२०८३ अशोज १९, सोमवार
प्रिती बाट युनिकोड
Gandaki Press
lJMN6.gif
  • गृहपृष्ठ
  • समाचार
  • अपराध
  • समाज
  • राजनिती
  • अर्थ
  • खेलकुद
  • शिक्षा/स्वास्थ्य
  • साहित्य/मनोरञ्जन
  • अन्तर्वार्ता
  • अन्तराष्ट्रिय
  • यस भित्र
    • पर्यटन
    • विचार
    • राशिफल
कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्
  • गृहपृष्ठ
  • समाचार
  • अपराध
  • समाज
  • राजनिती
  • अर्थ
  • खेलकुद
  • शिक्षा/स्वास्थ्य
  • साहित्य/मनोरञ्जन
  • अन्तर्वार्ता
  • अन्तराष्ट्रिय
  • यस भित्र
    • पर्यटन
    • विचार
    • राशिफल
कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्
Gandaki Press
कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्

अख्तियारमा पोखरा महानगरविरुद्ध सबैभन्दा बढी उजुरी

प्रतिवेदनअनुसार उक्त आर्थिक वर्षमा अख्तियारको पोखरा कार्यालयमा १ हजार १५० वटा नयाँ उजुरी दर्ता भएका थिए।

गण्डकी प्रेस
अशोज १९, २०८३ २१:३३ मा प्रकाशित
प्रमुख समाचार, समाचार
अख्तियारमा पोखरा महानगरविरुद्ध सबैभन्दा बढी उजुरी
0
SHARES
Share on FacebookShare on Twitter

पोखरा — गण्डकी प्रदेशका १० जिल्लाका स्थानीय तहमध्ये पोखरा महानगरपालिकासँग सम्बन्धित सबैभन्दा बढी उजुरी अख्तियार दुरुपयोग अनुसन्धान आयोगको पोखरा कार्यालयमा परेको छ। आयोगको आर्थिक वर्ष २०८२/८३ को वार्षिक प्रतिवेदनमा पोखरा महानगरपालिका उजुरीको संख्याका हिसाबले अग्रस्थानमा रहेको उल्लेख छ।

अख्तियारको पोखरा कार्यालयले सोमबार गण्डकी प्रदेश प्रमुख डिल्लीराज भट्टसमक्ष आर्थिक वर्ष २०८२/८३ को ३६ औं वार्षिक प्रतिवेदन पेस गरेको हो। कार्यालय प्रमुख नारायणप्रसाद सापकोटाले संविधानको धारा २९४ को उपधारा (३) बमोजिम प्रदेश प्रमुखसमक्ष प्रतिवेदन पेस गरेका हुन्।

प्रतिवेदनअनुसार उक्त आर्थिक वर्षमा अख्तियारको पोखरा कार्यालयमा १ हजार १५० वटा नयाँ उजुरी दर्ता भएका थिए। अघिल्लो आर्थिक वर्षबाट जिम्मेवारी सरेर आएका १८७ उजुरीसहित कुल १ हजार ३३७ उजुरी कार्यालयको जिम्मेवारीमा थिए।

तीमध्ये १ हजार १६० उजुरीको स्क्रिनिङ सम्पन्न भएको र १७७ उजुरी फर्छ्योट हुन बाँकी रहेको कार्यालयले जनाएको छ। यस्तै, विस्तृत अनुसन्धानतर्फ १११ उजुरी अनुसन्धानमा रहेका छन्।

गण्डकीका १० जिल्लाका स्थानीय तहसँग सम्बन्धित उजुरीमध्ये पोखरा महानगरपालिकाविरुद्ध सबैभन्दा बढी उजुरी परेको अख्तियारले जनाएको छ। यद्यपि महानगरपालिकासँग सम्बन्धित उजुरीको संख्या भने प्रतिवेदनमा छुट्टै सार्वजनिक गरिएको छैन।

प्रदेश प्रमुख भट्टले आर्थिक अनियमितता अन्त्य र भ्रष्टाचार नियन्त्रण चुनौतीपूर्ण रहेको उल्लेख गर्दै सुशासन स्थापना र लोकतान्त्रिक प्रणाली सुदृढ गर्न अख्तियारको भूमिका महत्त्वपूर्ण रहेको बताए।

उनले विकासको बाधकका रूपमा रहेको भ्रष्टाचार नियन्त्रणका लागि राज्यको तल्लो तहदेखि माथिल्लो तहसम्म जिम्मेवार व्यक्तिहरूको नैतिक आचरण र जवाफदेहिता आवश्यक रहेकोमा जोड दिए।

