पोखरा / लेखनाथमा घरभाडामा लिने बहाना बनाई एक बृद्वमाथी प्रहार भएको छ ।
लेखनाथ सिशुवास्थित सुन्दरी बजारमा एक घरको फ्ल्याट भाडामा लिने भन्दै आएका अपरिचित व्यक्तिले वृद्धमाथी धारिलो हतियार प्रहार गरेका हुन ।
स्थानीय ७४ वर्षीय धनकुमारी गुरुङलाई बुहारी ज्योती गुरुङले जानकारी दिइन ।
घटना १० गते बिहिबारको हो । निलो २२० सिसि पल्सरमा आएका अपरिचित व्यक्ती फ्ल्याट भाडामा लिने बहानामा घरमा प्रवेश गरेका थिए । उनिहरुले लुटपाट गर्ने उदेश्यले गएपनी वृद्धलाई गम्भीर घाइते बनाइ फरार भएको बुहारीले बताएकी छन ।
धनकुमारीको अहिले पोखरामा उपचार भइरहेको छ ।
`सासू आमालाई भाडामा फ्लाइट लिने भनेर आएको थियो केरे चक्कु प्रहार भएछ । लुटपाट गर्ने नियतले आएपनी लुटपाट गर्न पाएन´ उनले भनिन्, `टाउकोमा हानेका छन छुराले हान्यो कि केले खै गम्भीर चोट छ । सिसि टिभिमा हेर्दा त्यो मान्छे हाम्रो घरमा ३ बजेर ५ मिनेटमा छिरेको छ निस्क्व्र जादा ३ बजेर ४० मिनेट देखिएको छ ।´
उनका अनुसार कानमा डेढ तोलाको सुन थियो । तर चोरिएको भने छैन । यसबारेमा प्रहरी अनुसन्धान गरिरहेको बताएको उनले बताइन । कुरा गर्दागर्दै एक्कासी प्रहार गरेको उनले सुनाइन् ।
घाइते सासुलाई समयमा अस्पताल नलगेको भए ठूलो खतरा रहेको उनले बताइन । अहिलेभने उनी खतरामुक्त रहेको उनी सुनाउछिन ।
उता जिल्ला प्रहारी कार्यालय कास्कीका सुचना अघिकारी डिएसपी हरिबहादुर बस्नेतले घटना भएको पुष्टि गरे । घटनाबारे अनुसन्धान अघि बढाएको उनले बताए ।

























प्रतिक्रिया लेख्नुहोस्:-