संयुक्त अरब इमिरेट्स (यूएई) को फुजैराह इमिरेटमा १८ वटा कार र पाँचवटा ट्रक आपसमा ठोक्किँदा कम्तीमा १४ जनाको मृत्यु भएको छ भने अन्य ३० जना घाइते भएका छन्।
यूएईको गृह मन्त्रालयले बिहीबार विज्ञप्ति जारी गर्दै उक्त भीषण सवारी दुर्घटनाबारे जानकारी दिएको हो।
मन्त्रालयका अनुसार दुर्घटना बुधबार मध्यरात हुनुभन्दा केही समयअघि फुजैराहको प्रवेशद्वारमा भएको थियो। एक ट्रक चालकले सवारीसाधनको नियन्त्रण गुमाएपछि अर्को ट्रकसँग ठोक्किएको थियो।
त्यसपछि दुवै ट्रक सडकबाट अनियन्त्रित भई सुस्त गतिको ट्राफिकका कारण रोकिएका अन्य सवारीसाधनहरूमा गएर जोतिएका थिए। ठक्करलगत्तै ट्रकमा आगलागी भएको र आगोको लप्काले अन्य थुप्रै सवारीसाधनलाई चपेटामा लिएको मन्त्रालयले जनाएको छ।
प्रहरीका अनुसार मृत्यु पुष्टि भएका १४ जनामा यूएईका नागरिकका साथै केही विदेशी नागरिकसमेत रहेका छन्। मृतकहरूको पहिचानका लागि डीएनए परीक्षण भइरहेको प्रहरीले जनाएको छ। मन्त्रालयले घाइते हुनेहरूमा यूएई, ओमान, भारत, ब्राजिल, पाकिस्तान, जोर्डन र इजिप्टका नागरिकहरू रहेको जानकारी दिएको छ।
'समाजको ऐना, हामी सत्यमा विश्वास गर्छौं।' गण्डकी प्रेस पोखराबाट सञ्चालित अनलाइन न्युज पोर्टल हो । यस न्युज पोर्टल मार्फत हाम्रो समाज हुने गरेका विकृति, विसंगति, सामाजिक विषयवस्तु, विकास एवं विभिन्न घटनाहरुको सम्प्रेषण गर्दै समुदायलाइ सु-सुचित गर्ने हाम्रो उदेश्य हो ।
गण्डकी प्रेस प्रा.लि. द्वारा संचालित
सूचना तथा प्रशारण विभाग दर्ता नं. २६१४/०७७-०७८



























प्रतिक्रिया लेख्नुहोस्:-