२०८३ जेष्ठ २२, शुक्रबार
प्रिती बाट युनिकोड
Gandaki Press
lJMN6.gif
  • गृहपृष्ठ
  • समाचार
  • अपराध
  • समाज
  • राजनिती
  • अर्थ
  • खेलकुद
  • शिक्षा/स्वास्थ्य
  • साहित्य/मनोरञ्जन
  • अन्तर्वार्ता
  • अन्तराष्ट्रिय
  • यस भित्र
    • पर्यटन
    • विचार
    • राशिफल
कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्
  • गृहपृष्ठ
  • समाचार
  • अपराध
  • समाज
  • राजनिती
  • अर्थ
  • खेलकुद
  • शिक्षा/स्वास्थ्य
  • साहित्य/मनोरञ्जन
  • अन्तर्वार्ता
  • अन्तराष्ट्रिय
  • यस भित्र
    • पर्यटन
    • विचार
    • राशिफल
कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्
Gandaki Press
कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्

के अपशब्द बोल्दा, मुख छाड्दा आनन्द आउँछ ?

गण्डकी प्रेस
भदौ ८, २०७८ १९:१२ मा प्रकाशित
सामाजिक सञ्जाल बाट
के अपशब्द बोल्दा, मुख छाड्दा आनन्द आउँछ ?
8
SHARES
Share on FacebookShare on Twitter


फोहरी शब्द बोलेको भन्ने हामीलाई थाहा भएर त्यस्तो हुने हो कि साँच्चिकैमा मुख छाड्दा मस्तिष्कमा वा हाम्रो शरीरमा त्यस्तो केही परिवर्तन नै पनि हुने गर्छ ?

मुख छाड्ने बानी भएकाहरूले बुढी औँला नराम्री ठोक्किँदा होस् वा हतार हुँदा ट्राफिक जाममा पर्दा होस् अथवा जीउमा तातो चिया कफी पोखिँदा नै होस् त्यस्तो अप्रत्याशित अवस्थामा मुखबाट अपशब्द निकाल्छन् ।

र उनीहरूका अनुसार मुख भरीको गाली ओकलेपछि केही मनमा हलुङ्गो वा सन्चो अनुभव हुने गर्छ ।

मुख छाड्ने बानी कसैमा धेरै हुन्छ कसैमा कम र कोही त अत्यधिक खुसीमा पनि मुख छाड्ने गर्छन् । पूर्वीय समाजको दाँजोमा आधुनिक पश्चिमा समाजमा यस्तो प्रवृत्ति बढी देखिन्छ । तर संसारका सबैजसो भाषा र संस्कृतिमा अपशब्द बोल्ने वा मुख छाडेर बोल्ने गरेको व्यवहार देख्न पाइन्छ ।

फोहोरी वा खराब शब्द बोल्नुको पछाडिको वैज्ञानिक कारण के होला त ?

के हो त अपशब्द बोल्नु

“खराब गाली वा अपशब्द यसै कारणले बोलिन्छ भनेर ठोकुवा गरेर भन्नु सहज छैन,” अपशब्द बोल्ने बानीको विषयकी ज्ञाता तथा मुख छाड्नु राम्रो हो भन्ने अर्थको शीर्षक भएको पुस्तककी लेखिका डा। एमा बर्न बताउँछिन् ।

उनी भन्छिन् यो यस्तो भाषा हो जुन हामी कि स्तब्ध हुँदा, अचम्मित हुँदा, खुसी हुँदा, ठट्यौली गर्न खोज्दा वा गाली गरेर आक्रोश व्यक्त गर्न खोज्दा प्रयोग गर्ने गर्छौँ । तर यो सांस्कृतिक अभिव्यक्तिको एउटा चरित्र पनि हो जुन एउटा निश्चित समुदाय, भाषिक समूह, समाज, देश वा धर्मको सन्दर्भ भित्रमा मात्रै अर्थ लाग्ने हुन्छ ।

