२०८३ अशोज १९, सोमवार
प्रिती बाट युनिकोड
Gandaki Press
lJMN6.gif
  • गृहपृष्ठ
  • समाचार
  • अपराध
  • समाज
  • राजनिती
  • अर्थ
  • खेलकुद
  • शिक्षा/स्वास्थ्य
  • साहित्य/मनोरञ्जन
  • अन्तर्वार्ता
  • अन्तराष्ट्रिय
  • यस भित्र
    • पर्यटन
    • विचार
    • राशिफल
कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्
  • गृहपृष्ठ
  • समाचार
  • अपराध
  • समाज
  • राजनिती
  • अर्थ
  • खेलकुद
  • शिक्षा/स्वास्थ्य
  • साहित्य/मनोरञ्जन
  • अन्तर्वार्ता
  • अन्तराष्ट्रिय
  • यस भित्र
    • पर्यटन
    • विचार
    • राशिफल
कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्
Gandaki Press
कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्

अत्यावश्यकबाहेक भोटेकोशी–त्रिशूली बाढीको खोज तथा उद्धार स्थगित

गण्डकी प्रेस
अशोज १९, २०८३ २०:५२ मा प्रकाशित
प्रमुख समाचार, समाचार
अत्यावश्यकबाहेक भोटेकोशी–त्रिशूली बाढीको खोज तथा उद्धार स्थगित
1
SHARES
Share on FacebookShare on Twitter

काठमाडौं — सरकारले भोटेकोशी–त्रिशूली बाढीपछि जारी खोज तथा उद्धार कार्यलाई अत्यावश्यकबाहेक हालका लागि स्थगित गर्ने निर्णय गरेको छ। अब प्रभावित क्षेत्रमा पुनर्निर्माण र पुनर्स्थापनाको कामलाई प्राथमिकताका साथ अघि बढाइने भएको छ।

प्रधानमन्त्री वालेन्द्र शाहको अध्यक्षतामा सोमबार प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा बसेको विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन राष्ट्रिय परिषद्को २१औँ बैठकले यस्तो निर्णय गरेको हो।

जिल्ला सुरक्षा समिति, जिल्ला विपद् व्यवस्थापन समिति, राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणको कार्यकारी समिति र प्रभावित क्षेत्रको स्थलगत अवलोकनबाट प्राप्त सिफारिसका आधारमा खोज तथा उद्धारको चरण स्थगित गर्ने निर्णय गरिएको हो। यद्यपि अत्यावश्यक अवस्थामा खोज तथा उद्धार कार्य भने जारी रहनेछ।

बैठकले बाढी प्रभावित क्षेत्रको पुनर्निर्माण तथा पुनर्स्थापनाका लागि विभिन्न मन्त्रालय तथा निकायबाट प्रस्तावित ५०४ वटा योजना तथा कार्यक्रमका लागि ५ खर्ब ५९ अर्ब १७ करोड ७२ लाख २७ हजार रुपैयाँ बजेट स्वीकृतिका लागि अर्थ मन्त्रालयमा सिफारिस गर्ने निर्णयसमेत गरेको छ।

आर्थिक कार्यविधि तथा वित्तीय उत्तरदायित्व नियमावली, २०७७ बमोजिम स्वीकृत योजनाका लागि अर्थ मन्त्रालयमार्फत स्रोत व्यवस्थापन गरिने बैठकले जनाएको छ। लागत अनुमान नखुलेका तथा प्राथमिकीकरण हुन बाँकी आयोजनाको विवरण प्राप्त भएपछि आवश्यक बजेट व्यवस्थाका लागि अर्थ मन्त्रालयमा सिफारिस गर्न राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणलाई निर्देशन दिइएको छ।

बैठकमा प्रधानमन्त्री शाहले विपद् व्यवस्थापनको काम संघ, प्रदेश र स्थानीय तहको समन्वयमा भइरहेको र अब पुनर्निर्माण तथा पुनर्स्थापनाको काम पनि सोही ढंगले अघि बढाइने बताएका थिए।