अख्तियार पोखरा कार्यालय प्रमुख सापकोटाले सार्वजनिक पद धारण गरेका व्यक्तिले भ्रष्टाचार गरी अख्तियारको दुरुपयोग गरेको सम्बन्धमा प्राप्त उजुरीको प्रारम्भिक छानबिन तथा विस्तृत अनुसन्धान गर्ने काम भइरहेको जानकारी दिए। भ्रष्टाचार पुष्टि हुने उजुरीमा विशेष अदालतमा आरोपपत्र दायर गर्ने र अदालतको फैसलामा चित्त नबुझे सर्वोच्च अदालतमा पुनरावेदन गर्ने कार्यसमेत आयोगले गर्दै आएको उनले बताए।

सापकोटाका अनुसार आयोगले भ्रष्टाचार नियन्त्रण तथा सुशासन प्रवर्द्धनका लागि उपचारात्मक, निरोधात्मक र प्रवर्द्धनात्मक रणनीति अघि बढाएको छ। पछिल्लो समय आयोगलाई प्राप्त सम्पत्ति शुद्धीकरणसम्बन्धी कसुरको अनुसन्धान तथा अभियोजनलाई समेत प्राथमिकताका साथ अघि बढाइएको उनले बताए।

सम्बन्धित समाचार

अत्यावश्यकबाहेक भोटेकोशी–त्रिशूली बाढीको खोज तथा उद्धार स्थगित
प्रमुख समाचार

अत्यावश्यकबाहेक भोटेकोशी–त्रिशूली बाढीको खोज तथा उद्धार स्थगित

गण्डकीका मुख्यमन्त्री पाण्डेद्वारा बाढीपहिरोको क्षतिबारे संघ सरकारको ध्यानाकर्षण
राजनिती

गण्डकीका मुख्यमन्त्री पाण्डेद्वारा बाढीपहिरोको क्षतिबारे संघ सरकारको ध्यानाकर्षण

कांग्रेस कास्की क्षेत्र नं. २ सहसचिवमा  कोइराला भारी मतले विजयी
राजनिती

कांग्रेस कास्की क्षेत्र नं. २ सहसचिवमा कोइराला भारी मतले विजयी

युवा नेता नेपाली निर्विरोध
प्रमुख समाचार

युवा नेता नेपाली निर्विरोध

पहिरोले विधालय भवन जोखिममा
प्रमुख समाचार

पहिरोले विधालय भवन जोखिममा

खैरो हिरोइनसहित २ पक्राउ
अपराध

खैरो हिरोइनसहित २ पक्राउ

प्रतिक्रिया लेख्नुहोस्:-

हाम्रो बारे

'समाजको ऐना, हामी सत्यमा विश्वास गर्छौं।' गण्डकी प्रेस पोखराबाट सञ्चालित अनलाइन न्युज पोर्टल हो । यस न्युज पोर्टल मार्फत हाम्रो समाज हुने गरेका विकृति, विसंगति, सामाजिक विषयवस्तु, विकास एवं विभिन्न घटनाहरुको सम्प्रेषण गर्दै समुदायलाइ सु-सुचित गर्ने हाम्रो उदेश्य हो ।

गण्डकी प्रेस प्रा.लि. द्वारा संचालित
सूचना तथा प्रशारण विभाग दर्ता नं. २६१४/०७७-०७८ 

हाम्रो समूह

समाचार प्रमुख सुरेशराज अधिकारी
कानूनी सल्लाहाकार  बिमल प्र. लामिछाने
सम्पादक  सुशीलराज अधिकारी
संवाददाता  विष्णु प्र. बसौला
बिनिता सुनार
राज कुमार घिमिरे
ऋषि खतिवडा

सामाजिक सञ्जाल

Facebook Twitter Instagram RSS

सम्पर्क

गण्डकी प्रेस प्रा.लि.
पोखरा -०९, कास्की
gndakipress@gmail.com
सम्पर्क : +977 - 9856000233

© 2021 All Right Reserved With Gandaki Press - Designed by MPG Solution.