डा। बर्न भन्छिन्, “समाजले अपशब्द वा फोहोरी शब्द वा मुख छाड्ने भनेको के हो भनेर सर्वसम्मतिले नै निर्धारण गरेको हुन्छ । र त्यस्तो कुरा निश्चित संस्कृतिमा के के कुरा वर्जित छ भन्नेमा आधारित हुन्छ । कतै शरीरको अङ्गको नाम लिँदा फोहर बोलेको हुन्छ, कतै जनावरको नाम लिँदा, कतै रोगको कुरा गर्दा त कतै निश्चित शारीरिक गतिविधिको चर्चा गर्दा ।”

तर अपशब्द बोल्ने कुरामा एउटा महत्त्वपूर्ण तत्त्व हुन्छस् ” मुख छाड्दा भावनात्मक प्रभाव हासिल हुनका लागि कुनै निश्चित समाजमा विद्यमान वर्जित गरिएका विषय वा प्रसङ्ग त्यसमा जोडिएको हुन्छ ।”

डा. बर्न भन्छिन् अपशब्द भनेको त्यस्तो भाषा हो जुन सामान्य शिष्टाचारको अपेक्षा गरिने अवस्थामा पटक्कै बोल्ने गरिँदैन ।

हामी किन मुख छाड्ने गर्छौँ त ?

“सामान्यतया बानी भएकाहरूमा तनावपूर्ण अवस्थामा रहेको बेला वा कुनै अनपेक्षित नराम्रो घटना हुन पुगेको बेला त्यसप्रतिको स्वाभाविक प्रतिक्रिया जसरी नै मुखबाट अपशब्द निस्कने गर्छ । र त्यसो गर्दा एक प्रकारको सुखद अनुभूति हुन्छ,” बीबीसी विश्व सेवाका एक श्रोता ग्याडीले बताए । अन्य श्रोताहरूले पनि त्यस्तो अभिव्यक्तिप्रति सहमति जनाएका छन् ।

” खुसीको अवसरमा पनि मेरो मुखबाट फोहरी शब्द निस्कन्छ वा एकदमै अचम्मित हुँदा पनि । केही कुरामा पश्चात्ताप लाग्दा वा दुख्दा वा रिसमा पनि । मनोदशा अभिव्यक्त गर्ने यो नै सबैभन्दा सच्चा उपाय जस्तो लाग्छ मलाई,” मिखाइल भन्छन् ।

क्लारा भन्छिन्, “म धेरै मुख छाड्ने गर्दिनँ। किनकि मेरो विचारमा धेरै अपशब्द बोलिरहँदा त्यसले भावना अभिव्यक्त गर्ने शक्ति गुमाउँछ कि भन्ने लाग्छ । जुन बेला सर्वथा उपयुक्त हुन्छ त्यही बेला त्यस्तो भाषाको प्रयोग गर्नुपर्छ ।”

निश्चय नै सबै मानिसले मुख छाड्दैनन् । कहिल्यै मुख नछाड्ने मानिसहरू पनि धेरै छन् । तर मुख छाड्दा एकाएक केही मनमा अड्किएर बसेको कुरा जोडले बाहिर फालेको जस्तो अनुभव हुन्छ । केही यस्ता शब्दहरू छन् जुन शब्द बोल्दा तिनमा शक्तिको तह लुकेर रहेको जस्तो अनुभव हुन्छ ।

डा। बर्न भन्छिन् उनले अनुसन्धान गर्दा के पनि फेला पारिन भने मस्तिष्कमा आघात पुगेर बोल्ने क्षमता गुमाएका केही मानिसहरूमा समेत अपशब्द बोल्ने क्षमता भने कायम रहेको हुन्छ ।

उनी भन्छिन् हामीले निश्चित शब्दहरूलाई निकै बलियो संवेदना वा आवेगको भावनासँग जोडेर राखेका हुने रहेछौँ र त्यस्तो संवेदना सामान्य बोलीचालीमा प्रयोग हुने भाषा भन्दा अलग्गै मस्तिष्कमा सुरक्षित रहने गर्दो रहेछ ।

