रसुवास्थित त्रिशूली – ३ ‘ए’ जलविद्युत् आयोजनाको टनेलभित्र फसेका मानिसहरूको उद्धारका लागि नेपाली सेना, सशस्त्र प्रहरी र नेपाल प्रहरीको ८२ जनाको टोली निरन्तर खटिएको छ।
शनिबार बिहानैदेखि लेदो तथा भग्ना’वशेष हटाउँदै सुरुङको प्रवेशद्वार खोल्ने कार्य तीव्र पारिएको छ। प्रतिकूल मौसमका कारण उद्धार कार्य चुनौतीपूर्ण बनेको छ।
यसैबीच, उद्धारका लागि आएको भारतीय टोली त्रिशूली पुगेको छ। टोलीले हेलिकप्टरमार्फत चिलिमे र लाङटाङ क्षेत्रमा रेकी गरी आवश्यकताअनुसार उद्धारमा सहयोग गर्नेछ।
























प्रतिक्रिया लेख्नुहोस्:-