कास्की / कास्की प्रहरीले महिलालाई जबरजस्ती यौन व्यवसायमा लगाउने २ जनालाई पक्राउ गरेको छ ।
पोखरा महानगरपालिका–८ जाल्पारोडमा अनैतिक गतिविधि भइरहेको सूचनाका आधारमा खटिएको प्रहरी टोलीले जबरजस्ती यौन व्यवसायमा लगाउने १ भारतीय नागरिक सहित २ जनालाई पक्राउ गरेको हो ।
आर्थिक अवस्था कमजोर भएका महिलाहरूलाई प्रलोभनमा पारेर होटलमा काम लगाउने र पछि जबर्जस्ती अनैतिक कार्यमा संलग्न गराउने गरेको खुलासा भएको प्रहरीले जनाएको छ।
प्रहरीका अनुसार उक्त स्थानबाट चार जना महिलाको उद्धार गरिएको छ। घटनामा संलग्न रहेको आरोपमा दुई जनालाई पक्राउ गरी मानव बेचबिखन तथा ओसारपसार सम्बन्धी कसुरमा अनुसन्धान अगाडि बढाइएको छ।
पक्राउ पर्नेमा भारत घर भइ हाल पोखरा १४ चाउथे बस्दै आएका२४ वर्षका राधे श्याम शाह र बागलुङ काठेखोला४ घर भइ हाल पोखरा १ बगर बस्दै आएकाखेम थापालाई पक्राउ गरेको हो ।
यस सम्बन्धमा जिल्ला अदालत कास्कीबाट म्याद थप गरी थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।






















प्रतिक्रिया लेख्नुहोस्:-