“मुख छाड्ने वा अपशब्द बोल्ने व्यवहार हाम्रो अन्तर्मनको भावनासँग एकदमै नजिकबाट जोडिएको हुन्छ । त्यसैले मुख छाड्न बोलिने शब्दहरू उच्चारण गर्न आवश्यक पर्ने शरीरका मांसपेशीहरूको चालको सङ्केत मस्तिष्कको बेग्लै तर थुप्रै भागमा भण्डारण भएर रहेको हुन्छ । त्यसैले आवश्यक पर्दा त्यो जुन ठाउँबाट पनि उपलब्ध हुन जाँदो रहेछ ।” आनन्द जगाटिया र क्याथी एडवर्डस्रक्राउड साइन्स, बीबीसी

सम्बन्धित समाचार

आजको मौसम : गण्डकीमा मेघ गर्जन केही ठाउँमा हल्का वर्षा
प्रमुख समाचार

आजको मौसम : गण्डकीमा मेघ गर्जन केही ठाउँमा हल्का वर्षा

धारिलो हतियार प्रहारबाट महिलाको मृत्यु, आरोपी फरार
अपराध

सिर्जना हत्या प्रकरण : ज्वाइँ र अर्का भान्जा पक्राउ

जेनजीकाे समर्थनमा : प्रेस चाैतारी तनहुँ उपाध्यक्ष सुनिता आचार्यको राजीनामा
राजनिती

जेनजीकाे समर्थनमा : प्रेस चाैतारी तनहुँ उपाध्यक्ष सुनिता आचार्यको राजीनामा

घट्यो सुनाको मुल्य कतिमा हुँदै छ कारोबार ?
अर्थ

ह्वात्तै बढ्यो सुनको मूल्य, आज कतिमा हुँदैछ कारोबार ?

एमालेबाट निर्वाचित वडा अध्यक्ष थापाले तिरेनन्, सहकारीको ऋण
अर्थ

एमालेबाट निर्वाचित वडा अध्यक्ष थापाले तिरेनन्, सहकारीको ऋण

२० औँ लेखनाथ महोत्सवको तयारी पुरा
अर्थ

२० औँ लेखनाथ महोत्सवको तयारी पुरा

प्रतिक्रिया लेख्नुहोस्:-





हाम्रो बारे

'समाजको ऐना, हामी सत्यमा विश्वास गर्छौं।' गण्डकी प्रेस पोखराबाट सञ्चालित अनलाइन न्युज पोर्टल हो । यस न्युज पोर्टल मार्फत हाम्रो समाज हुने गरेका विकृति, विसंगति, सामाजिक विषयवस्तु, विकास एवं विभिन्न घटनाहरुको सम्प्रेषण गर्दै समुदायलाइ सु-सुचित गर्ने हाम्रो उदेश्य हो ।

गण्डकी प्रेस प्रा.लि. द्वारा संचालित
सूचना तथा प्रशारण विभाग दर्ता नं. २६१४/०७७-०७८ 

हाम्रो समूह

समाचार प्रमुख सुरेशराज अधिकारी
कानूनी सल्लाहाकार  बिमल प्र. लामिछाने
सम्पादक  सुशीलराज अधिकारी
संवाददाता  विष्णु प्र. बसौला
बिनिता सुनार
राज कुमार घिमिरे
ऋषि खतिवडा

सामाजिक सञ्जाल

Facebook Twitter Instagram RSS

सम्पर्क

गण्डकी प्रेस प्रा.लि.
पोखरा -०९, कास्की
gndakipress@gmail.com
सम्पर्क : +977 - 9856000233

© 2021 All Right Reserved With Gandaki Press - Designed by MPG Solution.

