२०८३ मंसिर ९, मङ्लबार
प्रिती बाट युनिकोड
Gandaki Press
lJMN6.gif
  • गृहपृष्ठ
  • समाचार
  • अपराध
  • समाज
  • राजनिती
  • अर्थ
  • खेलकुद
  • शिक्षा/स्वास्थ्य
  • साहित्य/मनोरञ्जन
  • अन्तर्वार्ता
  • अन्तराष्ट्रिय
  • यस भित्र
    • पर्यटन
    • विचार
    • राशिफल
कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्
  • गृहपृष्ठ
  • समाचार
  • अपराध
  • समाज
  • राजनिती
  • अर्थ
  • खेलकुद
  • शिक्षा/स्वास्थ्य
  • साहित्य/मनोरञ्जन
  • अन्तर्वार्ता
  • अन्तराष्ट्रिय
  • यस भित्र
    • पर्यटन
    • विचार
    • राशिफल
कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्
Gandaki Press
कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्

बाढीले खोसेको बाल्यकालमा फेरि फर्कियो हाँसो र खुसी

नुवाकोट र रसुवाका बाढी प्रभावित बालबालिकासँग कलाकारको रमाइलो संगत; हाँसो, खेल र सिर्जनात्मक गतिविधिमार्फत मनोसामाजिक स्वास्थ्यमा सहयोग

गण्डकी प्रेस
मंसिर ९, २०८३ २०:०१ मा प्रकाशित
प्रमुख समाचार, समाचार, समाज
बाढीले खोसेको बाल्यकालमा फेरि फर्कियो हाँसो र खुसी
0
SHARES
Share on FacebookShare on Twitter

काठमाडौं / बाढीले घर, विद्यालय र खेल्ने आँगन मात्र क्षतिग्रस्त बनाएन, नुवाकोट र रसुवाका धेरै बालबालिकाको दैनिकीबाट हाँसो, रमाइलो र बालसुलभ गतिविधिसमेत खोस्यो । गत सेप्टेम्बर २६ मा भोटेकोशी–त्रिशूली नदी प्रणालीमा आएको बाढीपछि प्रभावित बालबालिकाको जीवनमा फेरि खुसी र उमङ्ग फर्काउने प्रयासस्वरूप कलाकारहरू उनीहरूकै समुदायमा पुगेका छन् ।
प्लान इन्टरनेसनल नेपाल, क्लाउन्स विदाउट बोर्डर्स यूके र शिल्पी थिएटर नेपालको सहकार्यमा आयोजित सिर्जनात्मक प्रस्तुति तथा खेल गतिविधिले बाढी प्रभावित बालबालिकालाई हाँस्ने, खेल्ने, रमाउने र आफ्ना भावना अभिव्यक्त गर्ने अवसर प्रदान गरेको छ ।
कार्तिक २९ देखि मंसीर ६ सम्म सञ्चालित कार्यक्रममा अन्तर्राष्ट्रिय तथा नेपाली कलाकारहरूले विद्यालय र समुदायमा पुगेर मनोरञ्जनात्मक प्रस्तुति, सामूहिक खेल, सिर्जनात्मक अभ्यास र अन्तरक्रियात्मक गतिविधि सञ्चालन गरेका थिए । कार्यक्रमको उद्देश्य बालबालिकालाई केही समय रमाइलो गराउनु मात्र नभई उनीहरूको मनोसामाजिक स्वास्थ्यमा सहयोग पु¥याउनु, साथीहरूसँगको सम्बन्ध पुनः स्थापित गर्नु र सुरक्षित वातावरणमा बाल्यकालका स्वाभाविक गतिविधिमा सहभागी गराउनु रहेको प्लान इन्टरनेशनल नेपालका मिडिया तथा सञ्चार विज्ञ विभुराज आचार्यले जानकारी दिनुभयो ।

