२०८३ भदौ ११, बिहिबार
प्रिती बाट युनिकोड
Gandaki Press
lJMN6.gif
  • गृहपृष्ठ
  • समाचार
  • अपराध
  • समाज
  • राजनिती
  • अर्थ
  • खेलकुद
  • शिक्षा/स्वास्थ्य
  • साहित्य/मनोरञ्जन
  • अन्तर्वार्ता
  • अन्तराष्ट्रिय
  • यस भित्र
    • पर्यटन
    • विचार
    • राशिफल
कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्
  • गृहपृष्ठ
  • समाचार
  • अपराध
  • समाज
  • राजनिती
  • अर्थ
  • खेलकुद
  • शिक्षा/स्वास्थ्य
  • साहित्य/मनोरञ्जन
  • अन्तर्वार्ता
  • अन्तराष्ट्रिय
  • यस भित्र
    • पर्यटन
    • विचार
    • राशिफल
कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्
Gandaki Press
कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्

जीवन बचाउने महाअभियान: पोखरामा अन्तर्राष्ट्रिय वी लभ यूद्वारा रक्तदान, ६३ हजार एमएल रगत सङ्कलन

गण्डकी प्रेस
भदौ ११, २०८३ १०:४४ मा प्रकाशित
प्रमुख समाचार, समाचार, समाज
जीवन बचाउने महाअभियान: पोखरामा अन्तर्राष्ट्रिय वी लभ यूद्वारा रक्तदान, ६३ हजार एमएल रगत सङ्कलन
0
SHARES
Share on FacebookShare on Twitter

​पोखरा । ‘आमाको प्रेम सारा संसारमा’ भन्ने पवित्र भावनाका साथ सामाजिक सेवामा समर्पित अन्तर्राष्ट्रिय वी लभ यू फाउन्डेसनको आयोजनामा पोखरामा ‘९२९ औँ विश्वव्यापी रक्तदान कार्यक्रम’ भव्य रूपमा सम्पन्न भएको छ ।
​पोखरा महानगरपालिका–८ सृजना चोकस्थित नेपाल रेडक्रस सोसाइटीको हलमा सम्पन्न उक्त कार्यक्रममा संस्थाका करिब १६० जना स्वयंसेवक सदस्यहरूको उत्साहजनक उपस्थिति रहेको थियो । बिहान ८ बजेदेखि दिउँसो १ बजेसम्म चलेको कार्यक्रममा पालैपालो १३५ जना रक्तदाताले कुल ६३,८७९ मिलिलिटर रगत दान गरेका छन् । कार्यक्रममा नेपाल रेडक्रस सोसाइटी कास्की जिल्ला शाखाले प्राविधिक सहयोग गरेको थियो ।
​कार्यक्रमका प्रमुख अतिथि नेपाल रेडक्रस सोसाइटी कास्कीका सभापति उर्मिला खड्का भण्डारीले संस्थाको मानवीय कार्यको उच्च प्रशंसा गर्नुभयो । “रगत कृत्रिम रूपमा बनाउन सकिँदैन, यो त मानिसले मानिसलाई नै दिने हो,” उहाँले भन्नुभयो, “वी लभ यूले वर्षमा दुई पटक रक्तदान गर्दै आएकोमा आभार व्यक्त गर्दछु । स्वस्थ व्यक्तिले हरेक तीन-तीन महिनामा रक्तदान गर्न सक्ने भएकाले रगतको अभाव टार्न अझ सक्रियताका साथ लाग्न म आह्वान गर्दछु ।”
​त्यसैगरी वी लभ यूका गण्डकी प्रदेश प्रमुख राजेश कुमार लामिछानेले रगतको कुनै जात, धर्म वा भूगोल नहुने उल्लेख गर्दै नेपालमा रगतको अभावमा कसैले अकालमा ज्यान गुमाउन नपरोस् भन्ने उद्देश्यले अभियान चलाइएको बताउनुभयो । “हामीले दान गरेको रगत केवल रातो तरल पदार्थ मात्र होइन, अस्पतालको शय्यामा जीवन र मृत्युसँग जुधिरहेका बिरामीका लागि जीवनको आशा हो,” उहाँले जोड्नुभयो ।
​कार्यक्रममा झुम्मिएका युवा रक्तदाताहरूले पनि व्यस्त समयका बाबजुद मानव सेवाभन्दा ठूलो धर्म अरू केही नभएकाले रक्तदानमा सहभागी भएको खुसी व्यक्त गरे ।
​अध्यक्ष जाङ गिल जाको नेतृत्वमा सन् २००४ देखि कोरियाबाट सुरु भएको यो अभियान हाल विश्वका ६७ भन्दा बढी देशहरूमा विस्तार भइसकेको छ । वी लभ यूले यही अगस्ट महिनामा टीकापुर, कीर्तिपुर, तीनकुने र नेपालगञ्जमा रक्तदान सम्पन्न गरिसकेको छ भने भक्तपुर र भरतपुरमा पनि गर्ने तयारी छ ।
​रक्तदानका अतिरिक्त यस संस्थाले गण्डकी र बागमती प्रदेशका दुर्गम तथा आवश्यक परेका विद्यालयहरूमा टेलिभिजन, स्कुल ब्याग, कपडा, पङ्खा तथा फर्निचर सहयोग गर्नुका साथै ‘क्लिक वर्ल्ड’ र ‘आमाको उद्यान (Mom’s Garden)’ मार्फत वातावरणीय सरसफाइ र वृक्षारोपणका कामसमेत निरन्तर गर्दै आएको छ