  • Privacy Policy
  • गण्डकी प्रेस
  • प्रिती बाट युनिकोड
  • राशिफल
  • समाचार
  • सम्पर्क
  • सामाजिक सञ्जाल बाट
  • हाम्रो बारे
  • हाम्रो समूह

कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्
  • गृहपृष्ठ
  • समाचार
  • अपराध
  • समाज
  • राजनिती
  • अर्थ
  • खेलकुद
  • शिक्षा/स्वास्थ्य
  • साहित्य/मनोरञ्जन
  • अन्तर्वार्ता
  • अन्तराष्ट्रिय
  • यस भित्र
    • पर्यटन
    • विचार
    • राशिफल

© 2026All Right Reserved WithGandaki Press - Designed by MPG Solution.

ताजा खबरहरु

लुम्बिनी प्रदेशका मन्त्रीहरुले सामुहिक राजिनामा दिदै

लुम्बिनी प्रदेशका मन्त्रीहरुले सामुहिक राजिनामा दिदै

रविन्द्र ढाँट अब सेमिफाइनलमा

रविन्द्र ढाँट अब सेमिफाइनलमा

बेगनासताल–पोखरा यातायातले कडाइ गर्दै, २ मिनेट बढि राेक्नेलाई जरिवाना

बेगनासताल–पोखरा यातायातले कडाइ गर्दै, २ मिनेट बढि राेक्नेलाई जरिवाना

१५ दिनमा भाडा नबुझाए ग्यालेक्सी टेलिभिजनका सामान लिलाम

१५ दिनमा भाडा नबुझाए ग्यालेक्सी टेलिभिजनका सामान लिलाम

सवारी दुर्घटनामा ४ जनाको मृत्यु

बस दुर्घटनामा ३८ जना घाईते

हिउँ खेल्ने क्रममा एक जनाको मृत्यु

जंगली च्याउ खाएर बिरामी परेका दुई जनाको मृत्यु

नक्कली मदिरा बनाउने कारखानामा सशस्त्रको छापा, चार जना नियन्त्रणमा

नक्कली मदिरा बनाउने कारखानामा सशस्त्रको छापा, चार जना नियन्त्रणमा

अस्पतालको रकम हिनामिना प्रकरणमा बैंक र अस्पतालका ५ जना पक्राउ

अस्पतालको रकम हिनामिना प्रकरणमा बैंक र अस्पतालका ५ जना पक्राउ

श्रीमानको हस्ताक्षर किर्ते, बैंकबाट ५० लाख ॠण, २ पक्राउ

श्रीमानको हस्ताक्षर किर्ते, बैंकबाट ५० लाख ॠण, २ पक्राउ

चर्चित खबरहरु

लुम्बिनी प्रदेशका मन्त्रीहरुले सामुहिक राजिनामा दिदै

लुम्बिनी प्रदेशका मन्त्रीहरुले सामुहिक राजिनामा दिदै

पोखरामा ASEZ द्वारा ‘निलो कार्बन’ संरक्षण अभियान र सरसफाई कार्यक्रम सम्पन्न

पोखरामा ASEZ द्वारा ‘निलो कार्बन’ संरक्षण अभियान र सरसफाई कार्यक्रम सम्पन्न

Privity of Contract and its Specifications with Reference to Nepal

Socialist Legal System: An Assessment of Theory and Practice With Special Reference to Nepal 

Models of Constitution Making with Reference to Nepal

BAR-BENCH RELATION IN NEPAL

बेगनासताल–पोखरा यातायातले कडाइ गर्दै, २ मिनेट बढि राेक्नेलाई जरिवाना

बेगनासताल–पोखरा यातायातले कडाइ गर्दै, २ मिनेट बढि राेक्नेलाई जरिवाना

सवारी दुर्घटनामा ४ जनाको मृत्यु

बस दुर्घटनामा ३८ जना घाईते

रविन्द्र ढाँट अब सेमिफाइनलमा

रविन्द्र ढाँट अब सेमिफाइनलमा

हिउँ खेल्ने क्रममा एक जनाको मृत्यु

जंगली च्याउ खाएर बिरामी परेका दुई जनाको मृत्यु

नक्कली मदिरा बनाउने कारखानामा सशस्त्रको छापा, चार जना नियन्त्रणमा

नक्कली मदिरा बनाउने कारखानामा सशस्त्रको छापा, चार जना नियन्त्रणमा