बाढीका कारण बालबालिकाले घर तथा विद्यालयमा भएको क्षतिसँगै नियमित पढाइ, सामाजिक सम्बन्ध र खेल्ने सुरक्षित स्थानसमेत गुमाउनुपरेको थियो । विपद्का बेला राहत सामग्री र भौतिक पुनर्निर्माण जति आवश्यक हुन्छ, बालबालिकाको भावनात्मक अवस्था र मानसिक स्वास्थ्यलाई सम्बोधन गर्नु पनि उत्तिकै महत्वपूर्ण हुन्छ भन्ने मान्यताका साथ कार्यक्रम सञ्चालन गरिएको प्लान इन्टरनेसनल नेपालले जनाएको छ ।
कार्यक्रममा बालबालिकाले कलाकारका प्रस्तुति हेर्नुका साथै प्रस्तुति सकिएपछि आयोजित कार्यशालामा समेत सहभागी भएर विभिन्न सिर्जनात्मक गतिविधि गरेका थिए । यसले उनीहरूलाई आफ्ना भावना व्यक्त गर्न, नयाँ कुरा सिक्न, साथीहरूसँग घुलमिल हुन र सकारात्मक अनुभव साटासाट गर्न सहयोग पु¥याएको थियो ।

क्लाउन्स विदाउट बोर्डर्सकी कलाकार हानाले बाढी प्रभावित समुदायमा बालबालिकासँग काम गर्दाको अनुभवलाई अर्थपूर्ण बताउनुभयो । उहाँले भन्नुभयो, “यी समुदायमा आएर बालबालिकाका लागि प्रस्तुति दिनु मेरा लागि अत्यन्त अर्थपूर्ण अनुभव रह्यो । यहाँको अवस्था हामीले सामान्यतया सामना गर्ने परिस्थितिभन्दा फरक थियो । बालबालिकाले भोगेका अनुभव देख्दा प्रस्तुतिको अर्थ नै फरक महसुस भयो । यस्तो समयमा यहाँ आएर हाँसो र खेलमार्फत बालबालिकासँग काम गर्न पाउँदा मलाई निकै खुसी लागेको छ ।”
कार्यक्रमले बालबालिकासँग प्रत्यक्ष गतिविधि सञ्चालन गर्नुका साथै स्थानीय स्तरमा बालमैत्री सिर्जनात्मक अभ्यासलाई निरन्तरता दिन सक्ने जनशक्ति तयार पार्न पनि जोड दिएको थियो । यसअन्तर्गत कार्यान्वयन साझेदार संस्थाका कर्मचारी तथा समुदायका स्वयंसेवकलाई ‘लाफ्टर एन्ड प्ले’ (हाँसो र खेल) पद्धतिबारे क्षमता विकास तालिम प्रदान गरिएको थियो । ‘लिभ इट, लर्न इट, लिड इट’ अर्थात् अनुभव गर, सिक र नेतृत्व गर भन्ने अवधारणामा आधारित तालिमले सहभागीलाई बालबालिकासँग सिर्जनात्मक तथा स्थानीय संस्कृति अनुकूलका गतिविधि सञ्चालन गर्ने व्यावहारिक सीप प्रदान गरेको थियो ।
नुवाकोटको बेलकोटगढी र विदुर नगरपालिका तथा रसुवाको कालिका र उत्तरगया गाउँपालिकाका विभिन्न विद्यालयमा प्रस्तुति तथा खेल गतिविधि सञ्चालन गरिएको थियो । तालिम र क्षमता विकासका गतिविधि भने विदुरमा आयोजना गरिएको थियो ।
कार्यक्रम प्लान इन्टरनेसनल नेपालका स्थानीय साझेदार संस्थाहरू डिप्रोस्क नेपाल, किर्डाक नेपाल र सिविन नेपालको सहकार्यमा सञ्चालन गरिएको हो ।

