पोखरा, १५ भदौ ।
कास्कीको पोखरा महानगरपालिका–२९ भण्डारढिकमा कोठा सफा गर्ने क्रममा विद्युतीय मल्टिप्लगबाट करेन्ट लाग्दा एक महिला घाइते भएकी छन्।
आइतबार (भदौ १४ गते) दिउँसो करिब २:०० बजे म्याग्दीको मालिका गाउँपालिका–२ घर भई हाल भण्डारढिकस्थित विशाल नेवारको घरमा डेरा गरी बस्ने ३१ वर्षीया पविना सिर्पाली घाइते भएकी हुन्। आफ्नै कोठा सरसफाइ गर्ने क्रममा अचानक मल्टिप्लगमा हातले छुन पुग्दा उनलाई करेन्ट लागेको प्रहरीले जनाएको छ।
घाइते सिर्पालीको तत्काल उद्धार गरी उपचारका लागि पोखरास्थित गण्डकी मेडिकल कलेज (जीएमसी) ल्याइएको छ। उनको अवस्था मध्यम रहेको र उनी बोल्न सक्ने स्थितिमा छिन्। उपचार प्रक्रियामा उनका भतिजी मनसुबा विक संलग्न छिन्।
घटनाको जानकारी पाएलगत्तै इलाका प्रहरी कार्यालय शिशुवाबाट प्रहरी निरीक्षक सुरेन्द्र रानाभाटको कमाण्डमा ५ जनाको प्रहरी टोली घट्नास्थलतर्फ खटिएर थप अनुसन्धान सुरु गरेको छ। घट्नास्थल इलाका प्रहरी कार्यालय शिशुवाबाट करिब ३ किलोमिटर पूर्व-दक्षिण दूरीमा पर्दछ।
'समाजको ऐना, हामी सत्यमा विश्वास गर्छौं।' गण्डकी प्रेस पोखराबाट सञ्चालित अनलाइन न्युज पोर्टल हो । यस न्युज पोर्टल मार्फत हाम्रो समाज हुने गरेका विकृति, विसंगति, सामाजिक विषयवस्तु, विकास एवं विभिन्न घटनाहरुको सम्प्रेषण गर्दै समुदायलाइ सु-सुचित गर्ने हाम्रो उदेश्य हो ।
गण्डकी प्रेस प्रा.लि. द्वारा संचालित
सूचना तथा प्रशारण विभाग दर्ता नं. २६१४/०७७-०७८


























प्रतिक्रिया लेख्नुहोस्:-