पोखरा रंगशाला भित्र छिरेपछि सबैको आखाँ जाने भनेकै फुटबल कमैदान तिर हो । नजाओसपनि कसरी पहिलो पटक त्यति ठुलो प्यारापिट सहितको मैदाना जो बनेको छ ।
१७ हजार पाँच सय दर्शक क्षमता सहितको प्यारापिट निमार्ण भइसकेको छ । जहाँ दर्शकले अब अन्तराष्ट्रिय स्तरका कुनैपनि खेल हेर्न पाउनेछन् । विडम्बना प्यारापिट बन्न थालेको ३ वर्षसम्म पनि सम्पन्न भइसकेको भने छैन । शनिबार मात्रै उक्त फुटबल एरिनामा नेपालको लिगको ऐतिहासिक खेल भयो । राष्ट्रिय ए डिभिजन लिग पहिलो पटक राजधानी छाड्दै गर्दा त्यसको अभिभावकत्व पोखराले गर्यो ।
दर्शकको उपस्थिति पनि रामै्र थियो । तर, खेल हुँदै गर्दा खेलाडी तथा रेफीले भने निकै सकस भोग्न बाध्य भए । कारण थियो चेन्जिङ रुम र शौचालय नहुनु ।
बाहिरबाट हेर्दा च्याट्ट देखिएको रंगशाला भित्रबाट भने खोक्रो छ । अझ लिगका खेल नहुने भएको भए त बाकीँ काम पनि अहिले नै हुने छाँटकाट थिएन । ‘हामीले निकै आग्रह गरेर यतिको बनाएका हौँ’ कास्की जिल्ला फुटबल संघका अध्यक्ष मिलन गुरुङले भने । फुटबल संघकै आग्रहमा त्यतिको काम सम्पन्न भएको कुरा चाहिँ सत्य हो । निकै कछुवा गतिमा हिडको काममा यस अघिपनि नेपाली पुरुष राष्ट्रिय टोलीको बन्द प्रशिक्षण हुँदा केहि कामहरु भएका थिए त्यस लगत्तै काम निकै सुस्त थियो । अहिले पनि लिगका खेल हुनेभएपछि मात्रै बाहिरका कामहरु भएका हुन् ।
‘यहाँ विदेशी टिमसंगको मैत्रीपूर्ण खेल ल्याने तयारीमा छौँ । त्यसका लागि खेलाडी र रेफ्रीले लुगा परिवर्तन गर्ने रुम र शौचालय हुन आवस्यक छ’ गुरुङले भने । २०७५ सालमा निमार्ण सुरु गरिएको मैदान ६ महिनामा सकिने बनाइएपनि ३ वर्षसम्म पनि सकिएको छैन । अहिले प्यारापिट समेत निमार्ण भइसकेको छ । अफिसियल भवन, चेन्जिङ रुम, शौचालय तथा वाथरुम लगायतको कामहरु बाकिँ रहेका छन् । अहिले फुटबल एरिना वरिपरि बाटो बनाउने काम चलिरहेको छ । तर, रकम निकासी नहुँदा काम गर्न ढिलाई भएको प्रोजेक्ट म्यानेजर दिपक बरालले जानकारी दिए । काममा ढिला भएको स्विकारर्दै बरालले रकम निकासी नहुँदा समस्या परेको बताए ।
एन्फाले दुख गर्यो केन्द्र सरकारले बदमासी : राजीव गुरुङ
गण्डकी प्रदेशका युवा तथा खेलकुद मन्त्री राजिव गुरुङ (दिपक मनाङे) ले केन्द्र सरकारको बदमासीले काम सम्पन्न हुन नसकेको बताए । मन्त्री गुरुङले निमार्णको जिम्मा केन्द्र सरकारमा रहेकाले विनियोजित रकम खाएको कारण काममा ढिलासुस्ती भएको आरोप लगाए ।
‘केन्द्र सरकार भनेको यतिसारो फटाहा देखिसके मैले । के गरेको तीनिहरुले ? बजेट रातो किताबमा लेखेर पठाउँछ बजेट झारिदिन्न’ उनले भने,‘ठेकेदारहरुलाई एक रुपैँया झारिदिन्न अनि कसरी गर्छ काम ? यहि तालले गयो भने सायद अर्को चुनावमा मात्रै यो सम्पन्न हुन्छ ।’
फुटबल एरिनाको काम जति सम्पनन भयो त्यसमा एन्फाको हात रहेको बताए । ‘यो अहिले जतिपनि गरिरहेको छ यो एन्फाले नै दु्ख गरेको हो । एन्फाले आफ्नो पैसामा काम गरिरहेको छ’, उनलेभने, ‘हामीले कुनैपनि काम गर्न सकिरहेका छैनौँ । सरकारले त महाधिवेश र अधिवेशन गर्दागर्दै ठिक्क छ । अब अर्को वर्ष आइहाल्छ र चुनावमा जान्छ ।’ ठेकेदारलाई गालि गर्ने कुनै ठाउँ नरहेको बताए । एमालेको सरकार हुँदा विनियोजित रकम समेत अझै आइनपुगेको बताउँदै सम्पन्न हुन अझ ढिला हुने अवस्था देखिएको सुनाए ।
पाँच महिना भइसक्यो हामी आएको पहिलेको सरकारले पठाएको रकमको त अहिलेसम्म साइन भएको छैन । नयाँ कहिले दिन्छ ? जस्तो लाइटको लागि ५–६ करोड रुपैँया छ उनले भने । ‘ठाउँठाउँमा रकम विनियोजन भएको छ १६ करोड चानचुने रकम आएको छ आउन त आयो कहाँ आयो ? ३ पटकसम्म त म आँफै केन्द्रमा पुगेको छु’, ‘२ पटकसम्म त आफैले गराउन लगाए छिटो गर्नुस भनेर वहाँहरुले के कुरीरहनुभएको छ मैले बुझेको छैन् ।’ अहिले प्यारापिट सहितको मैदानको करिब ९८ प्रतिशत काम सकिएको छ । तर खेलाडी तथा रेफ्रीका लागि आवस्यक पर्ने चेन्जिङ रुम र शौचालय भने निमार्ण भइसकेको छैन् ।
२०७५ साल फागुन २६ गते फुटबल मैदान तथा दुईवटा प्यारापिट भत्काई नयाँ संरचना निर्माणको शिलान्यास गरिएको थियो । युवा तथा खेलकुद मन्त्री जगतबहादुर विश्वकर्माले शिलान्यास गर्नुभएको थियो । भारतीय ग्रेट स्पोर्टस इन्फ्रा तथा एम.ए कन्ट्रक्सन ललितपुर(संयुक्त)ले मैदानसहित प्यारापिट निर्माणको जिम्मेवारी पाएको थियो । राष्ट्रिय खेलकुद परिषदले कम्पनीसँग १ अर्ब २८ करोड लागतमा निर्माण गर्ने गरी सम्झौतामा गरेको हो। १६ हजार ५ सय दर्शक क्षमताको प्यारापिट तयारी भइसकेको छ। ३ हजार ५ सय सिट थप्दै २० हजार पुर्याउने योजना छ ।


























प्रतिक्रिया लेख्नुहोस्:-