प्लान इन्टरनेसनल र क्लाउन्स विदाउट बोर्डर्सबीच १५ वर्षभन्दा लामो समयदेखि विश्वव्यापी साझेदारी रहँदै आएको छ । यस साझेदारीमार्फत मानवीय संकट तथा विपद्बाट प्रभावित बालबालिका र किशोरकिशोरीका लागि सिर्जनात्मक कला, मनोरञ्जनात्मक प्रस्तुति र खेलमा आधारित गतिविधि सञ्चालन हुँदै आएका छन् ।

नुवाकोट र रसुवामा सञ्चालित यस कार्यक्रमले विपद् व्यवस्थापन तथा मानवीय सहायतामा बालबालिकाको मनोसामाजिक स्वास्थ्य, खेल र सिर्जनशीलतालाई पनि प्राथमिकतामा राख्नुपर्ने सन्देश दिएको छ । भौतिक संरचना पुनर्निर्माणसँगै बालबालिकाको सुरक्षित बाल्यकाल, सामाजिक सम्बन्ध र भावनात्मक खुसी पुनःस्थापित गर्नु पनि विपद्पछिको पुनर्लाभको महत्वपूर्ण पाटो हो भन्ने कुरा यस पहलले उजागर गरेको छ ।

सम्बन्धित समाचार

२२ औं लेखनाथ महोत्सव पुस २ गतेदेखी, २ लाख ७० हजार दर्शक भित्राउने लक्ष्य
अर्थ

२२ औं लेखनाथ महोत्सव पुस २ गतेदेखी, २ लाख ७० हजार दर्शक भित्राउने लक्ष्य

हेमजालाई काव्य नगरि घोषणा गर्दै सकियो साहित्य महोत्सव
प्रमुख समाचार

हेमजालाई काव्य नगरि घोषणा गर्दै सकियो साहित्य महोत्सव

पोखराको बाल आश्रममा आगलागी, दुई भवनको माथिल्लो तला जलेर नष्ट
प्रमुख समाचार

पोखराको बाल आश्रममा आगलागी, दुई भवनको माथिल्लो तला जलेर नष्ट

मलेसियामा पठाइने रकम हिनामिनाको आरोपमा पूर्वमन्त्रीसहित ६ जना पक्राउ
अपराध

मलेसियामा पठाइने रकम हिनामिनाको आरोपमा पूर्वमन्त्रीसहित ६ जना पक्राउ

वडा सदस्यको हस्ताक्षर किर्ते गरेर गाउँसभा चलाउने  गाउँपालिका अध्यक्ष पक्राउ
अपराध

वडा सदस्यको हस्ताक्षर किर्ते गरेर गाउँसभा चलाउने  गाउँपालिका अध्यक्ष पक्राउ

२४ घण्टामा सवारी दुर्घटनामा १३ जनाको मृत्यु, १६६ घाइते
प्रमुख समाचार

२४ घण्टामा सवारी दुर्घटनामा १३ जनाको मृत्यु, १६६ घाइते

प्रतिक्रिया लेख्नुहोस्:-

हाम्रो बारे

'समाजको ऐना, हामी सत्यमा विश्वास गर्छौं।' गण्डकी प्रेस पोखराबाट सञ्चालित अनलाइन न्युज पोर्टल हो । यस न्युज पोर्टल मार्फत हाम्रो समाज हुने गरेका विकृति, विसंगति, सामाजिक विषयवस्तु, विकास एवं विभिन्न घटनाहरुको सम्प्रेषण गर्दै समुदायलाइ सु-सुचित गर्ने हाम्रो उदेश्य हो ।

गण्डकी प्रेस प्रा.लि. द्वारा संचालित
सूचना तथा प्रशारण विभाग दर्ता नं. २६१४/०७७-०७८ 

हाम्रो समूह

समाचार प्रमुख सुरेशराज अधिकारी
कानूनी सल्लाहाकार  बिमल प्र. लामिछाने
सम्पादक  सुशीलराज अधिकारी
संवाददाता  विष्णु प्र. बसौला
बिनिता सुनार
राज कुमार घिमिरे
ऋषि खतिवडा

सामाजिक सञ्जाल

Facebook Twitter Instagram RSS

सम्पर्क

गण्डकी प्रेस प्रा.लि.
पोखरा -०९, कास्की
gndakipress@gmail.com
सम्पर्क : +977 - 9856000233

© 2021 All Right Reserved With Gandaki Press - Designed by MPG Solution.

