मापसे इगोले लियो ज्यान

बेगनास तालमा फिस फेस्टिभल सुरु

बेगनास तालमा फिस फेस्टिभल सुरु

अकल्पनीय दुर्घटनाले उब्जिएको प्रश्न कहाँ गयो महानगरको कागजी मापदण्ड ?

ओख्ले बस दुर्घटना थप एक विद्यार्थीको मृत्यु

कारागारबाट फरार कैदी  होटलमा लुकेर बसेको अवस्थामा पक्राउ

कारागारबाट फरार कैदी  होटलमा लुकेर बसेको अवस्थामा पक्राउ

पोखरामा मोटरसाइकल पड्काउँदै भाग्ने युवा पक्राउ

पोखरामा मोटरसाइकल पड्काउँदै भाग्ने युवा पक्राउ

विन्ध्यवासिनी मन्दिरमा भित्र्याइयो फूलपाती

विन्ध्यवासिनी मन्दिरमा भित्र्याइयो फूलपाती

पोखरामा होटल संचालकको रहस्यमय मृत्यु, नजिकै रहेको होटलमा किन पुगे ग्राहक बनेर

पोखरामा होटल संचालकको रहस्यमय मृत्यु, नजिकै रहेको होटलमा किन पुगे ग्राहक बनेर

प्रदेशका अधिकार र समस्या संघको प्राथमिकतामा कहिल्यै परेनन् : मुख्यमन्त्री पाण्डे

प्रदेशका अधिकार र समस्या संघको प्राथमिकतामा कहिल्यै परेनन् : मुख्यमन्त्री पाण्डे

चर्चित खबरहरु

साल नालसहित ट्वाइलेटमा शिशु फाली फरार आमा पक्राउ

साल नालसहित ट्वाइलेटमा शिशु फाली फरार आमा पक्राउ

मौरीको पोलमा लातिले हान्दा विवाद, संगै मापसे इगोले लियो ज्यान

मौरीको पोलमा लातिले हान्दा विवाद, संगै मापसे इगोले लियो ज्यान

अकल्पनीय दुर्घटनाले उब्जिएको प्रश्न कहाँ गयो महानगरको कागजी मापदण्ड ?

ओख्ले बस दुर्घटना थप एक विद्यार्थीको मृत्यु

बेगनास तालमा फिस फेस्टिभल सुरु

बेगनास तालमा फिस फेस्टिभल सुरु

पोखरामा होटल संचालकको रहस्यमय मृत्यु, नजिकै रहेको होटलमा किन पुगे ग्राहक बनेर

पोखरामा होटल संचालकको रहस्यमय मृत्यु, नजिकै रहेको होटलमा किन पुगे ग्राहक बनेर

धनगढी उपमहानगरपालिकामा पनि बदर मत धेरै

पाेखरा महानगर ५० हजार मत गणना काे अगाडि काे पछाडि

Privity of Contract and its Specifications with Reference to Nepal

Socialist Legal System: An Assessment of Theory and Practice With Special Reference to Nepal 

कारागारबाट फरार कैदी  होटलमा लुकेर बसेको अवस्थामा पक्राउ

कारागारबाट फरार कैदी  होटलमा लुकेर बसेको अवस्थामा पक्राउ

नगद र सुनको सिक्री चोरी गर्ने ४ पक्राउ

नगद र सुनको सिक्री चोरी गर्ने ४ पक्राउ