पोखरा / फिलिपिन्सबाट १० जनालाई ज्यानमार्ने धम्की दिने एक नेपालीलाई पक्राउ गरि काठमाडौ ल्याइएको छ ।
अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख लगायत १० जनालाई ज्यान मार्ने धम्की दिने व्यक्ति पक्राउ परेको प्रहरीले बताएको छ ।
आफूलाई नेपालको अतिवादी समूह ( इजिएन) को अध्यक्ष बताउँदै मेल मार्फत धम्क्याउने काभ्रेपलान्चोक, तेमाल गाउँपालिका १ घर भइ फिलिपिन्स बस्दै आएका वर्ष ३४ का प्रकाश पाठकलाई प्रहरीले पक्राउ गरेको हो ।
उनले सन् २०२५ अक्टोबर २२ मा पाठकले प्रयोग गर्ने ईमेल आईडीबाट मेलमार्फत धम्काएको प्रहरीले बताएको छ ।
उनी विरुद्ध आपराधिक षडयन्त्र गर्न नहुने, आपराधिक लाभ (एक्सटर्सन) लिन नहुने र सङ्गठित अपराध निवारण ऐन, २०७० विरुद्ध समेतको कसूर अपराधमा पक्राउ गरिएको हो ।
नेपालको इन्टरपोलले नेपालको इन्टरपोल एनसिबी मनिलासंगको समन्वयमा पक्राउ गरिएको हो ।

























प्रतिक्रिया लेख्नुहोस्:-