पोखरा / टिकटकमा अपरिचित व्यक्ति संग बोल्दै हुनुहुन्छ सचेत रहनुहोस । अपरिचित व्यक्तिले टिकटकबाटै नम्बर मागी ह्वाट्स एपबाट कुराकानी गर्दै तपाइँ लाई ठग्न सक्छ । यस्तै घटना भएको छ काठमाडौमा ।
स्याङ्जा बिरुवा गाउँपालिका वडा नं. २ घर भएका भेषराज वाग्ले अहिले प्रहरीको फन्दामा परेका छन । टिकटकमा महिलाहरुलाई टार्गेट गर्दै ठगी गर्ने क्रममा उनी पक्राउ परेका हुन ।
आफुलाई अमेरिकन आर्मी बताउँदै हाल विदामा आएको भन्दै टिकटक मार्फत ह्वाट्सएप नम्बर बाट सम्पर्क गरी कुराकानी गर्दै ठगी गरेको प्रहरीले बताएको छ ।
प्रहरीका अनुसार आफुलाई विशाल थापा क्षेत्री बताउँदै विभिन्न बहाना बनाई प्रलोभनमा पारी हाल विदामा नेपालमा जग्गाको कर तिर्न आएको लगाएतको झुठ्ठा आश्वासन दिलाई ठगी गरेका हुन ।
आफ्नो खातामा लिमिट लागेको बहाना बनाई रकम माग गरी ठगी गरेको प्रहरीले बताएको छ ।
उनलाई गएको प्रहरी टोलिले काठमाण्डौ चन्द्रागिरिं न.पा. वडा नं. ७, थानकोटबाट पक्राउ गरेको हो ।

























प्रतिक्रिया लेख्नुहोस्:-