सम्बन्धित समाचार

आज बिहानैदेखि फेरि नेपाली सेना र निजी क्षेत्रका हेलिकप्टरमार्फत उद्धार सुरु
प्रमुख समाचार

आज बिहानैदेखि फेरि नेपाली सेना र निजी क्षेत्रका हेलिकप्टरमार्फत उद्धार सुरु

रसुवा भाेटेकाेशीमा आएको बाढीले कति गर्ये नाेक्सानी
प्रमुख समाचार

रसुवा भाेटेकाेशीमा आएको बाढीले कति गर्ये नाेक्सानी

किन जादैँछन प्रधानमन्त्री बालेन मुस्ताङ
प्रमुख समाचार

किन जादैँछन प्रधानमन्त्री बालेन मुस्ताङ

गायिका रिना केसीको नयाँ तीज गीत ‘बारीको अरीमैले’ सार्वजनिक
प्रमुख समाचार

गायिका रिना केसीको नयाँ तीज गीत ‘बारीको अरीमैले’ सार्वजनिक

विश्वकर्मा समाज नेपाल केन्द्रीय कार्यालय कास्कीद्वारा रक्तदान कार्यक्रम सम्पन्न
प्रमुख समाचार

विश्वकर्मा समाज नेपाल केन्द्रीय कार्यालय कास्कीद्वारा रक्तदान कार्यक्रम सम्पन्न

मुस्ताङमा युरेनियम उत्खनन गर्न सम्झौता भएको छैन : परराष्ट्रमन्त्रीको
प्रमुख समाचार

मुस्ताङमा युरेनियम उत्खनन गर्न सम्झौता भएको छैन : परराष्ट्रमन्त्रीको

प्रतिक्रिया लेख्नुहोस्:-

हाम्रो बारे

'समाजको ऐना, हामी सत्यमा विश्वास गर्छौं।' गण्डकी प्रेस पोखराबाट सञ्चालित अनलाइन न्युज पोर्टल हो । यस न्युज पोर्टल मार्फत हाम्रो समाज हुने गरेका विकृति, विसंगति, सामाजिक विषयवस्तु, विकास एवं विभिन्न घटनाहरुको सम्प्रेषण गर्दै समुदायलाइ सु-सुचित गर्ने हाम्रो उदेश्य हो ।

गण्डकी प्रेस प्रा.लि. द्वारा संचालित
सूचना तथा प्रशारण विभाग दर्ता नं. २६१४/०७७-०७८ 

हाम्रो समूह

समाचार प्रमुख सुरेशराज अधिकारी
कानूनी सल्लाहाकार  बिमल प्र. लामिछाने
सम्पादक  सुशीलराज अधिकारी
संवाददाता  विष्णु प्र. बसौला
बिनिता सुनार
राज कुमार घिमिरे
ऋषि खतिवडा

सामाजिक सञ्जाल

Facebook Twitter Instagram RSS

सम्पर्क

गण्डकी प्रेस प्रा.लि.
पोखरा -०९, कास्की
gndakipress@gmail.com
सम्पर्क : +977 - 9856000233

© 2021 All Right Reserved With Gandaki Press - Designed by MPG Solution.

