पाल्पामा जंगली च्याउ खाएर बिरामी परेका दुई जनाको मृत्यु भएको छ। जिल्लाका विभिन्न स्थानमा दर्जन बढी बिरामी परेका छन्।
जंगली च्याउ खाई मृत्यु हुनेमा रम्भा गाउँपालिका-५, ताहुँ ओमभन्ज्याङकी ६६ वर्षीया विनिमाया कामु मगर र ३७ वर्षीया बालकुमारी खाम्चा रहेका छन्। जंगली च्याउ खाएर बिरामी परेपछि युनाइटेड मिसन अस्पताल तानसेनमा उपचारको क्रममा दुवै महिलाको मृत्यु भएको हो। खाम्चाको बुधबार र कामुको मंगलबार मृत्यु भएको जिल्ला प्रहरी कार्यालय पाल्पाका प्रहरी नायब उपरीक्षक भिमलाल भट्टराईले बताए।
जंगली च्याउ सेवनबाट गम्भीर बिरामी हुनेमा रम्भा ताहुँकी ५० वर्षीया यानुमाया जर्घा र तानसेन नगरपालिका वडा नं. ११ भालुवनका चार जना बिरामीको युनाइटेड मिसन अस्पतालमा उपचार भइरहेको छ। निस्दी गाउँपालिका वडा नं. ४, झुल्याटुङ्गका दुई जनाको चितवनको भरतपुर अस्पतालमा उपचार भइरहेको छ।
'समाजको ऐना, हामी सत्यमा विश्वास गर्छौं।' गण्डकी प्रेस पोखराबाट सञ्चालित अनलाइन न्युज पोर्टल हो । यस न्युज पोर्टल मार्फत हाम्रो समाज हुने गरेका विकृति, विसंगति, सामाजिक विषयवस्तु, विकास एवं विभिन्न घटनाहरुको सम्प्रेषण गर्दै समुदायलाइ सु-सुचित गर्ने हाम्रो उदेश्य हो ।
गण्डकी प्रेस प्रा.लि. द्वारा संचालित
सूचना तथा प्रशारण विभाग दर्ता नं. २६१४/०७७-०७८



























प्रतिक्रिया लेख्नुहोस्:-