काठमाडौँ, ७ भदौ । अफगानिस्तानमा रहेका थप १४९ जना नेपालीको उद्धार गरिएको छ ।
परराष्ट्र मन्त्रालयका अनुसार आइतबार राति दुबईको उडानबाट ३९ जना, सोमबार टर्किस एयरबाट ७ जना र कतार एयरको उडानबाट १०४ जनालाई नेपाल फर्काइएको हो ।
परराष्ट्र मन्त्रालयले अहिलेसम्म अफगानिस्तानबाट ६५४ जना नेपालीको उद्धार गरेको छ ।






















प्रतिक्रिया लेख्नुहोस्:-