  • Privacy Policy
  • गण्डकी प्रेस
  • प्रिती बाट युनिकोड
  • राशिफल
  • समाचार
  • सम्पर्क
  • सामाजिक सञ्जाल बाट
  • हाम्रो बारे
  • हाम्रो समूह

कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्
  • गृहपृष्ठ
  • समाचार
  • अपराध
  • समाज
  • राजनिती
  • अर्थ
  • खेलकुद
  • शिक्षा/स्वास्थ्य
  • साहित्य/मनोरञ्जन
  • अन्तर्वार्ता
  • अन्तराष्ट्रिय
  • यस भित्र
    • पर्यटन
    • विचार
    • राशिफल

© 2026All Right Reserved WithGandaki Press - Designed by MPG Solution.

ताजा खबरहरु

अख्तियारमा पोखरा महानगरविरुद्ध सबैभन्दा बढी उजुरी

अख्तियारमा पोखरा महानगरविरुद्ध सबैभन्दा बढी उजुरी

अत्यावश्यकबाहेक भोटेकोशी–त्रिशूली बाढीको खोज तथा उद्धार स्थगित

अत्यावश्यकबाहेक भोटेकोशी–त्रिशूली बाढीको खोज तथा उद्धार स्थगित

गण्डकीका मुख्यमन्त्री पाण्डेद्वारा बाढीपहिरोको क्षतिबारे संघ सरकारको ध्यानाकर्षण

गण्डकीका मुख्यमन्त्री पाण्डेद्वारा बाढीपहिरोको क्षतिबारे संघ सरकारको ध्यानाकर्षण

कांग्रेस कास्की क्षेत्र नं. २ सहसचिवमा  कोइराला भारी मतले विजयी

कांग्रेस कास्की क्षेत्र नं. २ सहसचिवमा कोइराला भारी मतले विजयी

युवा नेता नेपाली निर्विरोध

युवा नेता नेपाली निर्विरोध

पहिरोले विधालय भवन जोखिममा

पहिरोले विधालय भवन जोखिममा

खैरो हिरोइनसहित २ पक्राउ

खैरो हिरोइनसहित २ पक्राउ

कास्कीको मर्दी खोलाले खतराको तह नाघ्यो

कास्कीको मर्दी खोलाले खतराको तह नाघ्यो

पर्वत  काङ्ग्रेस  वृत्तमा तरङ्ग २३ वर्षीय सुवेदी खुल्लाबाट प्रदेश महाधिवेशन प्रतिनिधि भिड्दै

पर्वत  काङ्ग्रेस  वृत्तमा तरङ्ग २३ वर्षीय सुवेदी खुल्लाबाट प्रदेश महाधिवेशन प्रतिनिधि भिड्दै

चर्चित खबरहरु

युवा नेता नेपाली निर्विरोध

युवा नेता नेपाली निर्विरोध

कांग्रेस कास्की क्षेत्र नं. २ सहसचिवमा  कोइराला भारी मतले विजयी

कांग्रेस कास्की क्षेत्र नं. २ सहसचिवमा कोइराला भारी मतले विजयी

Privity of Contract and its Specifications with Reference to Nepal

Socialist Legal System: An Assessment of Theory and Practice With Special Reference to Nepal 

जनप्रिय क्याम्पसमा अनेरास्ववियु संग कुनै तालमेल भएको छैन : क्रान्तिकारी

जनप्रिय क्याम्पसमा अनेरास्ववियु संग कुनै तालमेल भएको छैन : क्रान्तिकारी

पर्वत  काङ्ग्रेस  वृत्तमा तरङ्ग २३ वर्षीय सुवेदी खुल्लाबाट प्रदेश महाधिवेशन प्रतिनिधि भिड्दै

पर्वत  काङ्ग्रेस  वृत्तमा तरङ्ग २३ वर्षीय सुवेदी खुल्लाबाट प्रदेश महाधिवेशन प्रतिनिधि भिड्दै

औषधि व्यवस्था विभागले पोखराका  २ औषधी पसल निलम्बन

औषधि व्यवस्था विभागले पोखराका २ औषधी पसल निलम्बन

पोखरामा रक व्याण्ड अल्बाट्रोस आउदै, रातकी रानी एल्बम लन्चिङ गर्ने

पोखरामा रक व्याण्ड अल्बाट्रोस आउदै, रातकी रानी एल्बम लन्चिङ गर्ने

शशांक कोइरालाले संसद् बैठकमै सूर्तिजन्य पदार्थ सेवन गरेपछि आलोचना

शशांक कोइरालाले संसद् बैठकमै सूर्तिजन्य पदार्थ सेवन गरेपछि आलोचना

युवराज कँडेलले छाडे ग्यालेक्सी फोर के टेलिभिजन

युवराज कँडेलले छाडे ग्यालेक्सी फोर के टेलिभिजन