  • Privacy Policy
  • गण्डकी प्रेस
  • प्रिती बाट युनिकोड
  • राशिफल
  • समाचार
  • सम्पर्क
  • सामाजिक सञ्जाल बाट
  • हाम्रो बारे
  • हाम्रो समूह

कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्
  • गृहपृष्ठ
  • समाचार
  • अपराध
  • समाज
  • राजनिती
  • अर्थ
  • खेलकुद
  • शिक्षा/स्वास्थ्य
  • साहित्य/मनोरञ्जन
  • अन्तर्वार्ता
  • अन्तराष्ट्रिय
  • यस भित्र
    • पर्यटन
    • विचार
    • राशिफल

© 2026All Right Reserved WithGandaki Press - Designed by MPG Solution.

ताजा खबरहरु

जीवन बचाउने महाअभियान: पोखरामा अन्तर्राष्ट्रिय वी लभ यूद्वारा रक्तदान, ६३ हजार एमएल रगत सङ्कलन

जीवन बचाउने महाअभियान: पोखरामा अन्तर्राष्ट्रिय वी लभ यूद्वारा रक्तदान, ६३ हजार एमएल रगत सङ्कलन

आज बिहानैदेखि फेरि नेपाली सेना र निजी क्षेत्रका हेलिकप्टरमार्फत उद्धार सुरु

आज बिहानैदेखि फेरि नेपाली सेना र निजी क्षेत्रका हेलिकप्टरमार्फत उद्धार सुरु

रसुवा भाेटेकाेशीमा आएको बाढीले कति गर्ये नाेक्सानी

रसुवा भाेटेकाेशीमा आएको बाढीले कति गर्ये नाेक्सानी

किन जादैँछन प्रधानमन्त्री बालेन मुस्ताङ

किन जादैँछन प्रधानमन्त्री बालेन मुस्ताङ

गायिका रिना केसीको नयाँ तीज गीत ‘बारीको अरीमैले’ सार्वजनिक

गायिका रिना केसीको नयाँ तीज गीत ‘बारीको अरीमैले’ सार्वजनिक

विश्वकर्मा समाज नेपाल केन्द्रीय कार्यालय कास्कीद्वारा रक्तदान कार्यक्रम सम्पन्न

विश्वकर्मा समाज नेपाल केन्द्रीय कार्यालय कास्कीद्वारा रक्तदान कार्यक्रम सम्पन्न

मुस्ताङमा युरेनियम उत्खनन गर्न सम्झौता भएको छैन : परराष्ट्रमन्त्रीको

मुस्ताङमा युरेनियम उत्खनन गर्न सम्झौता भएको छैन : परराष्ट्रमन्त्रीको

पोखरा ३२ सार्वजनिक सुनुवाइ सम्पन्न, वडाको मुहार परिर्वतन भएको छ अध्यक्ष: कार्की

पोखरा ३२ सार्वजनिक सुनुवाइ सम्पन्न, वडाको मुहार परिर्वतन भएको छ अध्यक्ष: कार्की

निर्वाचन प्रक्रियामाथि प्रश्न उठाउँदै पूजा वास्तोलाद्वारा सर्वोच्च जाने घोषणा

निर्वाचन प्रक्रियामाथि प्रश्न उठाउँदै पूजा वास्तोलाद्वारा सर्वोच्च जाने घोषणा

चर्चित खबरहरु

किन जादैँछन प्रधानमन्त्री बालेन मुस्ताङ

किन जादैँछन प्रधानमन्त्री बालेन मुस्ताङ

रसुवा भाेटेकाेशीमा आएको बाढीले कति गर्ये नाेक्सानी

रसुवा भाेटेकाेशीमा आएको बाढीले कति गर्ये नाेक्सानी

Privity of Contract and its Specifications with Reference to Nepal

Socialist Legal System: An Assessment of Theory and Practice With Special Reference to Nepal 

पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थल :  आजको सन्दर्भ

पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थल : आजको सन्दर्भ

सृजना बिकास केन्द्रद्दारा स्वास्थ्य शिविर

सृजना बिकास केन्द्रद्दारा स्वास्थ्य शिविर

गायिका रिना केसीको नयाँ तीज गीत ‘बारीको अरीमैले’ सार्वजनिक

गायिका रिना केसीको नयाँ तीज गीत ‘बारीको अरीमैले’ सार्वजनिक

बेसिशहरमा चेपाङ समुदायको न्वागी पर्व मनाइदै

बेसिशहरमा चेपाङ समुदायको न्वागी पर्व मनाइदै

नेपाल कम्युष्टि पार्टीका महासचिव मणिक लामालाई कार्वाही