नेपाली बजारमा सोमबार सुनचाँदीको मूल्यमा भारी वृद्धि भएको छ । आज सुनको मूल्य प्रतितोला १ हजार ४ सय तथा चाँदी प्रतितोला १५ रुपैयाँले बढेको हो ।

नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज छापावाल सुन प्रतितोला १ लाख ६९ हजार ६ सय रुपैयाँमा कारोबार भइरहेको छ । आइतबार छापावाल सुन प्रतितोला १ लाख ६८ हजार २ सय रुपैयाँमा कारोबार भएको थियो ।
आज चाँदी प्रतितोला १ हजार ९७५ रुपैयाँमा किनबेच भइरहेको छ । आइतबार चाँदी १ हजार ९६० रुपैयाँमा कारोबार भएको थियो ।
प्रतिक्रिया लेख्नुहोस्:-