बैठकमा विपक्षी दल तथा नेपाली कांग्रेसका संसदीय दलका नेता र बागमती, गण्डकी, मधेश तथा कोशी प्रदेशका मुख्यमन्त्रीहरूले पुनर्निर्माण तथा पुनर्स्थापनाको काममा पूर्ण साथ रहने प्रतिबद्धता जनाएको सरकारले जनाएको छ।

सम्बन्धित समाचार

अख्तियारमा पोखरा महानगरविरुद्ध सबैभन्दा बढी उजुरी
प्रमुख समाचार

अख्तियारमा पोखरा महानगरविरुद्ध सबैभन्दा बढी उजुरी

गण्डकीका मुख्यमन्त्री पाण्डेद्वारा बाढीपहिरोको क्षतिबारे संघ सरकारको ध्यानाकर्षण
राजनिती

गण्डकीका मुख्यमन्त्री पाण्डेद्वारा बाढीपहिरोको क्षतिबारे संघ सरकारको ध्यानाकर्षण

कांग्रेस कास्की क्षेत्र नं. २ सहसचिवमा  कोइराला भारी मतले विजयी
राजनिती

कांग्रेस कास्की क्षेत्र नं. २ सहसचिवमा कोइराला भारी मतले विजयी

युवा नेता नेपाली निर्विरोध
प्रमुख समाचार

युवा नेता नेपाली निर्विरोध

पहिरोले विधालय भवन जोखिममा
प्रमुख समाचार

पहिरोले विधालय भवन जोखिममा

खैरो हिरोइनसहित २ पक्राउ
अपराध

खैरो हिरोइनसहित २ पक्राउ

प्रतिक्रिया लेख्नुहोस्:-

हाम्रो बारे

'समाजको ऐना, हामी सत्यमा विश्वास गर्छौं।' गण्डकी प्रेस पोखराबाट सञ्चालित अनलाइन न्युज पोर्टल हो । यस न्युज पोर्टल मार्फत हाम्रो समाज हुने गरेका विकृति, विसंगति, सामाजिक विषयवस्तु, विकास एवं विभिन्न घटनाहरुको सम्प्रेषण गर्दै समुदायलाइ सु-सुचित गर्ने हाम्रो उदेश्य हो ।

गण्डकी प्रेस प्रा.लि. द्वारा संचालित
सूचना तथा प्रशारण विभाग दर्ता नं. २६१४/०७७-०७८ 

हाम्रो समूह

समाचार प्रमुख सुरेशराज अधिकारी
कानूनी सल्लाहाकार  बिमल प्र. लामिछाने
सम्पादक  सुशीलराज अधिकारी
संवाददाता  विष्णु प्र. बसौला
बिनिता सुनार
राज कुमार घिमिरे
ऋषि खतिवडा

सामाजिक सञ्जाल

Facebook Twitter Instagram RSS

सम्पर्क

गण्डकी प्रेस प्रा.लि.
पोखरा -०९, कास्की
gndakipress@gmail.com
सम्पर्क : +977 - 9856000233

© 2021 All Right Reserved With Gandaki Press - Designed by MPG Solution.

  • Privacy Policy
  • गण्डकी प्रेस
  • प्रिती बाट युनिकोड
  • राशिफल
  • समाचार
  • सम्पर्क
  • सामाजिक सञ्जाल बाट
  • हाम्रो बारे
  • हाम्रो समूह

कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्
  • गृहपृष्ठ
  • समाचार
  • अपराध
  • समाज
  • राजनिती
  • अर्थ
  • खेलकुद
  • शिक्षा/स्वास्थ्य
  • साहित्य/मनोरञ्जन
  • अन्तर्वार्ता
  • अन्तराष्ट्रिय
  • यस भित्र
    • पर्यटन
    • विचार
    • राशिफल

© 2026All Right Reserved WithGandaki Press - Designed by MPG Solution.