  • Privacy Policy
  • गण्डकी प्रेस
  • प्रिती बाट युनिकोड
  • राशिफल
  • समाचार
  • सम्पर्क
  • सामाजिक सञ्जाल बाट
  • हाम्रो बारे
  • हाम्रो समूह

कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्
  • गृहपृष्ठ
  • समाचार
  • अपराध
  • समाज
  • राजनिती
  • अर्थ
  • खेलकुद
  • शिक्षा/स्वास्थ्य
  • साहित्य/मनोरञ्जन
  • अन्तर्वार्ता
  • अन्तराष्ट्रिय
  • यस भित्र
    • पर्यटन
    • विचार
    • राशिफल

© 2026All Right Reserved WithGandaki Press - Designed by MPG Solution.

ताजा खबरहरु

बाढीले खोसेको बाल्यकालमा फेरि फर्कियो हाँसो र खुसी

बाढीले खोसेको बाल्यकालमा फेरि फर्कियो हाँसो र खुसी

२२ औं लेखनाथ महोत्सव पुस २ गतेदेखी, २ लाख ७० हजार दर्शक भित्राउने लक्ष्य

२२ औं लेखनाथ महोत्सव पुस २ गतेदेखी, २ लाख ७० हजार दर्शक भित्राउने लक्ष्य

हेमजालाई काव्य नगरि घोषणा गर्दै सकियो साहित्य महोत्सव

हेमजालाई काव्य नगरि घोषणा गर्दै सकियो साहित्य महोत्सव

पोखराको बाल आश्रममा आगलागी, दुई भवनको माथिल्लो तला जलेर नष्ट

पोखराको बाल आश्रममा आगलागी, दुई भवनको माथिल्लो तला जलेर नष्ट

मलेसियामा पठाइने रकम हिनामिनाको आरोपमा पूर्वमन्त्रीसहित ६ जना पक्राउ

मलेसियामा पठाइने रकम हिनामिनाको आरोपमा पूर्वमन्त्रीसहित ६ जना पक्राउ

वडा सदस्यको हस्ताक्षर किर्ते गरेर गाउँसभा चलाउने  गाउँपालिका अध्यक्ष पक्राउ

वडा सदस्यको हस्ताक्षर किर्ते गरेर गाउँसभा चलाउने  गाउँपालिका अध्यक्ष पक्राउ

२४ घण्टामा सवारी दुर्घटनामा १३ जनाको मृत्यु, १६६ घाइते

२४ घण्टामा सवारी दुर्घटनामा १३ जनाको मृत्यु, १६६ घाइते

बलिङमा उत्कृष्ट पर्वतको ब्याटिङ नचल्दा पराजित

बलिङमा उत्कृष्ट पर्वतको ब्याटिङ नचल्दा पराजित

बलेरोमा स्कुटर ठोक्कीदाँ दुइको मृत्यु

बलेरोमा स्कुटर ठोक्कीदाँ दुइको मृत्यु

चर्चित खबरहरु

मापसे गरि फेवातालमा हाम फालेका युवकको उद्धार

मापसे गरि फेवातालमा हाम फालेका युवकको उद्धार

२२ औं लेखनाथ महोत्सव पुस २ गतेदेखी, २ लाख ७० हजार दर्शक भित्राउने लक्ष्य

२२ औं लेखनाथ महोत्सव पुस २ गतेदेखी, २ लाख ७० हजार दर्शक भित्राउने लक्ष्य