पोखरा। पोखरा–८ मा रहेको इस्लामिक कल्याणकारी समाजको १३ औँ अधिवेशनले अब्दुल मालिक मियाको अध्यक्षतामा ११ सदस्यीय नयाँ कार्यसमिति निर्विरोध चयन गरेको छ। असोज ३ गते सम्पन्न अधिवेशनले आगामी कार्यकालका लागि नयाँ नेतृत्व चयन गरेको हो।
समितिको उपाध्यक्षमा मोहम्मद जुनेद मिया, सचिवमा मोहम्मद नईम मिया, सह–सचिवमा निजामुद्दिन मिया, कोषाध्यक्षमा अब्दुल खालिक मिया र सह–कोषाध्यक्षमा अरमान अली सर्वसम्मत निर्वाचित भएका छन्।
त्यस्तै समाजको सदस्यहरूमा वाहिद अली, मोहम्मद अकरम, समिम मिया, मोहम्मद कासिम र सोयब खान पैठान चयन भएका छन्।
नवनिर्वाचित अध्यक्षसहित पदाधिकारी तथा सदस्यहरूलाई बधाई ज्ञापन गर्दै उपस्थिति सबैले नयाँ कार्यसमितिको आगामी कार्यकालको सफलताको शुभकामना व्यक्त गरेका छन्।
'समाजको ऐना, हामी सत्यमा विश्वास गर्छौं।' गण्डकी प्रेस पोखराबाट सञ्चालित अनलाइन न्युज पोर्टल हो । यस न्युज पोर्टल मार्फत हाम्रो समाज हुने गरेका विकृति, विसंगति, सामाजिक विषयवस्तु, विकास एवं विभिन्न घटनाहरुको सम्प्रेषण गर्दै समुदायलाइ सु-सुचित गर्ने हाम्रो उदेश्य हो ।
गण्डकी प्रेस प्रा.लि. द्वारा संचालित
सूचना तथा प्रशारण विभाग दर्ता नं. २६१४/०७७-०७८




























प्रतिक्रिया लेख्नुहोस्:-