ताजा खबरहरु

अख्तियारमा पोखरा महानगरविरुद्ध सबैभन्दा बढी उजुरी

अख्तियारमा पोखरा महानगरविरुद्ध सबैभन्दा बढी उजुरी

अत्यावश्यकबाहेक भोटेकोशी–त्रिशूली बाढीको खोज तथा उद्धार स्थगित

अत्यावश्यकबाहेक भोटेकोशी–त्रिशूली बाढीको खोज तथा उद्धार स्थगित

गण्डकीका मुख्यमन्त्री पाण्डेद्वारा बाढीपहिरोको क्षतिबारे संघ सरकारको ध्यानाकर्षण

गण्डकीका मुख्यमन्त्री पाण्डेद्वारा बाढीपहिरोको क्षतिबारे संघ सरकारको ध्यानाकर्षण

कांग्रेस कास्की क्षेत्र नं. २ सहसचिवमा  कोइराला भारी मतले विजयी

कांग्रेस कास्की क्षेत्र नं. २ सहसचिवमा कोइराला भारी मतले विजयी

युवा नेता नेपाली निर्विरोध

युवा नेता नेपाली निर्विरोध

पहिरोले विधालय भवन जोखिममा

पहिरोले विधालय भवन जोखिममा

खैरो हिरोइनसहित २ पक्राउ

खैरो हिरोइनसहित २ पक्राउ

कास्कीको मर्दी खोलाले खतराको तह नाघ्यो

कास्कीको मर्दी खोलाले खतराको तह नाघ्यो

पर्वत  काङ्ग्रेस  वृत्तमा तरङ्ग २३ वर्षीय सुवेदी खुल्लाबाट प्रदेश महाधिवेशन प्रतिनिधि भिड्दै

पर्वत  काङ्ग्रेस  वृत्तमा तरङ्ग २३ वर्षीय सुवेदी खुल्लाबाट प्रदेश महाधिवेशन प्रतिनिधि भिड्दै

चर्चित खबरहरु

युवा नेता नेपाली निर्विरोध

युवा नेता नेपाली निर्विरोध

कांग्रेस कास्की क्षेत्र नं. २ सहसचिवमा  कोइराला भारी मतले विजयी

कांग्रेस कास्की क्षेत्र नं. २ सहसचिवमा कोइराला भारी मतले विजयी

Privity of Contract and its Specifications with Reference to Nepal

Socialist Legal System: An Assessment of Theory and Practice With Special Reference to Nepal 

जनप्रिय क्याम्पसमा अनेरास्ववियु संग कुनै तालमेल भएको छैन : क्रान्तिकारी

जनप्रिय क्याम्पसमा अनेरास्ववियु संग कुनै तालमेल भएको छैन : क्रान्तिकारी

पर्वत  काङ्ग्रेस  वृत्तमा तरङ्ग २३ वर्षीय सुवेदी खुल्लाबाट प्रदेश महाधिवेशन प्रतिनिधि भिड्दै

पर्वत  काङ्ग्रेस  वृत्तमा तरङ्ग २३ वर्षीय सुवेदी खुल्लाबाट प्रदेश महाधिवेशन प्रतिनिधि भिड्दै

औषधि व्यवस्था विभागले पोखराका  २ औषधी पसल निलम्बन

औषधि व्यवस्था विभागले पोखराका २ औषधी पसल निलम्बन

पोखरामा रक व्याण्ड अल्बाट्रोस आउदै, रातकी रानी एल्बम लन्चिङ गर्ने

पोखरामा रक व्याण्ड अल्बाट्रोस आउदै, रातकी रानी एल्बम लन्चिङ गर्ने

शशांक कोइरालाले संसद् बैठकमै सूर्तिजन्य पदार्थ सेवन गरेपछि आलोचना

शशांक कोइरालाले संसद् बैठकमै सूर्तिजन्य पदार्थ सेवन गरेपछि आलोचना

युवराज कँडेलले छाडे ग्यालेक्सी फोर के टेलिभिजन

युवराज कँडेलले छाडे ग्यालेक्सी फोर के टेलिभिजन