पोखरा / फ्लाई दुबईले बुधबारदेखी पोखरा अन्तर्राष्ट्रिय विमानस्थलबाट नियमित उडान सुरु गरेको छ । करिब तीन बर्षअघि संचालनमा आएको विमानस्थलबाट फ्लाई दुबईले, दुबई–पोखरा–दुबई रुटमा नियमित उडान थालेको हो । दुबईबाट १ सय २५ जना लिएर उडेको जहाज साँझ ६ः१५ बजे पोखरा अन्तरराष्ट्रिय विमानस्थलमा अवतरण गरेको छ । त्यसै गरि पोखराबाट १५३ जना यात्रु लिएर बुधबार साँझ ७ः१५ बजे जहाज दुबईका लागि उडेको छ ।
फ्लाई दुबईको ७३७ र म्याक्स ऐट, म्याक्स नाईनले पोखरा–दुबई उडान गरेको हो । जहाजमा १ सय ३८ देखि १ सय ८९ सम्म यात्रु क्षमता रहेको कम्पनीको दावी छ । फ्लाई दुबईको हरेक दिन साँझ ६ः१५ बजे पोखरा अवतरण गर्ने र ७ः१५ बजे पोखरादेखि दुबईका लागि प्रस्थानको तालिका रहेको छ । फ्लाई दुबईले सन् २०२७ को मार्च २६ अर्थात ६ महिनका लागि टिकट बुकिङ खुला गरेको छ ।
पोखरा आइपुग्दा फ्लाई दुबईको विमानलाई पोखरा विमानस्थलमा पानीको फोहोराले स्वागत गरिएको छ । यूएईका प्रधानमन्त्री शेख मोहम्मद बिन रासिद अल मक्तुमका कान्छा भाइ शेख अहमद बिन रासिद अल मक्तुमको निधन भएका कारण, त्यसको सम्मान गर्दै झाँकी र ¥यालीको कार्यक्रम नगरेको पोखराका मेयर धनराज आचार्यले जानकारी दिए ।
सीधा हवाई उडानलाई लक्षित गरी पोखराका होटल तथा रेष्टुराँ व्यवसायीले छुट योजना ल्याएका छन् । अन्तरदेशीय उडानमा यात्रु तथा पर्यटकलाई आकर्षित गर्न होटल÷रेष्टुराँमा छुट सुविधा दिइएको छ । पहिलो तीन महिनाका लागि फ्लाई दुबईबाट आउने यात्रु÷पर्यटकलाई पोखराका होटलमा २५ प्रतिशत छुटको व्यवस्था गरिएको होटल संघ पोखराका अध्यक्ष लक्ष्मण सुवेदीले बताए । बुधबार साँझ पहिलो उडानबाट दुबईदेखि पोखरा आउने यात्रुका लागि एक रातका लागि बास र भोलिपल्ट बिहानको खाजा निःशुल्क गरिएको उनको भनाई छ ।
रेष्टुराँ एण्ड बार एसोसिएसन, पोखराले पनि फ्लाई दुबईबाट पोखरा आउने यात्रुलाई संस्थामा आबद्ध रेष्टुराँहरुमा १५ देखि २० प्रतिशतसम्म छुट दिइने जनाएको छ । ‘रेवान’का अध्यक्ष वसन्त गौतमले फ्लाई दुबईको ‘बोडिङ पास’ लिएर आउने यात्रु÷पर्यटकलाई छुटको सुविधा दिइने बताए । लामो प्रतीक्षापछि पोखराबाट नियमित अन्तरदेशीय उडान हुन लागेकाले यस क्षेत्रका पर्यटन व्यवसायीलगायत उत्साहित छन् ।
'समाजको ऐना, हामी सत्यमा विश्वास गर्छौं।' गण्डकी प्रेस पोखराबाट सञ्चालित अनलाइन न्युज पोर्टल हो । यस न्युज पोर्टल मार्फत हाम्रो समाज हुने गरेका विकृति, विसंगति, सामाजिक विषयवस्तु, विकास एवं विभिन्न घटनाहरुको सम्प्रेषण गर्दै समुदायलाइ सु-सुचित गर्ने हाम्रो उदेश्य हो ।
गण्डकी प्रेस प्रा.लि. द्वारा संचालित
सूचना तथा प्रशारण विभाग दर्ता नं. २६१४/०७७-०७८




























प्रतिक्रिया लेख्नुहोस्:-